Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

नेपाल–श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित
Photo / Coverage: टक्सार

काठमाडौं। नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गर्नुका साथै नेपाल–श्रीलंका व्यापार, पर्यटन तथा आर्थिक सम्बन्ध विस्तारमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ। साधारणसभाबाट राजेश काजी श्रेष्ठलाई मानार्थ सदस्य तथा विजयबहादुर श्रेष्ठलाई निवर्तमान अध्यक्षको जिम्मेवारी दिइएको छ। प्रदीप लाल श्रेष्ठ वरिष्ठ उपाध्यक्ष तथा चंकी छेत्री र सुदेश उपाध्याय उपाध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै, शिवांगी शाह महासचिव, अभिषेक अग्रवाल कोषाध्यक्ष तथा मनिष राजभण्डारी र सुनिता सिंह सचिवमा निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमिति सदस्यमा राजेश शाक्य, धिरज कार्की, सुमन श्रेष्ठ, रञ्जन खड्का, रश्मि जोशी, सुधीर अग्रवाल, विवेक झा, सुमेध शाक्य, रिकेन महर्जन र नवराज बजगाई रहेका छन्। जय देवान र डा. हरिलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ। साधारणसभामा नेपालका लागि श्रीलंकाका राजदूत रुवान्थी डेल्पिटियाले दुई देशबीच व्यापारिक सम्बन्ध विस्तार गर्न व्यावसायिक प्रतिनिधिमण्डल आदानप्रदान, व्यापार मेला, प्रदर्शनी तथा व्यवसायीबीच प्रत्यक्ष भेटघाटलाई प्रभावकारी बनाउनुपर्ने बताइन्। उनले दुई देशका व्यवसायीबीच नियमित संवाद, बजारसम्बन्धी सूचना आदानप्रदान तथा लगानीका अवसर पहिचान गर्न संस्थागत संयन्त्र विकास गर्नुपर्ने बताइन्। व्यापार, लगानी, पर्यटन तथा नवप्रवर्तनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्न श्रीलंका दूतावासले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्। राजदूत डेल्पिटियाले आगामी जनवरी १४ देखि १७ सम्म श्रीलंकामा आयोजना हुने ‘एक्स्पो २०२७’ मा नेपाली व्यवसायीलाई सहभागी हुन आग्रह गर्दै ३३ भन्दा बढी नेपाली खरिदकर्ता अनलाइनमार्फत दर्ता भइसकेको जानकारी दिइन्। श्रीलंकाका लागि नेपालका राजदूत नियुक्त डा. मञ्चला कुमारी झाले नेपाल र श्रीलंकाबीच लामो समयदेखि कायम कूटनीतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई बलियो आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताइन्। सन् १९५७ मा स्थापित कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउँदै व्यापार, पर्यटन, लगानी, शिक्षा तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ थियो। आर्थिक कूटनीति, व्यावसायिक प्रतिनिधिमण्डल, प्रदर्शनी तथा व्यवसायीबीच प्रत्यक्ष भेटघाटमार्फत दुई देशबीचको सम्बन्धलाई ठोस आर्थिक उपलब्धिमा रूपान्तरण गर्न सकिने उनले बताइन्। चेम्बरका मानार्थ सदस्य डा. राजेश काजी श्रेष्ठले नेपाल र श्रीलंकाबीच व्यापार, पर्यटन तथा व्यावसायिक सम्बन्ध विस्तारका लागि व्यापार मेला, प्रदर्शनी र संस्थागत सञ्जाललाई प्रभावकारी बनाउनुपर्ने बताए। नेपाली अर्गानिक चिया, हस्तकला, परम्परागत कला, मूर्ति, थाङ्का, खाद्य उत्पादन, पत्थर तथा गरगहनालगायत नेपाली उत्पादनलाई श्रीलंकासहित अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सकिने सम्भावना रहेको उनले बताए। नेपाल–श्रीलंका चेम्बर, नेपाल चेम्बर अफ कमर्स, जिल्ला तथा वस्तुगत चेम्बर, व्यवसायिक संघसंस्था र निजी क्षेत्रबीच समन्वय बढाएर व्यावसायिक प्रतिनिधिमण्डल आदानप्रदान तथा बजार सम्पर्क विस्तार गर्नुपर्नेमा उनले जोड दिए। चेम्बरका निवर्तमान अध्यक्ष विजयबहादुर श्रेष्ठले नेपाल र श्रीलंकाबीचको पुरानो व्यापारिक, सांस्कृतिक तथा व्यावसायिक सम्बन्धलाई थप विस्तार गर्नुपर्ने बताए। विभिन्न समझदारी तथा व्यापारिक संवाद हुँदै आए पनि द्विपक्षीय व्यापार अपेक्षाकृत न्यून रहेको उल्लेख गर्दै उनले व्यापार विस्तारका लागि ठूलो सम्भावना रहेको बताए। श्रीलंका नेपाली पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने उल्लेख गर्दै उनले पर्यटन प्रवर्द्धन, व्यावसायिक आदानप्रदान तथा संस्थागत सहकार्यलाई निरन्तरता दिनुपर्ने बताए। साधारणसभाका अवसरमा नेपाल–श्रीलंका व्यापार, पर्यटन तथा व्यावसायिक सम्बन्धमा योगदान पुर्‍याएका व्यक्तित्वलाई विभिन्न सम्मान प्रदान गरिएको थियो। राजेश काजी श्रेष्ठलाई ‘आउटस्ट्यान्डिङ सपोर्ट अनर’, जय देवानलाई ‘टुरिजम एक्सिलेन्स अवार्ड’ तथा चंकी छेत्रीलाई ‘बिजनेस एन्ड ट्रेड एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको थियो। साधारणसभाले नेपाल र श्रीलंकाबीच जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा पूर्वाधार क्षेत्रमा लगानी सहकार्य विस्तार गर्ने सम्भावनाका साथै बौद्ध धार्मिक पर्यटन, संयुक्त पर्यटन प्याकेज तथा सम्पर्क सञ्जाल सुधारमा सहकार्य अघि बढाउने विषयमा जोड दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चौरासी पूजाको खर्चबाट आश्रमलाई दुई लाख ६५ हजार सहयोग
Latest NewsJust now

चौरासी पूजाको खर्चबाट आश्रमलाई दुई लाख ६५ हजार सहयोग

• गैँडाकोट–१६ अमरापुरीकी श्यामकला सापकोटाले चौरासी पूजाको खर्चबाट रु दुई लाख ६५ हजार मानव सेवा आश्रमलाई सहयोग गर्नुभएको छ। • उहाँले श्रीमान्को स्मृतिमा आश्रममा आश्रितको भोजन र सेवा व्यवस्थापनका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको हो। • सापकोटाले आजीवन वार्षिक भोजन सेवा सदस्यता पनि ग्रहण गरेर आश्रमको सेवा अभियानमा दीर्घकालीन योगदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ। ...

नेपालबहस
पर्यटक ठगी गरेको आरोपमा ठमेलका २२ जना व्यवसायीमाथि कारबाही
Latest NewsJust now

पर्यटक ठगी गरेको आरोपमा ठमेलका २२ जना व्यवसायीमाथि कारबाही

जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ। जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी, ठमेल पर्यटन विकास परिषद्ले गएराति संयुक्त रुपमा ठमेल क्षेत्रमा गरेको अनुगमनमा पर्यटकलाई ठगी गर्नेलाई कारबाही गरेको हो। अनुगमनका क्रममा ठूला आवाजमा सङ्गित बजाएर सञ्... ...

नेपालखबर
प्रधानमन्त्रीको भारत भ्रमणमा भएका समझदारीले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमणमा भएका समझदारीले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आइतबार र सोमबार भएको २ दिने भारतको राजकीय भ्रमणमा भएका समझदारीले नेपालमा पर्यटन विकासमा सकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीहरुले जनाएका छन् । प्रधानमन्त्रीको भ्रमण दलमा विजनेश डेलिगेसनको सदस्यको रुपमा सम्मिलित होटल संघ नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे र नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरतजंग पाण्डेद्वाराजारी ...

नेपालन्युज
रोमानियामा काम र तलब नपाएपछि नेपाली श्रमिक आन्दोलित
Latest NewsJust now

रोमानियामा काम र तलब नपाएपछि नेपाली श्रमिक आन्दोलित

काठमाडौँ । युरोपको आकर्षक रोजगारी र बसाईको सपना बोकेर रोमानिया पुगेका नेपाल श्रमिक सम्झौताअनुसार काम, पारिश्रमिक र सेवा–सुविधा नपाएको भन्दै आन्दोलित भएका छन् । नेपालबाट प्रतिव्यक्ति १० देखि १२ लाख रुपैयाँसम्म खर्च... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement