काठमाडौं । पाकिस्तान ए ले एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गतको खेलमा नेपाललाई ९६ रनले पराजित गरेको छ । पाकिस्तान ए ले दिएको १६९ रनको लक्ष्य पछाएको नेपाल १७.३ ओभरमा अल आउट हुदै ७२ रन मात्र बनाएको थियो । नेपालका लागि मयन यादवले सर्बाधिक ४१ रन बनाएका थिए भने बसिर अहमदले ११ रन बनाएका थिए । यी दुवै बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनेन सकेनन भने नेपालका ६ ब्याट्सम्यान शुन्यमा आउट भएका थिए । त्यस्तै पाकिस्तान ए का बलर मुहमद हसनैन र सुफयान मोकिमले ३-३ विकेट लिएका थिए भने मोहमद इमरान रान्धावाले २ विकेट र मास सदाकतले एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तान ए ले ४२ ओभरमा अल आउट हुदै १६९ रनको लक्ष्य दिएको थियो । पाकिस्तान ए का लागि नोहैल नाजिरले अविजित ६४ रन बनाएका थिए भने हसन नवाजले २८ रन बनाए । त्यस्तै नेपालका बलर रशिद खानले ५ विकेट लिए भने अभिशेष गौतमले २ तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले एक एक विकेट लिए । योसँगै नेपालको एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा यात्रा समाप्त भएको छ । त्यस्तै पाकिस्तान ए भने समुह बी मा शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ । अब सेमिफाइनलमा पाकिस्तान ए ले बंगलादेश ए सँग खेल्ने छ भने अर्को सेमिफाइनलमा भारत ए ले श्रीलंका ए को सामना गर्ने छ । सेमिफाइनलका खेल शुक्रबार हुने छन् भने आइतबार फाइनल खेल हुने तालिका छ । The post नेपाल पाकिस्तान ए सँग ९६ रनले पराजित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
नेपाल पाकिस्तान ए सँग ९६ रनले पराजित

Read Complete Original Article
Published originally on कर्पोरट खबर




.jpg)

