काठमाडाैं । न्युजिल्यान्ड र भारतबीच भएको चौथो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डले भारतलाई २४४ रनको भारी अन्तरले पराजित गरेको छ। टस जितेर पहिले बलिङ रोजेको भारतसामू न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ३३३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। न्युजिल्यान्डका लागि विल योङले १०८ बलमा उत्कृष्ट १२५ रनको शतकीय पारी खेले भने टिम सेफर्टले ४८ बलमा ५८ रन र फिन एलेनले ३० बलमा ४१ रन जाेडे। भारतका लागि बलिङमा अक्षर पटेल, औकिब नाबी र गुर्नूर ब्रारले समान २-२ विकेट हात पारे। जवाफमा ३३४ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय टोली २६.४ ओभरमा मात्र ८९ रनमै समेटियो। भारतका लागि इशान किशनले ५३ बलमा २७ रन, नमन धिरले २१ रन र अक्षर पटेलले २१ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले टिकेर खेल्न सकेनन्। न्युजिल्यान्डका बलर म्याट हेन्रीले घातक बलिङ गर्दै ९.४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए भने म्याथ्यू फिशरले ३ विकेट र काइल जेमिसनले १ विकेट हात पारे। यस जितसँगै ५ खेलको श्रृंखलामा भारत २-१ ले अगाडि रहेको छ।
न्युजिल्यान्डविरुद्ध भारत २४४ रनले पराजित

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






