Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

नेपाल चिनाउन ‘भिजिट नेपाल’ अभियान सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल चिनाउन ‘भिजिट नेपाल’ अभियान सुरु
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, सम्पदा र पर्यटकीय गन्तव्यलाई विश्वभर चिनाउने उद्देश्यले नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा ‘भिजिट नेपाल’ अभियान सुरु गरिएको छ । शुक्रबार सुरु भएको अभियान सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुनेछ। अभियानमार्फत डिजिटल कन्टेन्ट क्रियटर्स र सामाजिक सञ्जालको उपयोग गरी नेपालको पर्यटन प्रवर्द्धन गरिनेछ । अभियानअन्तर्गत युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाका नौ जना अन्तर्राष्ट्रिय कन्टेन्ट क्रियटर्सले नेपालका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी आफ्ना अनुभव विश्वभर साझा गरिरहेका छन् । उनीहरू अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म नेपालमा रहनेछन् । अभियानमा छुट्टै ह्यासट्याग पृष्ठ सञ्चालन, नेपाली कलाकार तथा स्थानीय सिर्जनाकर्मीसँग सहकार्य र पर्यटकीय गन्तव्यबाट प्रत्यक्ष प्रसारणसमेत गरिनेछ । यसबाट पर्यटन प्रवर्द्धनसँगै स्थानीय व्यवसायी र क्रियटर्सलाई डिजिटल अर्थतन्त्रसँग जोड्ने अपेक्षा गरिएको छ । The post नेपाल चिनाउन ‘भिजिट नेपाल’ अभियान सुरु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाली बजारमा सार्वजनिक भयो चेरी क्यू
Latest NewsJust now

नेपाली बजारमा सार्वजनिक भयो चेरी क्यू

आधुनिक प्रविधि, प्रिमियम आराम र अत्याधुनिक सुरक्षा सुविधासहित बजारमा ल्याइएको चेरी क्यूले नेपालको विद्युतीय सवारीसाधन बजारमा नयाँ विकल्प थप्ने कम्पनीको अपेक्षा छ। ...

कान्तिपुर
नेपाल प्रिमियर लिग : पोखराको लगातार चौथो हार,प्लेअफको सम्भावना न्यून
Latest NewsJust now

नेपाल प्रिमियर लिग : पोखराको लगातार चौथो हार,प्लेअफको सम्भावना न्यून

• चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गर्दै नेपाल प्रिमियर लिगमा जीत हासिल गर्यो। • पोखरा १९ ओभरमा १२१ रनमा समेटिएको छ, जबकि चितवनले १५१ रन बनाएको थियो। • पोखराको लगातार चौथो हारपछि प्लेअफमा पुग्ने सम्भावना न्यून भएको छ। ...

नेपालबहस
स्थानीय तहकै पहलमा बर्दियाबाट फुर्केखोला ल्याइयो पेन्टुन ब्रिज, तस्बिरहरू
Latest NewsJust now

स्थानीय तहकै पहलमा बर्दियाबाट फुर्केखोला ल्याइयो पेन्टुन ब्रिज, तस्बिरहरू

धादिङ। धादिङका आठ वटा पालिकालाई पृथ्वी राजमार्गसँग जोड्ने मलेखुस्थित फुर्केखोलाको पक्की पुल भदौ १० गतेको भोटेकोशी बाढीले बगाएपछि पन्टुन ब्रिज (तैरिने पुल) जडान गर्ने तयारी छ । संघ सरकारले लामो पुल... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play