Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

पढाइ कृषि विज्ञान, सपना फूलबाट समृद्धि

Share:WhatsAppFacebookX (Twitter)Telegram
पढाइ कृषि विज्ञान, सपना फूलबाट समृद्धि
Photo / Coverage: नेपालन्युज

बाँके। पढाइ कृषि विज्ञानको, सोच आत्मनिर्भरताको अनि सपना आफ्नै माटोमा केही नयाँ गर्ने। यही सोचलाई व्यवहारमा उतार्दै बाँकेका तीन युवाले पुष्पखेतीमार्फत उद्यमशीलताको नयाँ उदाहरण प्रस्तुत गरेका छन्। कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका नेपालगञ्जका वेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले परम्परागत रोजगारीको बाटोभन्दा फरक यात्रा रोजेका छन्। उनीहरूले किताबमा पढेको कृषि ज्ञानलाई खेतबारीमा प्रयोग गर्दै पुष्पखेती सुरु गरेका हुन्। उनीहरूको यो प्रयासले फूल मात्रै फुलाएको छैन, कृषिमा सम्भावना खोजिरहेका युवाका लागि आत्मनिर्भर बन्ने आशा पनि जगाएको । सानो लगानीबाट सुरु गरिएको खेतीले राम्रो आम्दानी दिन सक्ने विश्वासका साथ उनीहरू व्यावसायिक कृषितर्फ अघि बढिरहेका छन्। नेपालगञ्ज उपमहानगरपालिका-१९ स्थित फुटाहामा १० कट्ठा जग्गामा सुरु गरिएको उनीहरूको पुष्पखेती अहिले आकर्षणको केन्द्र बनेको छ। सानो लगानीबाट सुरु गरिएको खेतीले राम्रो आम्दानी दिन सक्ने विश्वासका साथ उनीहरू व्यावसायिक कृषितर्फ अघि बढिरहेका छन्। तीनै युवाले ‘फिट फार्म’ नामक संस्थामार्फत आपसी सल्लाह र सहकार्यमा पुष्पखेतीलाई पहिलो प्रयोगका रूपमा अघि बढाएका हुन्। कृषि अध्ययनका क्रममा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा परीक्षण गर्ने उद्देश्यले सुरु गरिएको यो प्रयास अहिले आम्दानीको माध्यमसमेत बन्न थालेको छ। तस्बिरः रासस फिट फार्मका सञ्चालक वेदराज आचार्यका अनुसार खेती सुरु गरेको छोटो समयमै फूलको माग आउन थालेको छ। तिहारलाई लक्षित गरेर गरिएको उत्पादनको अग्रिम बुकिङ भइरहेको छ भने खुद्रा बिक्री पनि जारी छ। “अहिले फूलको अग्रिम बुकिङ भइरहेको छ र खुद्रा पनि बिक्री गरिरहेका छौँ,” आचार्यले भने। उनका अनुसार तिहारअघि नै करिब ५० हजार रुपैयाँ बराबरको फूल बिक्री भइसकेको छ। स्थानीय ग्राहकले खेतमै पुगेर फूलको अग्रिम अर्डर गर्न थालेका छन्। यसबाहेक बुटवल, दाङ, काठमाडौं र सुर्खेतलगायतका जिल्लाबाट समेत माग आएको छ। तर, स्थानीय बजारलाई प्राथमिकता दिँदै अन्य जिल्लाबाट आएका मागलाई समेत व्यवस्थापन गर्ने प्रयास भइरहेको उनले बताए। आयातित फूलको विकल्प तिहार आउनासाथ नेपाली बजारमा सयपत्री फूलको माग ह्वात्तै बढ्छ। घर सजावटदेखि पूजाआजा र माला बनाउनसम्म फूलको प्रयोग हुने भएकाले यो समयमा फूलको कारोबार पनि बढ्ने गर्छ। तर, बजारको माग धान्न भारतबाट ठूलो परिमाणमा फूल आयात गर्नुपर्ने अवस्था छ। यही अवस्थालाई अवसरका रूपमा लिँदै तीन युवाले स्थानीय स्तरमै फूल उत्पादन गर्ने सोच बनाएका हुन्। उपयुक्त जग्गाको छनोट, पानीको उचित व्यवस्थापन, रोग तथा किराको नियन्त्रण र बजारको मागबारे जानकारी राख्न सके राम्रो आम्दानी गर्न सकिन्छ। नेपालमै उत्पादन गर्न सकिने फूलका लागि विदेशमा निर्भर हुनुपर्ने अवस्थालाई कम गर्न स्थानीय उत्पादन बढाउनुपर्ने उनीहरूको बुझाइ छ। बजारमा माग छ, उपभोक्ता छन् र उत्पादन गर्न सक्ने जमिन पनि छ। आवश्यक छ त केवल इच्छाशक्ति, प्राविधिक ज्ञान र बजारसँग जोडिने पहल। आचार्यका अनुसार पुष्पखेती गर्न धेरै ठूलो लगानी र जटिल तयारी आवश्यक पर्दैन। उपयुक्त जग्गाको छनोट, पानीको उचित व्यवस्थापन, रोग तथा किराको नियन्त्रण र बजारको मागबारे जानकारी राख्न सके राम्रो आम्दानी गर्न सकिन्छ। “सानो मेहनत र लगानीबाट पनि राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको छ,” उनले भने। तस्बिरः रासस चितवनबाट बीउ ल्याएर फुटाहामा फुलाए फूल तीन युवाले फुटाहामा पानी नजम्ने जग्गा छनोट गरी चितवनबाट फूलको बीउ ल्याएर गत साउन महिनामा खेती सुरु गरेका थिए। वर्षायाममा पानी जम्ने समस्या पुष्पखेतीका लागि चुनौती बन्न सक्ने भएकाले सुरुमै जमिनको प्रकृति र पानी निकासलाई ध्यान दिइएको थियो। वर्षायाममा खेती गर्नु आफैँमा चुनौतीपूर्ण थियो। झरीसँगै रोग र किराको प्रकोप बढ्ने जोखिम रहे पनि आवश्यक व्यवस्थापन गर्दै उनीहरूले उत्पादनलाई आकर्षक बनाउन सफल भए। आचार्यका अनुसार पुष्पखेतीमा सबैभन्दा महत्त्वपूर्ण पक्ष जग्गाको छनोट र पानी व्यवस्थापन हो। पानी जम्ने जमिनमा फूलका बिरुवा प्रभावित हुन सक्ने भएकाले पानी निकासको उचित प्रबन्ध मिलाउन आवश्यक हुन्छ। खेती गर्नु एउटा चुनौती हो भने उत्पादन भएको वस्तु बिक्री गर्नु अर्को चुनौती। तर, फिट फार्मका तीन युवाले फूलको बजारीकरणका लागि परम्परागत माध्यममा मात्रै निर्भर हुनुपरेको छैन। “पानी नजम्ने जग्गा छनोट गर्नुपर्छ। पानी धेरै भएको अवस्थामा त्यसको उचित व्यवस्थापन गर्नुपर्छ,” उनले पुष्पखेतीबारे अनुभव सुनाउँदै भने। कृषि विषय अध्ययन गरेका कारण खेतीका धेरै प्राविधिक पक्षबारे आफूहरू जानकार रहेको आचार्यको भनाइ छ। त्यसैले सामान्य जानकारी र प्राविधिक सहयोगका लागि विभिन्न निकाय धाउनुपर्ने अवस्था नआएको उनले बताए। सामाजिक सञ्जाल बन्यो बजार विस्तारको माध्यम खेती गर्नु एउटा चुनौती हो भने उत्पादन भएको वस्तु बिक्री गर्नु अर्को चुनौती। तर, फिट फार्मका तीन युवाले फूलको बजारीकरणका लागि परम्परागत माध्यममा मात्रै निर्भर हुनुपरेको छैन। उनीहरूले सामाजिक सञ्जाललाई नै प्रचारप्रसार र ग्राहकसँग जोडिने मुख्य माध्यम बनाएका छन्। सामाजिक सञ्जालमा फूलखेतीका तस्बिर र जानकारी सार्वजनिक गरेपछि ग्राहकबाट अर्डर आउन थालेको आचार्यले बताए। तिहारका बेला नेपालगञ्जको धम्बोझी क्षेत्रमा माला तथा फूलको खुद्रा बिक्री गर्ने तयारीसमेत गरिएको फिट फार्मले जनाएको छ। अग्रिम बुकिङको व्यवस्था गरिएकाले उत्पादन बिक्रीबारे केही सहजता भएको छ। यसले किसानलाई बजारको माग बुझ्न र उत्पादनको योजना बनाउन पनि सहयोग पुगेको छ। तिहारका बेला नेपालगञ्जको धम्बोझी क्षेत्रमा माला तथा फूलको खुद्रा बिक्री गर्ने तयारीसमेत गरिएको फिट फार्मले जनाएको छ। स्थानीय ग्राहकलाई ताजा फूल उपलब्ध गराउनुका साथै उत्पादनलाई बजारसम्म पुर्‍याउने योजना उनीहरूको छ। तरबुजा र स्ट्रबेरी खेतीको योजना तीन युवाको योजना पुष्पखेतीमा मात्रै सीमित छैन। उनीहरूले आगामी दिनमा तरबुजा र स्ट्रबेरी खेतीलाई समेत प्राथमिकतामा राखेर काम गर्ने सोच बनाएका छन्। कृषिमा सम्भावना खोज्दै विभिन्न बालीको उत्पादन र बजार परीक्षण गर्ने उनीहरूको उद्देश्य छ। एउटै बालीमा निर्भर हुनुभन्दा बजारको माग, मौसम र उत्पादनको सम्भावनालाई हेरेर विविध खेती विस्तार गर्न सके आम्दानीका थप अवसर सिर्जना हुने उनीहरूको विश्वास छ। कृषि अध्ययन गरेका युवाले आफ्नै ज्ञान र सीप प्रयोग गरेर उद्यम सुरु गर्न सक्छन् भन्ने सन्देश दिनु पनि उनीहरूको प्रयासको अर्को उद्देश्य हो। तस्बिरः रासस १३ बिघामा पुष्पखेती बाँकेमा पुष्पखेतीको सम्भावना बढ्दै गएको सरोकारवालाहरू बताउँछन्। लुम्बिनी फ्लोरिकल्चर एसोसिएसनकी पूर्वसदस्य एवं महिला उद्यमी सङ्घ बाँकेकी महासचिव बिन्दुचर्ति मगरका अनुसार जिल्लामा करिब १३ बिघा क्षेत्रफलमा पुष्पखेती भइरहेको छ। उनका अनुसार बाँकेको नरैनापुर, खजुरा, नेपालगञ्ज र कोहलपुर क्षेत्रमा पुष्पखेती विस्तार भएको छ। जिल्लामा सयपत्री, कलकत्ते र आगा ३५५ जातका फूलको खेती हुँदै आएको छ। तर, उत्पादनको सम्भावना हुँदाहुँदै पनि फूलको बजारीकरण र आयातित फूलसँग प्रतिस्पर्धा गर्नु किसानका लागि चुनौतीपूर्ण रहेको उनको भनाइ छ। नेपाली किसानले उत्पादन गरेको फूललाई बजारमा उचित स्थान दिन भारतीय फूलको आयात नियन्त्रण गर्न आवश्यक उनले स्थानीय तहले पुष्पखेतीलाई प्रोत्साहन गर्ने नीति बनाउनुपर्ने, स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गर्नुपर्ने र किसानलाई आवश्यक वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइन्। विशेषगरी नेपाली किसानले उत्पादन गरेको फूललाई बजारमा उचित स्थान दिन भारतीय फूलको आयात नियन्त्रण गर्न आवश्यक रहेको उनको धारणा छ। फाइल तस्बिर आफ्नै माटोमा भविष्य खोज्ने सन्देश नेपालमा कृषि पढेका धेरै युवाको प्राथमिकता अध्ययनपछि रोजगारी खोज्ने वा विदेश जाने हुने गरेको अवस्थामा फुटाहाका तीन युवाको प्रयास फरक उदाहरण बनेको छ। उनीहरूले कृषि शिक्षालाई केवल प्रमाणपत्रमा सीमित नराखी त्यसलाई उत्पादन र आम्दानीसँग जोड्ने प्रयास गरेका छन्। खेतमा फूल रोप्नेदेखि ग्राहक खोज्ने, अर्डर लिने र बजारसम्म उत्पादन पुर्‍याउने काममा उनीहरू आफैँ सक्रिय छन्। अहिले उनीहरूको १० कट्ठे जमिनमा फुलेका फूल केवल व्यापारिक उत्पादन मात्रै होइनन्, कृषि शिक्षाले व्यवहारमा कस्तो परिणाम दिन सक्छ भन्ने उदाहरण पनि हुन्। तिहारको मागलाई लक्षित गरेर सुरु गरिएको सानो प्रयोगले बजारबाट सकारात्मक प्रतिक्रिया पाउन थालेपछि उनीहरू थप उत्साहित छन्। भविष्यमा पुष्पखेतीसँगै अन्य नगदेबाली विस्तार गर्ने योजना पनि बनाइरहेका छन्। यी युवाको प्रयास सफल भए बाँकेमा मात्रै होइन, देशभरका कृषि पढेका युवाका लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ। फुटाहाका यी तीन युवाको प्रयासले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ- कृषि क्षेत्रमा सम्भावना खोज्न सधैँ ठूलो लगानी, ठूलो जमिन वा ठूलो संस्थाको आवश्यकता पर्दैन । ज्ञान, मेहनत, बजारको पहिचान र काम गर्ने इच्छाशक्ति भए आफ्नै गाउँठाउँमा पनि उद्यम सुरु गर्न सकिन्छ। विदेशबाट आउने फूलले बजार ढाकिरहेको समयमा आफ्नै खेतमा फूल फुलाएर बजारमा पुर्‍याउने यी युवाको प्रयास सफल भए बाँकेमा मात्रै होइन, देशभरका कृषि पढेका युवाका लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ। फूल बेचेर आम्दानी गर्ने उनीहरूको लक्ष्य छ, तर त्योभन्दा ठूलो सपना नेपाली माटोमै सम्भावना फुलाउने हो। फुटाहाको १० कट्ठे खेतमा फुलेका फूलले अहिले त्यही सपनाको सुन्दर सुरुवात गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाण्डुको छैटौँ विकेट गुम्यो
Latest NewsJust now

काठमाण्डुको छैटौँ विकेट गुम्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजले छैटौँ विकेट गुमाएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डुले १७.४ ओभरमा १५९... ...

रातोपाटी
सवारी दुर्घटनामा ८ जनाको मृत्यु
Latest NewsJust now

सवारी दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौं । कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा पछिल्लो २४ घण्टामा भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदवास्थित सडकमा लु१ख ९७२६ नम्बरको बसको ठक्करबाट कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगर बस्ने ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ । यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका–५ वनवीरपुर चौबाटो चोकस्थित सडकमा सुपप्र०१–००८प […] ...

लोकपथ
सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको छ -मधु आचार्य
Latest NewsJust now

सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको छ -मधु आचार्य

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले वर्तमान सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् । रिपोटर्स क्लव नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा आचार्यले सरकार गठन भएको ६ महिना नपुग्दै पारदर्शितामाथि गम्भीर प्रश्न उठ्न थालेको बताएका हुन् । उनले सरकारको कार्यशैली, निर्णय प्रक्रिया र सरोकारवालासँगको संवाद अभावले मुलुकमा विचौलियाहरू हाबी हुने अवस्था सिर्जना भएको उल्लेख गरे ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play