Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

नेपाल-भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल-भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो
Photo / Coverage: अर्थ सरोकार

रुपन्देही । नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणका क्रममा भएको यो सहमतिले भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालनमा देखिएको हवाई मार्गसम्बन्धी अवरोध हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको हो । सहमतिअनुसार काठमाडौँ–भैरहवा–लखनउ (बी–३४५) हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी बनाउने विषय अघि बढाइएको छ । यसअघि उक्त मार्ग प्रयोग गरी भैरहवाबाट उडान तथा अवतरणमा व्यावहारिक कठिनाइ रहँदै आएको थियो । दुईतर्फी सञ्चालनको व्यवस्था कार्यान्वयनमा आएमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडान सञ्चालन सहज हुने र विमान कम्पनीलाई थप विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ । यद्यपि सहमतिलाई कार्यान्वयनमा लैजान प्राविधिक पक्ष, उडान सञ्चालनको प्रक्रिया तथा आवश्यक व्यवस्थापनबारे थप छलफल गर्नुपर्नेछ । त्यसैले सहमतिपछि तत्काल नियमित उडान सुरु भइसकेको अर्थमा बुझ्न नहुने सरोकारवालाको भनाइ छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले हवाई मार्ग दुईतर्फी बनाउने सहमतिलाई भैरहवा र समग्र लुम्बिनी क्षेत्रको आर्थिक विकासका लागि सकारात्मक उपलब्धिका रूपमा लिनुपर्ने बताए । उनका अनुसार अन्तरराष्ट्रिय उडान विस्तार हुँदा पर्यटन, उद्योग, व्यापार तथा होटल व्यवसायमा प्रत्यक्ष प्रभाव पर्नेछ । विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनसके यस क्षेत्रको आर्थिक गतिविधि थप चलायमान बन्ने उनको अपेक्षा छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष सागर अधिकारीले हवाई पहुँच विस्तारले लुम्बिनी आउने विदेशी पर्यटकको आवागमन सहज बनाउनसक्ने बताएका छन् । भारतका विभिन्न सहरबाट पर्यटकलाई भैरहवा हुँदै लुम्बिनी ल्याउन सकिने सम्भावना बढ्ने उनको भनाइ छ । उनले विमानस्थल सञ्चालनलाई प्रभावकारी बनाउन उडान सेवा, पर्यटकीय प्याकेज र यातायात व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए । लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक सुरज घिमिरेले हवाई मार्ग विस्तारलाई लुम्बिनीको अन्तरराष्ट्रिय पर्यटनसँग जोडेर हेर्नुपर्ने बताएका छन् । बुद्धको जन्मस्थल लुम्बिनीलाई भारतका बोधगया, सारनाथ, कुशीनगर र श्रावस्तीजस्ता बौद्धस्थलसँग जोडेर धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवर्द्धन गर्न सकिने उनको भनाइ छ । भैरहवा विमानस्थलबाट उडान विस्तार हुनसके नेपाल आउने पर्यटकलाई लुम्बिनीसहित कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामजस्ता ऐतिहासिक तथा पुरातात्त्विक स्थलसम्म पुर्याउन सहज हुनेछ । यसबाट पर्यटन व्यवसायसँगै स्थानीय होटल, यातायात, कृषि तथा अन्य सेवा क्षेत्रमा रोजगारी र आम्दानीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणसँगै लुम्बिनीलाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने अपेक्षा गरिएको थियो । तर, नियमित अन्तरराष्ट्रिय उडानको निरन्तरतामा देखिएको चुनौतीका कारण विमानस्थलले अपेक्षित गति लिन सकेको छैन । यस्तो अवस्थामा नेपाल–भारतबीच भएको पछिल्लो सहमतिलाई कार्यान्वयनमा लैजानसके भैरहवा विमानस्थलको उपयोगिता बढ्नुका साथै लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने देखिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अर्थ सरोकार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गौतमबुद्ध विमानस्थलका लागि हवाई मार्गमा नयाँ सहमति
Latest NewsJust now

