Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

नेपाल राष्ट्र बैंकको ‘एनआरबी फिनटेक इनोभेसन शोकेस २०२६’ सम्पन्न, २७ कम्पनीका प्रविधि प्रदर्शन

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल राष्ट्र बैंकको ‘एनआरबी फिनटेक इनोभेसन शोकेस २०२६’ सम्पन्न, २७ कम्पनीका प्रविधि प्रदर्शन
Photo / Coverage: टेक्नोलोजी खबर

नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘एनआरबी फिनटेक इनोभेसन शोकेस २०२६’ सम्पन्न भएको छ। प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धन तथा फिनटेक क्षेत्रमा भइरहेका नवीनतम आविष्कारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकको भुक्तानी प्रणाली विभागले उक्त कार्यक्रम आयोजना गरेको हो। काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंक परिसरमा आयोजित कार्यक्रमको उद्घाटन गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले गरेका थिए। उद्घाटन सत्रमा बोल्दै उनले प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धनलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको बताए। उनले फिनटेक नवप्रवर्तनलाई अघि बढाउँदा वित्तीय स्थायित्व, सुरक्षित भुक्तानी प्रणाली र ग्राहक संरक्षण सुनिश्चित गर्नुपर्नेमा जोड दिए। साथै, वित्तीय प्रविधिको विकाससँगै उत्पन्न हुने नयाँ जोखिम र चुनौती व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो। कार्यक्रममा डेपुटी गभर्नर किरण पण्डितले फिनटेक प्रवर्द्धनका लागि राष्ट्र बैंकले गरेका नीतिगत तथा संरचनागत प्रयासबारे जानकारी गराएका थिए। भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्‍चल अधिकारीले डिजिटल प्रविधिमा आधारित वित्तीय सेवाका क्षेत्रमा राष्ट्र बैंकले अपनाएका व्यवस्थाबारे प्रस्तुति दिएका थिए। कार्यक्रमअन्तर्गत डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, डिजिटल कर्जा प्रवाह, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, वित्तीय ठगी तथा जोखिम व्यवस्थापन र प्रविधिमा आधारित नियमन (रेगटेक) लगायतका क्षेत्रमा काम गरिरहेका वित्तीय संस्था तथा फिनटेक कम्पनीका २७ वटा स्टल प्रदर्शनमा राखिएका थिए। राष्ट्र बैंकका अनुसार उक्त प्रदर्शनी अवलोकन गर्न बैंक तथा वित्तीय संस्था, सरकारी निकाय, भुक्तानी प्रणाली सञ्चालक, फिनटेक कम्पनीलगायतका संस्थाका एक हजारभन्दा बढी प्रतिनिधि पुगेका थिए। कार्यक्रमकै क्रममा ‘डिजिटल लेन्डिङ एन्ड क्रेडिट फर अन्डरसर्भ्ड’ विषयमा प्यानल छलफलसमेत आयोजना गरिएको थियो। फिनटेक एलायन्स नेपालका तर्फबाट मनोज घिमिरेले सहजीकरण गरेको छलफलमा राष्ट्र बैंकका कार्यकारी निर्देशक निश्‍चल अधिकारी, ग्लोबल आईएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र एलायन्सका अध्यक्ष अमित अग्रवाल सहभागी थिए। राष्ट्र बैंकले हालै जारी गरेको ‘फिनटेक स्ट्राटेजी फर डिजिटल फाइनान्सियल सर्भिसेस (२०२६/२७–२०३०/३१)’ अन्तर्गत फिनटेक इकोसिस्टमका नवप्रवर्तक तथा सरोकारवालासँग समन्वय र सहकार्य गर्ने उद्देश्य राखेको छ। यही रणनीतिअन्तर्गत डिजिटल फाइनान्स इनोभेसन हब (डिफाइ हब) र नियामकीय स्यान्डबक्सलाई प्रभावकारी बनाउन ‘एनआरबी फिनटेक नेक्सस’ संयन्त्रसमेत तयार गरिएको राष्ट्र बैंकले जनाएको छ। आगामी दिनमा फिनटेक वर्कशप, ह्याकाथन तथा इनोभेसन च्यालेन्जजस्ता कार्यक्रम सञ्चालन गर्ने बैंकको योजना छ। The post नेपाल राष्ट्र बैंकको ‘एनआरबी फिनटेक इनोभेसन शोकेस २०२६’ सम्पन्न, २७ कम्पनीका प्रविधि प्रदर्शन appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फोटोनका १४ वटा विद्युतीय सवारी साधन भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
TechnologyJust now

फोटोनका १४ वटा विद्युतीय सवारी साधन भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टिएम१ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्राइभेट लिमिटेडअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो। ‘टुगेदर टुवार्ड्स ग्रिनर फ्युचर’ नारासहित आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको साझा प्रतिबद्धतालाई दर्शाएको छ। कम्पनीका अनुसार फोटोन टिएम१ ...

टेक्नोलोजी खबर
‘मेरोस्ट्रिम’ ओटीटी सञ्चालनमा : अब एउटै प्लेटफर्ममा नेपाली फिल्म, वृत्तचित्र र वेब सिरिज हेर्न पाइने
TechnologyJust now

‘मेरोस्ट्रिम’ ओटीटी सञ्चालनमा : अब एउटै प्लेटफर्ममा नेपाली फिल्म, वृत्तचित्र र वेब सिरिज हेर्न पाइने

काठमाडौं । नेपाली मनोरञ्जनलाई डिजिटल माध्यमबाट दर्शकसम्म पुर्‍याउने उद्देश्यले स्थापित नयाँ ओटीटी प्लेटफर्म ‘मेरोस्ट्रिम’ आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ ।सदस्यता शुल्कमा आधारित यो प्लेटफर्मले दर्शकलाई एउटै सदस्यताबाट चलचित्र, वृत्तचित्र, लघुचलचित्र, शो र वेब सिरिज हेर्न सक्ने सुविधा दिएको छ । नेपालमा इन्टरनेट र स्मार्टफोनको पहुँच बढ्दै गएपनि नेपाली सामाग्रीका लागि भरपर्दो र व्यवस्थित डिजिटल मञ्चको अभाव कायमै छ ...

आइसिटी समाचार
ई-जीपी प्रणालीमा छिरेर ठेक्काका फाइल हेरफेर गरेको आरोप, तीन जना प्रहरीको फन्दामा
TechnologyJust now

ई-जीपी प्रणालीमा छिरेर ठेक्काका फाइल हेरफेर गरेको आरोप, तीन जना प्रहरीको फन्दामा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय खरिद प्रणाली (ई-जीपी) मा अनधिकृत पहुँच पुर्‍याई विभिन्न ठेक्कासम्बन्धी कागजात हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।नेपाल प्रहरीको साइबर ब्यूरोले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आइतबार तीन जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेकाहरूले सरकारी ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै त्यससँग सम्बन्धित कागजातमा अनधिकृत रूपमा परिवर्तन गरेको आरोप ...

आइसिटी समाचार
सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता आयोजना हुँदै
TechnologyJust now

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता आयोजना हुँदै

महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङ अन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबले आज पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर ५ देखि ७ गतेसम्म ह्याकाथन आयोजना गर्न लागेको जनाएको हो । क्लबका अध्यक्ष जेलिना भट्टले सूचना प्रविधि, नवप्रवर्तन र प्राविधिक विकाससँग सम्बन्धित गतिविधि बढाउन ह्याकाथन आयोजना गर्न लागिएको जानकारी दिइन। उनका अनुसार ह्याकाथनमा स्वास्थ्य, शिक्षा, वातावरण, ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play