Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

नेपाली यू-१९ महिला टोलीले भारतमा त्रिकोणात्मक शृंखला खेल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली यू-१९ महिला टोलीले भारतमा त्रिकोणात्मक शृंखला खेल्ने
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोलीले भारतमा आयोजना हुने त्रिकोणात्मक टी–२० शृंखला खेल्ने भएको छ । प्रतियोगितामा नेपालसँगै भारतका दुई टोली भारत यू–१९ ‘ए’ र भारत यू–१९ ‘बी’ सहभागी हुनेछन् । भारतको बेङ्गलुरुस्थित भारतीय क्रिकेट कन्ट्रोल बोर्डको एक्सलेन्स सेन्टरमा नोभेम्बर १० देखि २२ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि भारतले आफ्ना दुवै टोली घोषणा गरिसकेको छ । प्रतियोगिता सन् २०२७ मा बंगलादेश र नेपालमा आयोजना हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारीका रूपमा आयोजना गर्न लागिएको हो । शृंखलामा नेपालले नोभेम्बर १२ मा भारत ‘बी’ र नोभेम्बर १४ मा भारत ‘ए’ सँग खेल्नेछ। त्यसपछि नोभेम्बर १८ मा भारत ‘बी’ र नोभेम्बर २० मा भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको फाइनल नोभेम्बर २२ मा हुनेछ । यू–१९ महिला टी–२० विश्वकपको तयारीमा रहेको नेपाली यू-१९ महिला टिमले हालै थाइल्याण्ड र चीन सम्मिलित बेल्ट एण्ड रोड सिरिज जितेको थियो । The post नेपाली यू-१९ महिला टोलीले भारतमा त्रिकोणात्मक शृंखला खेल्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्वदेश फर्किन हसिनाले दिइन् राहदानी आवेदन, बंगलादेश भन्छ- अपराधीलाई फिर्ता ल्याउन पासपोर्ट चाहिँदैन
Latest NewsJust now

स्वदेश फर्किन हसिनाले दिइन् राहदानी आवेदन, बंगलादेश भन्छ- अपराधीलाई फिर्ता ल्याउन पासपोर्ट चाहिँदैन

काठमाडौं- भारतमा बस्दै आएकी बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्किन नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र (एनआईडी) बनाउन दिल्लीस्थित बंगलादेश उच्च आयोगमा आवेदन दिएकी छन् । बंगलादेशमा प्रतिबन्धित अवामी लिगका केही नेताहरूले यसबारे पुष्टि गरेका छन् । अवामी लिगका नेताहरूले बीबीसी बंगलालाई बताएअनुसार शेख हसिनाले लन्डनस्थित कानुनी संस्था म्याट्रिक्स चेम्बर्समार्फत यो आवेदन दिएकी हुन् । लन्डनस्थित कानुनी संस्था म्याट्रिक्स चेम्बर्सका वकिलहरूले आवेदनमा ...

विश्वखबर
सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो कटनुखोला पुल
Latest NewsJust now

सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो कटनुखोला पुल

विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा विकास आयोजना तोकिएको समयभन्दा १० महिनाअगावै सम्पन्न भएको छ । रतुवामाई–८ स्थित जनता बाँध क्षेत्रमा पर्ने ‘डाम्राभित्ता बजार पूर्व भुल्काडोवा जोड्ने बाटो’अन्तर्गत कटनुखोला पुल निर्माणको... ...

रातोपाटी
चाडपर्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन काफ्लेको निर्देशन
Latest NewsJust now

चाडपर्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन काफ्लेको निर्देशन

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले तिहार तथा छठ पर्वका समयमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्... ...

रातोपाटी
२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृहको निर्देशन
Latest NewsJust now

२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृहको निर्देशन

७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मन्त्रालयले स्वेच्छिक र मर्यादित रूपमा देउसी–भैलो सञ्चालन गर्न तथा कसैलाई चन्दा वा दक्षिणा दिन बाध्य नपार्न निर्देशन दिएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play