गौतमबुद्ध विमानस्थलका लागि हवाई मार्गमा नयाँ सहमति

काठमाडौं। नेपाल र भारतबीच काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको छ। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको यस सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारमा देखिएका अवरोध हटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। हालसम्म बी-३४५ हवाई मार्ग एकतर्फी मात्र सञ्चालनमा थियो, जसले गर्दा भैरहवामा उडान र अवतरणमा व्यावहारिक कठिनाइ हुँदै आएको थियो। सरोकारवालाहरूले यस सहमतिलाई लुम्बिनी क्षेत्रको आर्थिक विकासका लागि ...

नेपालन्युज
एकपक्षीय रूपमा उखुको मूल्य निर्धारण गर्ने तयारीमा सरकार, किसानले दिए आन्दोलनको चेतावनी
Latest NewsJust now

एकपक्षीय रूपमा उखुको मूल्य निर्धारण गर्ने तयारीमा सरकार, किसानले दिए आन्दोलनको चेतावनी

सरकारले चालु सिजनका लागि एक पक्षीय रूपमा उखुको न्यूनतम खरिद मूल्य निर्धारण गर्ने तयारी अघि बढाएपछि किसानले आन्दोलनको चेतावनी दिएका छन्।  उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु यादवले किसानको सहमतिबिनै सरकारले उखुको मूल्य निर्धारण गरे आन्दोलनमा जाने बताए।  ‘यस सिजनको लागि उखुको मूल्य निर्धारण गर्न हामी दुई–तीनपटक कृषि मन्त्रालयमा वार्तामा... ...

नेपालखबर
नारायणगढ-हेटौँडा सडक स्तरोन्नतिमा ५१ कम्पनीको चासो
Latest NewsJust now

नारायणगढ-हेटौँडा सडक स्तरोन्नतिमा ५१ कम्पनीको चासो

काठमाडौं। पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ: हेटौँडा सडक खण्ड विस्तारका लागि ५१ निर्माण कम्पनीले आवेदन दिएका छन्। ७० किलोमिटर लामो उक्त सडकलाई तीन प्याकेजमा विभाजन गरी स्तरोन्नति गर्न ठेक्का आह्वान गरिएको थियो। सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का अनुसार आवेदन दिनेमा अधिकांश चिनियाँ र भारतीय कम्पनी छन्, जसमध्ये केहीले नेपाली निर्माण व्यवसायीसँग संयुक्त उपक्रम (जेभी) मा प्रस्ताव पेस गरेका छन्। आयोजना निर्देशक चुडाराज ...

नेपालन्युज
पारिश्रमिक विवाद चर्किएपछि भर्जिन अस्ट्रेलियाका कर्मचारी हडतालमा, चार प्रमुख विमानस्थलमा उडान प्रभावित हुने चेतावनी
Latest NewsJust now

पारिश्रमिक विवाद चर्किएपछि भर्जिन अस्ट्रेलियाका कर्मचारी हडतालमा, चार प्रमुख विमानस्थलमा उडान प्रभावित हुने चेतावनी

• अस्ट्रेलियाको भर्जिन अस्ट्रेलियाका कर्मचारीहरूले पारिश्रमिक र कामका सर्तहरूमा विवादका कारण हडतालमा उत्रिएका छन्, जसले प्रमुख विमानस्थलहरूमा उडान रद्द र ढिलाइको सम्भावना बढाएको छ। • कर्मचारीहरूले उचित पारिश्रमिक, स्पष्ट कामको समय र अतिरिक्त कामको उचित भुक्तानीको माग गर्दै हडताल गरेका हुन्। • भर्जिन अस्ट्रेलियाले हडतालका कारण उडान सेवामा असर नपर्ने अपेक्षा गर्दै कर्मचारीलाई पारिश्रमिक वृद्धि र अन्य सुविधाहरूको प्रस्ताव गरेको ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement