काठमाडौँ । नेपालमा लोकप्रिय खेलका रूपमा स्थापित लुडोलाई व्यवस्थित, प्रतिस्पर्धात्मक तथा व्यावसायिक स्वरूप प्रदान गर्ने उद्देश्यसहित नेपाल लुडो लिग (एनएलएल) २०२६ को तयारी तथा खेलाडी दर्ता प्रक्रिया सुरु भएको छ। भरपर्दो इभेन्ट्स प्रा।लि।को आयोजनामा हुन लागेको प्रतियोगितामा कुल १२ लाख रुपैयाँ पुरस्कार राशि राखिएको छ। प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँसम्म पुरस्कार प्राप्त गर्नेछन् भने उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १६ खेलाडीले विभिन्न पुरस्कार जित्ने आयोजकले जनाएको छ। युवा पुस्तादेखि वयस्कसम्म लोकप्रिय रहेको लुडो खेललाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्दै यसको विकास र विस्तार गर्ने लक्ष्य लिगले लिएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीको उमेर कम्तीमा १६ वर्ष पुगेको हुनुपर्नेछ। आयोजक संस्था भरपर्दो इभेन्ट्स प्रा.लि.का कार्यकारी अध्यक्ष सुरज भट्टराईले लुडो मनोरञ्जनको माध्यम मात्र नभई विभिन्न पुस्ता, समुदाय र भूगोललाई जोड्ने साझा खेल भएको बताए। नेपाली खेलाडीलाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउने उद्देश्यले लिग आयोजना गर्न लागिएको उनको भनाइ छ। उनका अनुसार हाल प्रारम्भिक खेलाडी दर्ता प्रक्रिया खुला गरिएको छ। थप प्रायोजक तथा साझेदारहरूको सहभागितासहित केही दिनभित्र विशेष कार्यक्रममार्फत प्रतियोगिताको विस्तृत जानकारी सार्वजनिक गरिनेछ।
नेपाल लुडो लिग २०२६ आयोज हुँदै, शीर्ष खेलाडीले जित्नेछन् १२ लाखको पुरस्कार

Read Complete Original Article
Published originally on टक्सार






