Friday, November 20, 2026||
MultiKhabarMultiKhabar

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
Photo / Coverage: कर्पोरट खबर

‍काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा गुणस्तरमा सुधार हुन नसकेको बारे मन्त्रालयमा गुनासो आउने गरेको उल्लेख गर्दै नेटवर्क समस्याको वास्तविक कारण पहिचान गरी समाधान गर्न निर्देशन दिएका छन् । उनले दुर्गम क्षेत्र मात्र नभई सहरी क्षेत्रमा समेत नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवामा समस्या रहेको गुनासो आउने गरेको उल्लेख गर्दै सेवाको गुणस्तर कमजोर हुनुको कारण स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताए । नेटवर्कमा समस्या किन भइरहेको छ, कुन टावरले कति क्षेत्रसम्म प्रभावकारी सेवा दिन सक्छ र सबै टावर पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन् वा छैनन् भन्ने विषयमा तथ्याङ्कसहित जानकारी दिन उनले टेलिकमलाई निर्देशन दिए । टावरको क्षमता विस्तार र सेवा सुधारका लागि पर्याप्त लगानी गरिएको अवस्थामा पनि गुणस्तर कमजोर रहनु स्वीकार्य नहुने सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ थियो । सेवा सुधारका लागि सरकारले आवश्यक सहयोग गर्न तयार रहेको तर सुधारका काम प्रभावकारी रूपमा अघि बढ्नुपर्ने उनले बताए । देशभर नेटवर्क विस्तार भइरहेको भए पनि विभिन्न स्थानमा सेवा अवरुद्ध हुने, फोन नलाग्ने र इन्टरनेट नचल्ने समस्या रहेको गुनासो आउने गरेको उनले उल्लेख गरे । नेपाल टेलिकमले देशभर करिब पाँच हजार टावरमार्फत सेवा प्रदान गरिरहेको जनाएको छ । सेवा गुणस्तर सुधार र पहुँच विस्तारका लागि चालु आर्थिक वर्षमा थप एक हजार टावर स्थापना गर्ने गरी खरिद प्रक्रिया अघि बढाइएको छ । त्यस्तै, गत वर्ष मात्रै टावरहरुमा दुई हजार आठ सयभन्दा बढी नयाँ ब्याट्री थप गरिएको र विद्युत् आपूर्ति अवरुद्ध हुँदा पनि टावर सञ्चालनमा राख्ने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ । विद्युत् आपूर्ति बन्द हुँदा सहरी क्षेत्रमा टावरहरू चारदेखि पाँच घण्टासम्म र दुर्गम क्षेत्रमा आठदेखि १० घण्टासम्म सञ्चालन हुन सक्ने व्यवस्था मिलाइएको टेलिकमको दावी छ । सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाल टेलिकमले सबै क्षेत्रमा सेवा गुणस्तर राम्रो रहेको दाबी गरे पनि नेटवर्कमा समस्या रहेको गुनासो दिनहुँ मन्त्रालयसम्म आइरहेको बताए । सेवाको वास्तविक अवस्था लुकाउनुभन्दा समस्या स्वीकार गरेर सुधारका लागि के गर्नुपर्छ भन्ने स्पष्ट जानकारी दिनुपर्ने उनले जोड दिनुभयो । “सबैतिर गुणस्तर ठीक छ भनिएको छ, तर नेटवर्कमा समस्या छ भन्ने गुनासो मन्त्रालयमा आइरहेको छ । समस्या के हो, सुधारका लागि के गर्नुपर्छ, त्यो स्पष्ट भन्नुपर्छ,” उनले भने । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले सेवा गुणस्तर सुधारका लागि टेलिकम प्रतिबद्ध रहेको बताए । पुराना टावरमा सेवा सुधार गर्ने र नयाँ टावर थप्ने कामबाट नेटवर्कको पहुँच तथा गुणस्तर सुधार भइरहेको उनले जानकारी दिए । टेलिकमले टावरहरूको सेवा गुणस्तर परीक्षण नियमित रूपमा गरिरहेको र नेटवर्कसम्बन्धी समस्या समाधानमा काम भइरहेको उनको भनाइ थियो । नेटवर्क समस्या विद्युत् आपूर्ति अवरुद्ध हुँदा अझ बढी देखिने गरेको नेपाल टेलिकमले जनाएको छ । विद्युत् आपूर्ति प्रभावित हुँदा मोबाइल टावरमा समेत असर पर्ने भएकाले फोन तथा इन्टरनेट सेवा अवरुद्ध हुने गरेको टेलिकमको भनाइ छ । The post नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१२ बजे १२ समाचार : मलेसियामा पैसा पठाउन अनुमति दिने मन्त्रीस्तरीय फाइल गायब, बालेनको भारत भ्रमण कति फरक ?
Latest NewsJust now

१२ बजे १२ समाचार : मलेसियामा पैसा पठाउन अनुमति दिने मन्त्रीस्तरीय फाइल गायब, बालेनको भारत भ्रमण कति फरक ?

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ- १. दलहरुसँग आयोगको छलफल निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश... ...

रातोपाटी
बुढानीलकण्ठमा दर्शनार्थीको घुइँचो
Latest NewsJust now

बुढानीलकण्ठमा दर्शनार्थीको घुइँचो

काठमाडौँ । हरि बोधिनी एकादशीका अवसरमा बुढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको शुत्रबार घुइँचो लागेको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीदेखि कात्तिक शुक्ल पूर्णिमासम्म पाँच दिन बुढानीलकण्ठ मन्दिरमा भक्तजन पूजा, आराधना एवं... ...

रातोपाटी
इँटा उद्योग रूपान्तरण गर्न ६ करोड डलरको कार्बन वित्त जुटाइँदै
Latest NewsJust now

इँटा उद्योग रूपान्तरण गर्न ६ करोड डलरको कार्बन वित्त जुटाइँदै

काठमाडौं – नेपालको परम्परागत इँटा उद्योगलाई आधुनिक तथा वातावरणमैत्री बनाउने उद्देश्यले छ करोड अमेरिकी डलर (करिब रु नौ अर्ब) बराबरको कार्बन वित्त परिचालन गर्ने योजना अघि बढाइएको छ। दिवाकर गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुलास इको ब्रिक्स र जलवायु प्रविधि विकास गर्ने कम्पनी इनोसिएसआरको सहकार्यमा यो कार्यक्रम अघि बढाउन लागिएको हो। दिवाकर गोल्छा अर्गनाइजेसनका निर्देशक हितेश गोल्छाका अनुसार यस योजनाअन्तर्गत आगामी तीन वर्षभित्र मुलुकभरका ३०० ...

नेपालन्युज
बत्तीस जना सहसचिवको सरुवा
Latest NewsJust now

बत्तीस जना सहसचिवको सरुवा

नगेन्द्र सापकोटाकाठमाडौँ, मङ्सिर ४ गते । सरकारले राजपत्राङक्ति प्रथम श्रेणीका सहसचिवहरुको सरुवा गरेको छ । शुुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले विभिन्न सेवा र समूूहमा कार्यारत ३२... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play