Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

नेपाल र भारतका विदेश सचिवस्तरीय द्विपक्षीय बैठक सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल र भारतका विदेश सचिवस्तरीय द्विपक्षीय बैठक सम्पन्न
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौ‌ । नेपाल र भारतका विदेश सचिवस्तरीय द्विपक्षीय बैठक आपसी हितका विविध विषयमा छलफल गर्दै सम्पन्न भएको छ । परराष्ट्रसचिव अमृतबहादुर राई र भारतका विदेश सचिव विक्रम मिश्रीबीच प्रतिनिधिमण्डलस्तरीय बैठक आज यहाँ भएको हो । बैठकमा नेपाल र भारतबीचको घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ र फलदायी बनाउने विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । बैठकमा आगामी उच्चस्तरीय भ्रमणको तयारी, हवाई, रेल, सडक तथा पुललगायतका पूर्वाधारमार्फत सम्पर्क सञ्जाल विस्तार र सुदृढीकरण तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा सहजीकरणका विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । यसैगरी बैठकमा विकास सहकार्यलाई थप प्रभावकारिता बनाउने, ऊर्जा क्षेत्रमा विद्यमान सहकार्यलाई थप विस्तार र सुदृढीकरण र दुई देशका जनताबीचको सम्बन्ध र आपसी सम्पर्कलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको उनले बताए । यसबाहेक बैठकमा नेपाल–भारत सम्बन्धका समग्र आयामहरूमा समेत छलफल भएको थियो । परराष्ट्रसचिव राईको मैत्रीपूर्ण निमन्त्रणामा विदेश सचिव मिश्री नेपालको औपचारिक दुई दिने भ्रमणका लागि आज यहाँ आइपुगेका थिए । भ्रमणका क्रममा विदेश सचिव मिश्रीले आजै अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र पूर्वाधार मन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए । विदेश सचिव मिश्रीले भोलि बिहान प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेट गर्ने बताइएको छ । विदेश सचिव मिश्री नेपाल भ्रमण सम्पन्न गरी भोलि नै दिन नयाँदिल्ली फिर्ता हुने कार्यक्रम रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विशेष पद सिर्जना गरेर हटाइएका तीन दृष्टान्त, पुरानाभन्दा फरक देखिएनन् बालेन
Latest NewsJust now

विशेष पद सिर्जना गरेर हटाइएका तीन दृष्टान्त, पुरानाभन्दा फरक देखिएनन् बालेन

काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बाट दानबहादुर कार्कीलाई हटायो । प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरेर सरुवा गर्ने निर्णय गर्दै उनको ठाउँमा अतिरिक्त महानिरीक्षक मनोजकुमार केसी (एआईजी)... ...

रातोपाटी
काँग्रेसले भन्यो- भय र भ्रमको शासन बन्द गर !
Latest NewsJust now

काँग्रेसले भन्यो- भय र भ्रमको शासन बन्द गर !

काठमाडौं । नेपाली कांग्रेसले सरकारमाथि स्वेच्छाचारी र निरंकुश शैलीमा शासन सञ्चालन गरेको आरोप लगाउँदै भय र भ्रम सिर्जना गरेर सत्ता चलाउने प्रवृत्ति बन्द गर्न आग्रह गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै काँग्रेस वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो घटनाक्रममा काँग्रेसको धारणा सार्बजनिक गर्दै विधिको शासन, नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएका छन् । कांग्रेसले २०८२ पुसमा सम्पन्न विशेष ...

कर्पोरट खबर
इजरायलको निर्वाचनमा धाँधली नभएको आयोगको निष्कर्ष
Latest NewsJust now

इजरायलको निर्वाचनमा धाँधली नभएको आयोगको निष्कर्ष

काठमाडाैँ। इजरायलको निर्वाचन आयोगले गत साता सम्पन्न निर्वाचनमा कुनै धाँधली नभएको जनाएको छ। आयोगको यो निष्कर्षले निर्वाचन परिणामलाई अमान्य वा शङ्कास्पद देखाउने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको प्रयासलाई धक्का दिएको छ। नेतान्याहु र... ...

रातोपाटी
सङ्खुवासभा गोल्डकप फुटबल : काठमाडौँलाई हराउँदै सुनसरी फाइनलमा
Latest NewsJust now

सङ्खुवासभा गोल्डकप फुटबल : काठमाडौँलाई हराउँदै सुनसरी फाइनलमा

सङ्खुवासभा। सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सञ्चालन भइरहेको सङ्खुवासभा गोल्डकप फुलटबल प्रतियोगितामा सुनसरीको न्यू स्टार क्लब फाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा प्लानिङ ब्वाइजलाई ट्राइबेकरमा ६–५ गोल अन्तरले पराजित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play