Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

न्यायपालिकामाथि स्वार्थप्रेरित प्रहार अस्वीकार्य, राष्ट्रिय संस्था कमजोर हुँदा राज्यशक्ति खुम्चिन्छ : नैनसिंह महर

Share:WhatsAppFacebookX (Twitter)Telegram
न्यायपालिकामाथि स्वार्थप्रेरित प्रहार अस्वीकार्य, राष्ट्रिय संस्था कमजोर हुँदा राज्यशक्ति खुम्चिन्छ : नैनसिंह महर
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका नेता नैनसिंह महरले न्यायपालिकासहित राज्यका प्रमुख अङ्गहरूको स्वतन्त्रता र विश्वसनीयतामाथि आँच आउन नहुने बताएका छन् । राष्ट्रिय संस्थाहरू कमजोर बन्दै जाँदा समग्र राज्यशक्ति पतनको जोखिम रहने उल्लेख गर्दै उनले संस्थागत सुदृढीकरणमा जोड दिएका छन् । पछिल्ला दिनहरूमा न्यायपालिका तथा राज्यका अन्य निकायहरू ‘सेटिङ’ र विवादमा मुछिएको विषय बाहिर आएपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता महरले यस्ता गतिविधिले गम्भीर प्रश्न खडा गरेको बताएका छन्। मुलुकका स्थायी संस्थाहरू कमजोर हुँदा समग्र राष्ट्रिय सामर्थ्य खुम्चिँदै गएको भन्दै उनले यस विषयमा गम्भीर राष्ट्रिय बहस र सचेतना आवश्यक रहेको औँल्याए । विधिको शासन र कानुनी राज्य लोकतन्त्रको प्राण भएको स्मरण गराउँदै महरले कुनै अमुक व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि सिङ्गो न्यायपालिकालाई बदनाम गर्ने षड्यन्त्र स्वीकार्य नहुने स्पष्ट पारे । यद्यपि, सार्वजनिक रूपमा उठेका गम्भीर सवालहरूलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै उनले यस्ता प्रकरणमा निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गरे । संस्थाको गरिमा जोगाउनु र भित्र देखिएका विकृतिहरूको न्यायिक निरूपण गर्नु दुवै उत्तिकै महत्त्वपूर्ण लोकतान्त्रिक दायित्व भएको उनको ठहर छ । सरकार परिवर्तन भइरहने राजनीतिक प्रणालीमा केवल शक्तिशाली सरकार हुनु मात्र पर्याप्त नहुने उनको तर्क छ । ‘सक्षम राज्य निर्माणका लागि बलिया, स्वतन्त्र र जवाफदेही स्थायी संस्था आवश्यक पर्छन्,’ महरले भनेका छन् । उनले राष्ट्रिय संस्थाहरूको कार्यक्षमता, आर्थिक समृद्धि तथा सचेत नागरिक नै देशको सफलताका मुख्य आधार भएको उल्लेख गरेका छन् । राजनीतिक स्थिरता, संस्थागत सुदृढीकरण र नागरिकको विश्वासले मात्र समृद्ध समाज, सामाजिक न्याय र राष्ट्रिय एकतालाई मजबुत बनाउन सक्ने भन्दै नेता महरले बलियो सरकार, सक्षम राज्य र समृद्ध राष्ट्र निर्माण नै अहिलेको मुख्य आवश्यकता भएको बताएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रुसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्की जर्मनी पुगे
OthersJust now

रुसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्की जर्मनी पुगे

रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मङ्गलबार जर्मनीको राजधानी बर्लिन पुगेका छन् । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै भ्रमणका क्रममा कूटनीतिक समन्वय, हवाई प्रतिरक्षा प्रणालीको सुदृढीकरण र ऊर्जा क्षेत्रमा सहयोग जुटाउने विषयमा छलफल हुने बताएका हुन् । जर्मनी युक्रेनलाई सैन्य, आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराउने प्रमुख… ...

अनलाइन खबर
कोपमा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा सशक्त रूपमा उठाउँछौं : मन्त्री चौधरी
OthersJust now

कोपमा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा सशक्त रूपमा उठाउँछौं : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन् । ...

अनलाइन खबर
कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता
OthersJust now

कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच आज शिष्टाचार भेटवार्ता भएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play