Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

न्यायिक समिति र मेलमिलापबारे समुदायलाई सचेत बनाउन खाँडादेवीले विद्यालयमा चलायो अभियान

Share:WhatsAppFacebookX (Twitter)Telegram
न्यायिक समिति र मेलमिलापबारे समुदायलाई सचेत बनाउन खाँडादेवीले विद्यालयमा चलायो अभियान
Photo / Coverage: जनताटाइम्स

रामेछाप, मंसिर १२ । रामेछापको खाँडादेवी गाउँपालिकाले न्यायिक समितिको काम, कर्तव्य र अधिकार तथा सामुदायिक मेलमिलापसम्बन्धी जानकारी समुदायस्तरसम्म पुर्‍याउने उद्देश्यले विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाको न्यायिक समितिको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई न्यायिक समितिको भूमिका, जिम्मेवारी र अधिकारका विषयमा जानकारी गराइएको छ। साथै, स्थानीयस्तरमा उत्पन्न हुने विवाद सामुदायिक मेलमिलाप तथा मेलमिलापकर्तामार्फत कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा समेत सहजीकरण गरिएको गाउँपालिका उपाध्यक्ष रमा घिसिङले जानकारी दिनुभयो। उपाध्यक्ष घिसिङका अनुसार विद्यार्थीमार्फत न्यायिक समिति र मेलमिलापसम्बन्धी जानकारी सहज रूपमा परिवार तथा समुदायसम्म पुर्‍याउन सकिने भएकाले विद्यालयलाई सचेतना कार्यक्रमको माध्यम बनाइएको हो। उहाँले भन्नुभयो, “विद्यार्थीहरूलाई न्यायिक समितिको काम र सामुदायिक मेलमिलापबारे जानकारी गराउँदा उनीहरूमार्फत समुदायका अन्य व्यक्तिसम्म पनि सूचना पुग्ने विश्वासका साथ विद्यालयमा कार्यक्रम सञ्चालन गरेका हौँ।” कार्यक्रममा सहभागी विद्यार्थीहरूले कक्षामै बसेर सामुदायिक मेलमिलाप, न्यायिक समितिको काम तथा विभिन्न कानुनी व्यवस्थाबारे नयाँ जानकारी प्राप्त गरेको बताएका छन्। भीमेश्वर प्रसुन कँडेल माध्यमिक विद्यालय, रजगाउँका प्रधानाध्यापक भरत भुजेलले कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक तथा उपयोगी ज्ञान प्रदान गरेको बताउनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा कानुनी सचेतना अभिवृद्धि गर्न सहयोग पुग्नेछ। त्यसैगरी, प्रयागेश्वर माध्यमिक विद्यालय, पकरबासका प्रधानाध्यापक हरिनारायण श्रेष्ठले न्यायिक समिति र सामुदायिक मेलमिलापले स्थानीयस्तरमा देखिने विभिन्न समस्या तथा विवाद सहज रूपमा समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। गाउँपालिकाकी न्यायिक सहजकर्ता पवित्रा मानन्धरका अनुसार गाउँपालिकाभित्रका श्री माध्यमिक विद्यालय, राकाथुम; भीमेश्वर प्रसुन कँडेल माध्यमिक विद्यालय, रजगाउँ; प्रयागेश्वर माध्यमिक विद्यालय पकरबास र मानेडाँडा माध्यमिक विद्यालय पिङखुरीमा कार्यक्रम सञ्चालन गरिएको हो। विद्यालय तहबाटै कानुनी सचेतना अभिवृद्धि गर्दै न्यायिक समिति र सामुदायिक मेलमिलापको पहुँच समुदायसम्म विस्तार गर्ने गाउँपालिकाको अभियानले स्थानीय विवादलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्ने संस्कृतिको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कर्णालीका १० जिल्लामा निःशुल्क आँखा तथा कान उपचार सेवा विस्तार गरिँदै
HealthJust now

कर्णालीका १० जिल्लामा निःशुल्क आँखा तथा कान उपचार सेवा विस्तार गरिँदै

सुर्खेत । कर्णाली प्रदेशका दुर्गम तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी नेपाल नेत्रज्योति सङ्घले निःशुल्क आँखा तथा कान उपचार सेवा विस्तार गर्ने भएको छ। सङ्घले विकास साझेदार संस्था सिबिएम ग्लोबल र सिबिएम अस्ट्रेलियासँगको सहकार्यमा ‘सम्भव जीवन’ परियोजना सञ्चालन गर्न लागेको हो। परियोजनामार्फत कर्णाली प्रदेशका १० वटै जिल्लामा निःशुल्क आँखा... ...

हेल्थवाणी
बिपी प्रतिष्ठानमा गृहमन्त्रीको अनुगमन, बिरामीको सुरक्षा र बिचौलिया नियन्त्रणमा जोड
HealthJust now

बिपी प्रतिष्ठानमा गृहमन्त्रीको अनुगमन, बिरामीको सुरक्षा र बिचौलिया नियन्त्रणमा जोड

सुनसरी । गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले बिरामीको सुरक्षा, उपचार सेवाको सहजता र अस्पतालमा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखेका छन्। गृहमन्त्री गुरुङले बिरामीको हित, स्वास्थ्य सेवा र सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिएका... ...

हेल्थवाणी
भेरी अस्पतालमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा सुरु
HealthJust now

भेरी अस्पतालमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा सुरु

सिराज खान बाँके, मङ्सिर १२ गते । पश्चिम नेपालका हजारौँ बिरामीको आशा र भरोसाको केन्द्र मानिने नेपालगन्जस्थित भेरी अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा थपिने क्रम बढ्दै गएको छ ।सोही क्र... ...

गोरखापत्र
आयुर्वेद चिकित्सालयमा पञ्चकर्म र फिजियोथेरापी सेवा लिने बढ्दै
Health13m ago

आयुर्वेद चिकित्सालयमा पञ्चकर्म र फिजियोथेरापी सेवा लिने बढ्दै

दमौली, तनहुँ, मङ्सिर १२ गते । चिसो मौसम सुरु भएसँगै बाथरोग, पक्षघात (प्यारालाइसिस) तथा हड्डी खिइने समस्याको उपचारका लागि यहाँस्थित प्रदेश आयुर्वेद चिकित्सालयमा सेवाग्राहीको सङ्ख्या... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement