Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

नेपाललाई विशेष जलवायु वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाललाई विशेष जलवायु वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले
Photo / Coverage: नेपालन्युज

टर्किए।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) अन्तर्गत आज नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण आर्थिक भार : जलवायुजन्य आघातपछि ऋण, ऋण मूल्याङ्कन तथा मुद्राको अवस्था र आवश्यक सहयोग प्याकेजको स्वरूप’ विषयक छलफलमा उनले जलवायुजन्य विपद्को आर्थिक भार नेपालले एक्लै वहन गर्न नसक्ने बताए। उनले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणका लागि स्रोत जुटाउन सरकारले अन्य विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नुपरेको उल्लेख गर्दै त्यसको प्रत्यक्ष असर विद्यालय तथा अस्पताल निर्माण, सामाजिक सुरक्षा र अन्य विकासका कार्यक्रममा परेको बताए। अर्थमन्त्री वाग्लेले विपद्का बेला भारत, चीन, बेलायत, अमेरिका, युरोपेली संघ तथा मध्यपूर्व र खाडी क्षेत्रका मुलुकले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे। उनले जलवायुजन्य क्षति तथा हानिनोक्सानी कोषबाट नेपालले पहिलो पटक करिब दुई करोड अमेरिकी डलर अनुदान प्राप्त गरेको उल्लेख गर्दै उक्त सहयोग स्वागतयोग्य भए पनि जोखिममा रहेका मुलुकको आवश्यकताको तुलनामा कोषमा उपलब्ध स्रोत निकै न्यून रहेको बताए। नेपालको करिब ५० प्रतिशत भूभाग वनले ढाकेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पाकिस्तानमा लडाकुहरूको आक्रमणमा १० प्रहरीको मृत्यु
Latest NewsJust now

पाकिस्तानमा लडाकुहरूको आक्रमणमा १० प्रहरीको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा बुधबार लडाकुहरूले प्रहरीका सवारी साधनलाई लक्षित गरी आक्रमण गरेका छन् । त्यसपछि भएको गोली हानाहानमा कम्तीमा १० प्रहरीको मृत्यु भएको अधिकारीले जनाएका छन् । स्थानीय प्रहरी... ...

रातोपाटी
युद्धले घेरिएको इजरायलको सत्ता
Latest NewsJust now

युद्धले घेरिएको इजरायलको सत्ता

इजरायलमा सत्ता परिवर्तनको सम्भावना बढिरहेका बेला इरानसँगको युद्धले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई राजनीतिक रूपमा कमजोर बनाएको छ। अमेरिकामा डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा बेहोरेको पराजय र वासिङ्टनको बदलिँदो राजनीतिक प्राथमिकताले उनको भविष्यलाई थप अनिश्चित बनाएको छ। नेतान्याहुको राजनीतिक भविष्य र मध्यपूर्वको स्थायित्व अहिले एउटै राजनीतिक समीकरणका अलग प्रश्न बनेका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका लागि अहिलेको सबैभन्दा ठूलो चुनौती इरानको सैन्य ...

नेपालन्युज
नेपाली बैंकिङका ७ घुम्ती : मोनिटाइजेसन टू डिजिटाइजेसन
Latest NewsJust now

नेपाली बैंकिङका ७ घुम्ती : मोनिटाइजेसन टू डिजिटाइजेसन

काठमाडौं । आज कुनै पनि नेपाली नागरिकले हातको स्मार्टफोनमा एकाध पटक औँला चलाएर सेकेन्डभरमै लाखौँ रुपैयाँ रकमान्तर गर्न सक्छ । कुनै पसलमा सामान किन्दा क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्नु... ...

रातोपाटी
बालगृहका बालबालिकाले सामूहिक रूपमा मनाए भाइटीका
Latest NewsJust now

बालगृहका बालबालिकाले सामूहिक रूपमा मनाए भाइटीका

म्याग्दी । यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play