Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई महासंघ अध्यक्ष श्रेष्ठको आह्वान

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई महासंघ अध्यक्ष श्रेष्ठको आह्वान
Photo / Coverage: पर्दाफास

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठले नेपालमा लगानी, संयुक्त उद्यम र व्यावसायिक सहकार्यका अवसर उपयोग गर्न भारतीय उद्योगी व्यवसायीलाई आह्वान गरेका छन् । उनले नेपालमा लगानीको वातावरण सुधार गर्न सरकारले नीतिगत तथा कानुनी सुधार अघि बढाएको उल्लेख गर्दै भारतीय निजी क्षेत्रको लगानी वृद्धि गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (सीआईआई) को संयुक्त आयोजनामा नयाँ दिल्लीमा भएको नेपाल–भारत आर्थिक तथा व्यावसायिक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले दुई देशबीचको सम्बन्धलाई व्यापार, लगानी र आर्थिक सहकार्यका माध्यमबाट नयाँ उचाइमा पु¥याउनुपर्ने बताए । उनका अनुसार भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको प्रमुख स्रोत हो । गत वर्ष नेपाल र भारतबीच करिब ९ अर्ब ४० करोड अमेरिकी डलर बराबरको व्यापार भएको थियो । नेपालको कुल निर्यातको ८० प्रतिशतभन्दा बढी भारततर्फ हुने गरेको र कुल वैदेशिक प्रत्यक्ष लगानीमा भारतीय लगानीको हिस्सा करिब एकतिहाइ रहेको उनले जानकारी दिए । यति घनिष्ठ आर्थिक सम्बन्ध हुँदाहुँदै पनि नेपालमा भारतीय निजी क्षेत्रको लगानी अपेक्षाअनुसार आउन नसकेको उनको भनाइ थियो । सरकारले विदेशी लगानीका लागि १०२ उद्योगमा स्वचालित स्वीकृतिको व्यवस्था र एकद्वार सेवा केन्द्र सञ्चालन गरेको उनले बताए । त्यस्तै, ५९ वटा ऐनका करिब ५०० दफामा संशोधन प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उनले लगानीको वातावरण थप सहज बनाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे । सरकारले लगानीसम्बन्धी कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि पहल भइरहेको बताए । नेपालमा लगानी गरिरहेका भारतीय कम्पनीलाई समेत लगानी विस्तार गर्न उनले आग्रह गरे । भारतीय उद्योग राज्यमन्त्री जितिन प्रसादले नेपालको आर्थिक विकासमा भारत सकारात्मक रहेको उल्लेख गर्दै नेपालका विभिन्न क्षेत्रमा भारतीय लगानीका अवसर रहेको बताए । व्यापारका अवरोध हटाउन सात क्षेत्रमा सहकार्यको प्रस्ताव अध्यक्ष श्रेष्ठले नेपाल–भारत आर्थिक साझेदारी विस्तारका लागि व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा, लगानी र प्रविधि गरी सात क्षेत्रमा सहकार्य आवश्यक रहेको बताए । नेपाली उत्पादनको भारतीय बजारमा पहुँच विस्तार, दुवै देशका गुणस्तर प्रमाणीकरण निकायबीच पारस्परिक मान्यता र भारतीय बन्दरगाह तथा रेल सेवाको प्रभावकारी उपयोग गर्नुपर्ने उनको सुझाव थियो । भैरहवा, नेपालगञ्ज र दोधारा–चाँदनीलाई व्यापारिक तथा लजिस्टिक हबका रूपमा विकास गर्नुपर्नेमा पनि उनले जोड दिए । त्यस्तै, अयोध्या–जनकपुर रेल सेवा, सीमावर्ती जाँच चौकीसम्म रेल सम्पर्क, भैरहवा र पोखरामा थप हवाई उडान तथा डिजिटल भुक्तानी प्रणाली विस्तार गर्नुपर्ने उनले बताए । द्रुतमार्ग, विमानस्थल, औद्योगिक पार्क र सहरी पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारीलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो । ऊर्जा, पर्यटन र कृषिमा लगानीको अवसर नेपालमा ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै श्रेष्ठले आगामी १० वर्षमा भारतसँग १० हजार मेगावाट विद्युत् व्यापार गर्ने सहमति कार्यान्वयन गर्नुपर्ने बताए । पर्यटन, कृषि प्रशोधन, औषधि, सिमेन्ट र सूचना प्रविधिलाई भारतीय लगानीका सम्भावनायुक्त क्षेत्रका रूपमा प्रस्तुत गर्दै उनले संयुक्त लगानीमार्फत प्रविधि हस्तान्तरण र नेपाली जनशक्तिको क्षमता विकासमा सहकार्य गर्न आग्रह गरे । उनले नेपालबाट भारततर्फ हुने निर्यातमा देखिएका अवरोधसमेत उठाए । नेपाली जुट उत्पादनमा भारतले लगाउँदै आएको एन्टी डम्पिङ शुल्क र प्रस्तावित काउन्टरभेलिङ शुल्कले पूर्वी नेपालका किसान तथा श्रमिकको रोजगारीमा असर पार्ने उनको भनाइ थियो । त्यस्तै, नेपाली स्टिलमा भारतले सेफगार्ड ड्युटी लगाएपछि गत आर्थिक वर्षमा भारततर्फको स्टिल निर्यात ६० प्रतिशतभन्दा बढीले घटेको उनले जानकारी दिए । भारतीय मानक ब्युरो (बीआईएस) को प्रमाणीकरण प्रक्रियामा सुधार भए पनि प्रमाणपत्र नवीकरणमा हुने ढिलाइ र कच्चा पदार्थको प्रमाणीकरणसम्बन्धी जटिलता कायम रहेको उनले बताए । यी समस्या समाधानका लागि एफएनसीसीआई र सीआईआईबीच व्यापार उपचार तथा गुणस्तर मापदण्डसम्बन्धी संयुक्त कार्यदल गठन गरी दुवै देशका सरकारलाई साझा सुझाव दिनुपर्ने प्रस्ताव पनि उनले राखे । नेपाल–भारत व्यापार विस्तारका लागि सुरक्षित तथा व्यवस्थित सीमा प्रणाली, कार्गो ट्र्याकिङ, सिलबन्दी र समयमै भन्सार जाँचपास सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए । निजी लगानी संरक्षण तथा प्रवद्र्धन रणनीतिले कम्तीमा पाँच वर्षसम्म नीतिगत स्थिरता र लगानीको कानुनी तथा भौतिक सुरक्षा सुनिश्चित गर्ने उनको भनाइ थियो । भारतले सन् २०४७ सम्म विकसित राष्ट्र बन्ने र नेपालले आगामी पाँचदेखि सात वर्षभित्र १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखेको उल्लेख गर्दै श्रेष्ठले दुवै देशका आर्थिक लक्ष्य हासिल गर्न निजी क्षेत्रबीचको सहकार्य महत्त्वपूर्ण हुने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
फेदीखोला गण्डकीका ८५ पालिकामध्ये शिक्षा क्षेत्रमा उत्कृष्ट
OthersJust now

फेदीखोला गण्डकीका ८५ पालिकामध्ये शिक्षा क्षेत्रमा उत्कृष्ट

७ मंसिर, स्याङ्जा । शिक्षा क्षेत्रको कार्यसम्पादनका आधारमा स्याङ्जाको फेदीखोला गाउँपालिका गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये उत्कृष्ट घोषित भएको छ । शैक्षिक नेतृत्व, गुणस्तर सुधार, नवप्रवर्तन, संस्थागत विकास र नतिजामुखी कामका आधारमा गाउँपालिकाले राष्ट्रिय स्तरको सम्मान पाएको हो । प्रधानाध्यापक सङ्घ नेपालले जनकपुरधाममा आयोजना गरेको तेस्रो राष्ट्रिय सम्मेलन–२०८३ का अवसरमा गाउँपालिकालाई सम्मान गरिएको हो ।… ...

अनलाइन खबर
अघि बढ्यो चार वटा विधेयकमाथि दफावार छलफल
OthersJust now

अघि बढ्यो चार वटा विधेयकमाथि दफावार छलफल

७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय विषयगत समितिमा विचाराधीन चार वटा विधेयकमाथि दफावार छलफल अघि बढेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चलचित्र विधेयकमाथि छलफल अघि बढाएको छ । यसबारे छलफल गर्न सोमबार बिहान ११ बजे बैठक राखिएको छ । आज नै महिला तथा सामाजिक मामिला समितिले समितिमा दफावार छलफलका लागि प्राप्त… ...

अनलाइन खबर
अब संसदीय गतिविधि अनलाइनबाटै, सांसदहरूलाई मोबाइल एप
OthersJust now

अब संसदीय गतिविधि अनलाइनबाटै, सांसदहरूलाई मोबाइल एप

सांसदले संसद्मा उठाएका प्रश्नदेखि तिनको जवाफ, विधेयकको प्रगति, संसदीय समितिका निर्देशन र सरकारी निकायले गरेका काम डिजिटल प्लेटफर्मबाट हेर्न सक्ने व्यवस्था प्रस्तावित छ । ...

अनलाइन खबर
खनिज पदार्थको उत्खनन गर्दा भावी पुस्ताको हित ख्याल गर्नुपर्ने प्रस्ताव
OthersJust now

खनिज पदार्थको उत्खनन गर्दा भावी पुस्ताको हित ख्याल गर्नुपर्ने प्रस्ताव

७ मंसिर, काठमाडौं । सांसदहरूले खनिज पदार्थको उत्खनन गर्दा भावी पुस्ताको हित ख्याल गर्नुपर्ने गरी कानुनी प्रावधान राख्ने प्रस्ताव राखेका छन् । ‘खानी तथा खनिज पदार्थ विधेयक २०८३’ मा संशोधन प्रस्ताव राख्दै सांसदहरूले भावी पुस्ताको हित ख्याल गर्नुपर्ने गरी कानुनी प्रावधान खोजेका हुन् । प्रतिनिधिसभा सदस्यहरू बासना थापा, जयपती रोकाया र रीना उप्रेती (के.सी.)ले प्रस्तावित… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement