Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

नेपोभिटले सार्वजनिक गर्‍यो अल्ट्रा प्रिमियम ‘हिमालय’ टायल्स कलेक्सन

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपोभिटले सार्वजनिक गर्‍यो अल्ट्रा प्रिमियम ‘हिमालय’ टायल्स कलेक्सन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपालको पहिलो टायल उत्पादक कम्पनी नेपोभिट टायल्सले अल्ट्रा प्रिमियम टायल्स कलेक्सन ‘नेपोभिट हिमालय’ सार्वजनिक गरेको छ। आधुनिक वास्तुकला र इन्टेरियर डिजाइनलाई लक्षित गरी ल्याइएको उक्त कलेक्सनमा १८ फरक डिजाइनका टायल्स समावेश छन्। नेपालको हिमालय पर्वत शृङ्खलाको प्राकृतिक सौन्दर्य र भव्यताबाट प्रेरित यस कलेक्सनलाई ‘द आर्ट अफ द मोनुमेन्टल’ अवधारणामा तयार गरिएको कम्पनीले जनाएको छ। प्रकृति र आधुनिक वास्तुकलाको संयोजनलाई टायल्सको डिजाइनमार्फत प्रस्तुत गर्ने उद्देश्यले नयाँ कलेक्सन ल्याइएको कम्पनीको भनाइ छ। ६०० × १२०० मिलिमिटर आकारमा उपलब्ध टायल्समा गोल्डेन तथा एम्बर भेइनिङ, ग्रे प्याटर्न, मार्बलबाट प्रेरित डिजाइन र सेतो टेक्स्चर समावेश छन्। ग्लसी फिनिसमा उपलब्ध यी टायल्स घरका विभिन्न कोठा, होटल, अपार्टमेन्ट तथा व्यावसायिक भवनको इन्टेरियरमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। कलेक्सनमा मार्मो गोल्ड, लिक्विड गोल्ड, ल्यापिस गोल्ड र अरबेस्काटो गोल्डजस्ता आकर्षक डिजाइनका साथै ग्यारी ह्वाइट, सेन्चुरी नेचुरल, स्ट्याचुरियो आर्क र रोजर नेचुरलजस्ता क्लासिक डिजाइन रहेका छन्। ठूलो आकारका टायल्स प्रयोग गर्दा सतहमा जोडाइका रेखा कम देखिने भएकाले इन्टेरियरलाई एकरूप र खुला देखाउन सहयोग पुग्छ। पछिल्लो समय आवासीय तथा व्यावसायिक भवनको डिजाइनमा ठूलो आकारका टायल्सको प्रयोग बढ्दै गएकाले नयाँ कलेक्सनले वास्तुविद्, इन्टेरियर डिजाइनर तथा घर निर्माण गर्ने ग्राहकलाई थप विकल्प दिने अपेक्षा कम्पनीले गरेको छ। नेपोभिटले बदलिँदो उपभोक्ता रुचि र निर्माण क्षेत्रमा विकसित हुँदै गएका डिजाइन प्रवृत्तिलाई ध्यानमा राखेर उत्पादन पोर्टफोलियो विस्तार गर्दै आएको जनाएको छ। नेपाली बजारमै टायल उत्पादन गर्दै आएको कम्पनीले गुणस्तर, डिजाइन र आधुनिक प्रविधिलाई प्राथमिकता दिँदै आफ्नो उत्पादनलाई थप प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको छ। ‘हिमालय’ कलेक्सनमार्फत नेपाली प्राकृतिक पहिचानलाई आधुनिक इन्टेरियर डिजाइनसँग जोड्ने प्रयास गरिएको कम्पनीको भनाइ छ। नेपोभिट टायल्स नेपालकै पहिलो टायल उत्पादक कम्पनी हो। कम्पनीले आवासीय तथा व्यावसायिक संरचनाका लागि विभिन्न आकार, डिजाइन र फिनिसमा टायल्स उत्पादन तथा बजारमा उपलब्ध गराउँदै आएको छ। आधुनिक प्रविधि र बदलिँदो बजारको मागअनुसार उत्पादन विस्तार गर्दै आएको नेपोभिट नेपाली टायल उद्योगको अग्रणी ब्रान्डका रूपमा परिचित छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दशौँ राष्ट्रिय खेलकुदः महिला बास्केटबलमा सुदूरपश्चिम अन्तिम आठमा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदः महिला बास्केटबलमा सुदूरपश्चिम अन्तिम आठमा

• सुदूरपश्चिम प्रदेश महिला बास्केटबलको क्वाटरफाइनलमा प्रवेश गर्दै मधेस प्रदेशलाई ४७–३ अङ्कले हरायो। • नेपाल पुलिसले कर्णाली प्रदेशलाई ५२–१९ अङ्कले पराजित गर्दै समूह ‘ए’ मा जित हासिल गर्यो। • थ्री अन थ्रीमा नेपाल आर्मी र बागमती प्रदेशले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। ...

नेपालबहस
नेपाल लाइफको प्रणालीबाट २३ करोड गायब ! १० वर्षसम्म बेखबर व्यवस्थापन, प्रभु समूहविरुद्ध अदालतमा मुद्दा
Latest NewsJust now

नेपाल लाइफको प्रणालीबाट २३ करोड गायब ! १० वर्षसम्म बेखबर व्यवस्थापन, प्रभु समूहविरुद्ध अदालतमा मुद्दा

• नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा २३ करोड रुपैयाँभन्दा बढी बीमाशुल्कको हिसाब हराएको विवाद सार्वजनिक भएको छ, जुन मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर भएपछि खुलासा भएको हो। • प्रभु समूहसम्बद्ध कम्पनीले संकलित रकम समयमै नेपाल लाइफलाई बुझाएको छैन भन्ने आरोपमा कम्पनीले अदालतमा मुद्दा दायर गरेको छ, जसले व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा प्रश्न उठाएको छ। • बीमाशुल्क संकलनको जिम्मेवारी लिएको कम्पनीले ...

नेपालबहस
उद्योगीका समस्या समाधान गर्न मन्त्रालयमै ‘सहजीकरण कक्ष’ सञ्चालन गरिने
Latest NewsJust now

उद्योगीका समस्या समाधान गर्न मन्त्रालयमै ‘सहजीकरण कक्ष’ सञ्चालन गरिने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उद्योगी तथा व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उद्योग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री साहले उद्योग सञ्चालनका क्रममा देखिने प्रशासनिक झन्झट, प्रक्रियागत कठिनाइ र नीतिगत अस्पष्टता हटाएर लगानीमैत्री वातावरण निर्माण गरिने बताएका हुन् । उद्योगी तथा व्यवसायीका समस्या तत्काल सम्बोधन […] ...

लोकपथ
दशौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कांस्यसहित कुल १९ पदक जितेको छ । दोस्रो स्थानमा रहेको एनआरएनएले ६ स्वर्ण, १ रजत र २ कांस्य गरी ९ पदक जितेको छ भने नेपाल पुलिस क्लब ३ स्वर्ण, ७ रजत र ८ कांस्यसहित कुल १८ पदक ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement