Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

नेपालमा सर्वाधिक कमाउने विदेशी चलचित्र बन्यो ‘रामायण’, उछिन्यो ‘पुष्पा २’ लाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालमा सर्वाधिक कमाउने विदेशी चलचित्र बन्यो ‘रामायण’, उछिन्यो ‘पुष्पा २’ लाई
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । रणवीर कपूर, साई पल्लवी र यश अभिनीत भारतीय फिल्म ’रामायण’ ले नेपाली बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ। फिल्मले अल्लु अर्जुन अभिनीत ’पुष्पा २: द रूल’ लाई पछि पार्दै नेपालमा सर्वाधिक कमाइ गर्ने विदेशी फिल्मको कीर्तिमान बनाएको हो। नेपालमा फिल्मको वितरक एप्पल इन्टरटेन्मेन्टका अनुसार ’रामायण’ ले सोमबार रातिसम्म नेपालमा २६ करोड ५० लाख रूपैयाँको आँकडा पार गरिसकेको छ। ’२६ करोड ५० लाख रूपैयाँको आँकडा हिजो नै पार गरिसक्यो,’ एप्पल इन्टरटेन्मेन्टकी कार्यकारी निर्देशक विपश्यना श्रेष्ठले भनिन्। यसअघि नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्मको रेकर्ड ’पुष्पा २’ को नाममा थियो। सार्वजनिक विवरण अनुसार उक्त फिल्मले नेपालमा २६ करोड ४६ लाख रूपैयाँ कमाएको थियो। ’रामायण’ ले प्रदर्शनको तीन साताभन्दा कम समयमै यो उपलब्धि हासिल गरेको हो। यससँगै फिल्मले ’बाहुबली २’, ’केजीएफ च्याप्टर २’ र ’आरआरआर’ जस्ता ब्लकबस्टर फिल्मलाई पनि पछि पारेको छ। नेपालमा सर्वाधिक कमाइ गर्ने विदेशी फिल्मको सूचीमा अब ’रामायण’ पहिलो स्थानमा छ। दोस्रो स्थानमा ’पुष्पा २’, तेस्रोमा ’बाहुबली २’, चौथोमा ’केजीएफ च्याप्टर २’ र पाँचौं स्थानमा ’आरआरआर’ छन्। नितेश तिवारी निर्देशित ’रामायण’मा रणवीर कपूरले राम, साई पल्लवीले सीता र यशले रावणको भूमिका निर्वाह गरेका छन्। रवि दुबेसहित अन्य चर्चित कलाकारहरूको समेत अभिनय छ। नेपालमा नयाँ रेकर्ड बनाएको फिल्मले विश्वव्यापी बक्स अफिसमा पनि ठूलो कमाइ गरेको छ। ’रामायण’ नेपालमा पनि एकै दिनदेखि प्रदर्शनमा आएको थियो। The post नेपालमा सर्वाधिक कमाउने विदेशी चलचित्र बन्यो ‘रामायण’, उछिन्यो ‘पुष्पा २’ लाई appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
औद्योगिक विकासका लागि विश्वव्यापी साझेदारी सुदृढ पार्न युनिडोको आव्हान
Latest NewsJust now

औद्योगिक विकासका लागि विश्वव्यापी साझेदारी सुदृढ पार्न युनिडोको आव्हान

औद्योगिक र विकासशील देशहरूबीचको विकासको खाडललाई पुर्न सहकार्यमा आधारित नयाँ साझेदारी निर्माण गर्न आग्रह ...

कान्तिपुर
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु
Latest NewsJust now

दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु

सिराज खानबाँके, मङ्सिर ८ गते । दसौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पौडी प्रतियोगिता मङ्गलबारदेखि नेपालगन्जस्थित रङ्गशालाको पौडी पोखरीमा सुरु भएको छ । चार दिनसम्म सञ्चालन ह... ...

गोरखापत्र
खरिद नियमावली १६ औं संशोधनअनुसार प्रक्रिया अघि बढाउन सुनकोशी–मरिणको ठेक्का रद्ध गरिएको होः महानिर्देशक रजौरिया
Latest NewsJust now

खरिद नियमावली १६ औं संशोधनअनुसार प्रक्रिया अघि बढाउन सुनकोशी–मरिणको ठेक्का रद्ध गरिएको होः महानिर्देशक रजौरिया

काठमाडाैँ । जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक दिनेश रजौरियाले सार्वजनिक खरिद नियमावली, २०६४ को १६ औँ संशोधनअनुसार खरिद प्रक्रिया अघि बढाउन सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बोलपत्र रद्ध गर्ने निर्णय गरिएको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा आयोजनाको ठेक्का प्रक्रिया तथा बोलपत्र रद्ध गर्ने निर्णयबारे जानकारी दिँदै रजौरियाले प्रचलित कानूनी व्यवस्था पालना, पारदर्शिता र प्रतिष्पर्धात्मक खरिद प्रक्रिया ...

टक्सार
दुई वर्षपछि भेरी अस्पतालमा न्यूरो तथा प्लास्टिक सर्जरी सेवा पुनः सुरु
Latest NewsJust now

दुई वर्षपछि भेरी अस्पतालमा न्यूरो तथा प्लास्टिक सर्जरी सेवा पुनः सुरु

• भेरी अस्पताल, नेपालगञ्जमा न्यूरो सर्जरी र प्लास्टिक सर्जरी सेवा पुनः सञ्चालनमा आएको छ। • बिरामीहरूले अब आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्। • अस्पतालले आधुनिक निदानात्मक उपचार र विशेषज्ञ सेवाहरूलाई एकीकृत गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement