Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा भएका दुर्घटनामा आठ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा भएका दुर्घटनामा आठ जनाको मृत्यु
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा पछिल्लो २४ घण्टामा भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदवास्थित सडकमा लु१ख ९७२६ नम्बरको बसको ठक्करबाट कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगर बस्ने ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ । यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका–५ वनवीरपुर चौबाटो चोकस्थित सडकमा सुपप्र०१–००८प ५८७७ नम्बरको मोटरसाइकल र भे१०प ९९३६ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अभिषेक चौधरीको जिल्ला अस्पताल बर्दियामा र महेन्द्र रिजालको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दैलेखको गुराँस गाउँपालिका–१ काफल तोलीस्थित सडकमा कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको क प्र ०२–००१ च १२१५ नम्बरको बोलेरो आज बिहान दुर्घटना हुँदा चालक कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–७ बस्ने २२ वर्षीय योगेश सिंखडा र बोलेरोमा सवार सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय रने सार्कीको मृत्यु भएको छ । नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा बा ९९ प ८२०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–९ बस्ने धादिङ खनियाबास गाउँपालिका–५ घर भएका ४७ वर्षीय बुद्धिमान तामाङ, मोटरसाइकलमा सवार सोही नगरपालिका–१३ बस्ने ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१७ अर्ब डलरका २३ मेगा प्रोजेक्ट पूर्वाधार सम्मेलनमा शो–केस गरिँदै, कुन–कुन परे छनोटमा ?
Latest NewsJust now

१७ अर्ब डलरका २३ मेगा प्रोजेक्ट पूर्वाधार सम्मेलनमा शो–केस गरिँदै, कुन–कुन परे छनोटमा ?

काठमाडौँ । आगामी मङ्सिर २३ र २४ गते काठमाडौँमा हुने ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ मा सरकारले करिब १७ अर्ब अमेरिकी डलर (साढे २६ खर्ब रुपैयाँ) बराबरका २३ वटा रणनीतिक तथा... ...

रातोपाटी
जुडो च्याम्पियन टेडी राइनर फ्रान्सेली राष्ट्रपतिको दौडमा
Latest NewsJust now

जुडो च्याम्पियन टेडी राइनर फ्रान्सेली राष्ट्रपतिको दौडमा

काठमाडाैँ। फ्रान्सका पाँच पटकका ओलम्पिक स्वर्ण पदक विजेता जुडो खेलाडी टेडी राइनरले सन् २०२७ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत अप्रत्याशित घोषणा गर्दै ३७ वर्षीय राइनरले... ...

रातोपाटी
छ सयभन्दा बढी गाईको सामूहिक पूजा
Latest NewsJust now

छ सयभन्दा बढी गाईको सामूहिक पूजा

तुलसीपुर (दाङ), कात्तिक २३ गते । यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका छ सय वटा भन्दा बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ । योगी आदित्यनाथ फाउन्ड... ...

गोरखापत्र
तिहारमा जुवातास खेल्दा १०७ जना पक्राउ
Latest NewsJust now

तिहारमा जुवातास खेल्दा १०७ जना पक्राउ

तिहारका अवसरमा जुवातास खेल्दा देशका विभिन्न स्थानबाट १०७ जना पक्राउ परेका छन्।  उनीहरूलाई सोमबार देशका विभिन्न जिल्लाबाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, सबैभन्दा बढी सुर्खेतबाट ४१ जना पक्राउ परेका छन्।  त्यस्तै, ललितपुरबाट ११, काभ्रेपलाञ्चोकबाट ११, धनुषाबाट १८ र सर्लाहीबाट २६ जना पक्राउ परेका हुन्। उनीहरुका साथबाट करिब २५ लाख ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play