Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । विपद्को समयमा नागरिकसम्म छिटो, सरल र प्रभावकारी रूपमा पूर्वसूचना पुर्‍याई जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको पहिलो चरणको प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ। माननीय गृहमन्त्री सुदन गुरुङ तथा माननीय सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको समुपस्थितिमा नेपाल टेलिकमको बलम्बुस्थित प्राविधिक परीक्षण भवनमा साँझ ठीक ६ बजे उक्त प्रणालीको सफल परीक्षण गरिएको हो। नेपालकै दक्ष प्राविधिक जनशक्तिद्वारा स्वदेशमै विकास गरिएको यो प्रविधि विपद् पूर्वसूचना प्रणालीको सुदृढीकरणमा महत्त्वपूर्ण उपलब्धि हो। यस प्रविधिमार्फत इन्टरनेटको आवश्यकता बिना निश्चित भौगोलिक क्षेत्रका मोबाइल फोनहरूमा एकैपटक आपत्कालीन सूचना प्रवाह गर्न सकिन्छ। हाल सीमित प्राविधिक वातावरणमा सम्पन्न प्रारम्भिक परीक्षण सफल भएसँगै आगामी चरणमा पोखरामा एनसेलको सञ्जालमार्फत परीक्षण गरिनेछ। त्यसपछि क्रमशः देशभर व्यापक परीक्षण सञ्चालन गरी प्रणालीलाई राष्ट्रिय स्तरमा कार्यान्वयन गर्ने लक्ष्य रहेको छ। नेपालजस्तो बहुविपद् जोखिमयुक्त मुलुकमा नागरिकको जीवनरक्षाका लागि स्वदेशमै विकसित यस प्रविधिले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गृह मन्त्रालयले लिएको छ। यस महत्त्वपूर्ण उपलब्धिमा योगदान पुर्‍याउने सम्पूर्ण नेपाली प्राविधिक जनशक्ति, सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई गृह मन्त्रालय हार्दिक धन्यवाद व्यक्त गर्दछ। The post नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पोचेटिनोको बिर्सनलायक सुरुआत
Latest NewsJust now

पोचेटिनोको बिर्सनलायक सुरुआत

इंग्लिस प्रिमियर लिगको आइतबार रातिको खेलमा लिभरपुलको हातबाट युनाइटेड ४–० ले नमज्जासँग पराजित रह्यो । जाभी अलोन्सोको चेल्सी पनि राम्रो लयमा छैन, न त एन्जो मारेस्काको म्यानचेस्टर सिटी नै । ...

कान्तिपुर
पहिलो भेटमा प्रधानमन्त्रीहरू मोदी र बालेन शाहबीचको आपसी सम्बन्ध कस्तो देखियो?
Latest NewsJust now

पहिलो भेटमा प्रधानमन्त्रीहरू मोदी र बालेन शाहबीचको आपसी सम्बन्ध कस्तो देखियो?

PMO/X झन्डै २५ घण्टा लामो भ्रमणमा आइतवार दिल्ली ओर्लिएका बालेन्द्र शाहलाई सोमबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमा अङ्कमालसहित स्वागत गरेका थिए।हैदरावाद हाउसमा भेटवार्ताको सुरूमा नै उनले संयुक्त राष्ट्रसङ्घको महासभामा ...

बीबीसी नेपाली
रेग्मी र बानियाँलाई तारानाथ–धनेश्वरी स्मृति पुरस्कार
Latest NewsJust now

रेग्मी र बानियाँलाई तारानाथ–धनेश्वरी स्मृति पुरस्कार

• तारानाथ–धनेश्वरी स्मृति प्रतिष्ठानले साहित्यकार रेखाकौशल रेग्मी र पत्रकार प्रताप बानियाँलाई पुरस्कार प्रदान गरेको छ। • समारोहमा आठ विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ, जसमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू समावेश छन्। • प्रतिष्ठानले शिक्षा, पत्रकारिता, साहित्य र सङ्गीत विधालाई समेटेर रु १५ लाखको अक्षयकोष स्थापना गरेको थियो। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement