Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

नेसन्स लिगमा नेदरल्यान्ड्स र जर्मनी विजयी

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेसन्स लिगमा नेदरल्यान्ड्स र जर्मनी विजयी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । युईएफए नेसन्स लिग फुटबलअन्तर्गत नेदरल्यान्ड्सले ग्रिसमाथि ७–० को फराकिलो जित हासिल गरेको छ । गएराति एम्स्टर्डमस्थित जोहान क्रुफ एरिनामा भएको लिग ‘ए’ समूह २ को खेलमा नेदरल्यान्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै ग्रिसलाई पराजित गरेको हो । नेदरल्यान्ड्सको जितमा टिजानी रेइन्डर्सले ह्याट्रिक गरे भने जुरीएन टिम्बरले दुई गोल गरे । क्रिसेन्सियो समरभिल र डोनियल मालेनले एक–एक गोल थपे । खेलको छैटौँ मिनेटमा समरभिलले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । त्यसपछि रेइन्डर्सले १२औँ, १८औँ र पहिलो हाफको अन्त्यअघि गोल गर्दै ह्याट्रिक पूरा गरे । टिम्बरले पहिलो हाफमै पाँचौँ गोल थपेपछि नेदरल्यान्ड्स ५–० को अग्रतामा रहेको थियो । दोस्रो हाफमा टिम्बरले व्यक्तिगत दोस्रो गोल गरे भने मालेनले अर्को गोल थप्दै नेदरल्यान्ड्सको जित ७–० बनाए । यस जितसँगै नेदरल्यान्ड्स समूह २ को शीर्ष स्थानमा ११ अंकसहित रहेको छ । नेसन्स लिगको इतिहासमा सबैभन्दा फराकिलो जितको कीर्तिमानसँग पनि नेदरल्यान्ड्सले बराबरी गरेको छ । नेसन्स लिगकै अर्को खेलमा जर्मनीले सर्बियालाई उसकै मैदानमा ३–१ गोल अन्तरले पराजित गरेको छ । जर्मनीको जितमा फ्लोरियन विर्ट्ज र ब्रायन ग्रुडाले गोल गरे भने एक गोल सर्बियाका खेलाडी स्र्दान बाबिचबाट आत्मघाती भएको थियो । खेलको तेस्रो मिनेटमै काइ हाभर्ट्जको हेडर सर्बियाका बाबिचलाई लागेर गोलमा परिणत भएपछि जर्मनीले अग्रता लिएको थियो । १४औँ मिनेटमा विर्ट्जले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए । दोस्रो हाफ सुरु भएको पाँच मिनेटपछि जर्मनीका लागि डेब्यु खेल खेलिरहेका ब्रायन ग्रुडाले व्यक्तिगत प्रयासमा उत्कृष्ट गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । सर्बियाका बाबिचले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। खेलको अन्तिम समयमा सर्बियाका भान्या ड्रागोजेभिच र आन्द्रिया झिभ्कोभिचले रातो कार्ड पाएपछि घरेलु टोली नौ खेलाडीमा सीमित भएको थियो । यस जितसँगै जर्मनी ८ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको ग्रिससँग अंक बराबरी गर्न सफल भएको छ। नेदरल्यान्ड्स भने ११ अंकसहित शीर्ष स्थानमा छ । समूह ‘ए’ २ बाट क्वार्टरफाइनलमा पुग्ने दुई टोलीको टुंगो अन्तिम चरणका खेलबाट लाग्नेछ । The post नेसन्स लिगमा नेदरल्यान्ड्स र जर्मनी विजयी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो
Latest NewsJust now

नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को खुद नाफामा उल्लेख्य सुधार आएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार... ...

रातोपाटी
छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल
Latest NewsJust now

छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल

बारा समाचारदाता बारा, कात्तिक २८ गते । तराई मधेशका जिल्लामा श्रद्धा र निष्ठाको महापर्व छठ पूजाको तयारीका लागि व्रतालु जुटेका छन् । दीपावली र गोवर्धन पूजा सम्पन्न भएसँगै अहिले छठ पर... ...

गोरखापत्र
हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड
Latest NewsJust now

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

टर्किए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका छन् । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न नसकिने अवस्था देखिए पनि त्यसको अवधि र प्रभाव न्यून बनाउन तत्काल र व्यापक रूपमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका हुन् । यही कात्तिक २३ गतेदेखि यहाँ जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१)को अन्तिम पत्रकार सम्मेलनमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play