काठमाडौं । नेपाल संवत् ११४७ आजदेखि शुरु भएको छ । आज काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा कार्यक्रम गरिएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् । नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब नागरिकको ऋणमोचन गरी नेपाल संवत् शुरु गर्नुभएको थियो । काठमाण्डौको वसन्तपुरमा बाजागाजासहित नेपाल संवत्को नयाँ वर्षलाई स्वागत गरिएको छ । यस्तै आज बिहान भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत्को प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताउनुभएको छ । The post नेपाल संवत्को नयाँ वर्षका अवसरमा काठमाण्डौमा कार्यक्रम (फोटो फिचर) appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
नेपाल संवत्को नयाँ वर्षका अवसरमा काठमाण्डौमा कार्यक्रम (फोटो फिचर)

Read Complete Original Article
Published originally on कर्पोरट खबर






