Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

‘नेपाली डायस्पोराका समस्या समाधान सरकारको प्राथमिकतामा छन्’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘नेपाली डायस्पोराका समस्या समाधान सरकारको प्राथमिकतामा छन्’
Photo / Coverage: नेपालन्युज

काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनालले तुर्किएलगायत विदेशमा बसोबास तथा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन्। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुने क्रममा टर्किएको अन्ताल्यामा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) तुर्किएका अध्यक्ष विनोद पौडेलसँग भएको भेटवार्ता तथा छलफलका क्रममा परराष्ट्रमन्त्री खनालले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। एनआरएनए एनसिसी तुर्किएका अध्यक्ष पौडेलले परराष्ट्रमन्त्री खनालसमक्ष विभिन्न विषय समेटिएको ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र ग्रहण गर्दै परराष्ट्रमन्त्रीले विदेशमा रहेका नेपाली समुदायका समस्या तथा गुनासालाई समयमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ। उनले नेपाली नागरिकलाई प्रभावकारी र सहज कन्सुलर सेवा उपलब्ध गराउने, उनीहरूका गुनासा समयमै सुनुवाइ गर्ने तथा विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे। यसैगरी, कोप–३१ मा नेपाली प्रतिनिधि मण्डलको सहभागिताका क्रममा आवश्यक समन्वय र सहजीकरण गरेकामा इस्लामावाद, कायरोस्थित नेपाली नियोग तथा एनआरएनए एनसिसी तुर्किएको टोलीलाई परराष्ट्रमन्त्री खनालले धन्यवाद व्यक्त गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्पेनमा नजिकिँदै निर्वाचन, सर्वेक्षणले प्रधानमन्त्री सान्चेजलाई तनाव
Latest NewsJust now

स्पेनमा नजिकिँदै निर्वाचन, सर्वेक्षणले प्रधानमन्त्री सान्चेजलाई तनाव

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले गत महिना आकस्मिक आमनिर्वाचन घोषणा गर्दा उनलाई लागेको थियो, ‘आवास सङ्कटप्रतिको आक्रोश र दक्षिणपन्थी अतिवादी शक्तिको उदयप्रतिको चिन्ताले वामपन्थी मतदाता उनको समाजवादी पार्टीको पक्षमा... ...

रातोपाटी
एआई नीतिबारे छलफल गर्दै ईयू नेता
Latest NewsJust now

एआई नीतिबारे छलफल गर्दै ईयू नेता

काठमाडाैँ । कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विकाससँगै त्यसबाट प्राप्त हुने अवसर उपयोग र सम्भावित जोखिम न्यूनीकरण गर्ने नीति तय गर्न युरोपेली सङ्घ (इयु) का नेताहरूले शुक्रबार पहिलोपटक डब्लिनमा छलफल... ...

रातोपाटी
छठ पर्वका सामग्री किन्न बजारमा लाग्न थाल्यो भीड
Latest NewsJust now

छठ पर्वका सामग्री किन्न बजारमा लाग्न थाल्यो भीड

काठमाडौं । छठ पर्वका लागि चाहिने केरा, नरिवल, उखु लगायतका सामग्री किन्न काठमाडौं उपत्यकाका विभिन्न बजारमा भीड लागेको छ । छठ पर्वको मुख्य दिन नजिकिदै जाँदा काठमाडौंको कालीमाटी, कुलेश्वर लगाएतका स्थानमा छठ पर्वका लागि किनमेल गर्नेहरुको घुँइचो लागेको हो । छठका लागि विशेष रुपमा चाहिने केरा र नरिवल जस्ता सामग्री स्वदेशमा नै उपलब्ध भएपनि उखु लगायत अन्य फलफूल भने भारत लगाएतका ...

केन्द्रबिन्दु
रामेछापका नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडानको तयारी
Latest NewsJust now

रामेछापका नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडानको तयारी

सम्भावित हिमताल विस्फोटबाट तामाकोशी र सुनकोशी तटीय बस्ती जोगाउन प्रशासनले पूर्वसूचना प्रणाली जडानका लागि सम्बन्धित निकायसँग पहल थालेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play