Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

नेपालमा नागरिकताको नयाँ भन्दा प्रतिलिपि लिने धेरै

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालमा नागरिकताको नयाँ भन्दा प्रतिलिपि लिने धेरै
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नयाँ नागरिकता लिने भन्दा नागरिकता लिइसकेका तर हराएका, जलेका, वा कुनै पनि कारणले नस्ट भएको भनेर नागरिकताको प्रतिलिपि लिनेको संख्या धेरै रहेको पाइएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार गत साउन, भदौ र असोज महिनामा एक लाख ६९ हजार ९७३ जनाले नयाँ नागरिकता लिए । जबकी यही अवधिमा २ लाख २६ हजार ५२९ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । यही तीन महिनामा आफ्नो नागरिकतामा रहेको डाटा सुधार गर्नेको संख्या ३ लाख ४ हजार ८२८ जना रहेका छन् । यो देशभरको तथ्यांक हो । यस अवधिमा २४५ जनाले आफ्नो नागरिकता रद्ध गरेका छन् । २३ जनाको नागरिकता बदर भएको छ । ५१२ जनाले नागरिकता त्याग गरेका छन् । तीन महिनाको अवधिमा बिभिन्न जिल्लाबाट ४ जनाले पहिले त्याग गरिसकेको नागरिकता पुनः कायम गरेका छन् । गृह मन्त्रालयका अनुसार नागरिकता प्रमाणपत्र सम्बन्धीत प्रक्रियालाई थप व्यवस्थित एवं प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ हालसम्ममा ६ हजार ६५९ वडा कार्यालयहरुमा अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस व्यवस्था कार्यान्वयनमा ल्याइएको छ । आर्थिक बर्ष २०८३/०८४ को प्रथम त्रैमासिकमा स्थानीय तहबाट प्रणाली मार्फत नागरिकता सिफारिस सुरु भएको हो । यस अन्तर्गत साउन, भदौ र असोज महिनामा अनलाइन प्रणालीमार्फत सिफारिस भएको संख्या १ लाख ५० हजार ५४६ रहेको छ । अनलाइन सिफारिस भएकामध्ये १ लाख ५० हजार ३८५ वटा नागरिकता जारी भएको छ । गृह मन्त्रालयले पछिल्लो तीन महिनाको त्रैमासिक प्रगति विवरण हालै सार्वजनिक गरेको छ । सोही विवरणमा यी विवरण समावेश छन् । सबै सरकारी कार्यालयहरूले आफ्नो त्रैमासिक प्रगति विवरण सार्वजनिक गर्नुपर्छ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम त्रैमासिक प्रगति विवरण स्वतः प्रकाशन गर्नुपर्ने हुन्छ । उपदफा ३ मा लेखिएको छ, ‘सार्वजनिक निकायले उपदफा (२) बमोजिमको सूचना आफ्नो स्थापना र विकास भएको समयलाई विचार गरी कम्तीमा प्रत्येक तीन महिनामा अद्यावधिक गरी प्रकाशन गर्नु पर्नेछ ।’ सरकारी निकायका कामकारबाहीलाई पारदर्शी, जवाफदेही र खुला बनाउने ऐनको उद्देश्य अन्तर्गत गृह मन्त्रालयले पनि पछिल्लो तीन महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा : मुख्यमन्त्री थापा मगर
Latest NewsJust now

नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा : मुख्यमन्त्री थापा मगर

उनले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे। ...

हाम्राकुरा
कृष्णपुरमा महिनावारी गोठ भत्किए, मनको डर भत्किएन
Latest NewsJust now

कृष्णपुरमा महिनावारी गोठ भत्किए, मनको डर भत्किएन

कमला आउजीको छाउगोठमा सर्पदंशबाट मृत्यु भएपछि कञ्चनपुरको कृष्णपुर–१ मा अभियान चलाएर ११८ गोठ भत्काइए, तर केही पुनः बनेका छन्। ...

कान्तिपुर
ऋण वर्गीकरणको व्यवस्था अव्यवहारिक र कडा भयोः अध्यक्ष उपाध्याय
Latest NewsJust now

ऋण वर्गीकरणको व्यवस्था अव्यवहारिक र कडा भयोः अध्यक्ष उपाध्याय

काठमाडौं । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऋण वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थापन ९प्रोभिजनिङ० को विद्यमान व्यवस्था अव्यावहारिक र अत्यधिक कडा भएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पुनरावलोकन गर्न माग गरेको छ । परिसंघका अध्यक्ष राजेश उपाध्यायले आर्थिक मन्दी तथा प्रतिकूल आर्थिक परिस्थितिका कारण ऋण भुक्तानी गर्न नसकेका व्यवसायी र नियतवश ऋण नतिर्ने व्यवसायीलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताए । ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play