Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नेपालमा आईआईटी क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने भारतको घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालमा आईआईटी क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने भारतको घोषणा
Photo / Coverage: पर्दाफास

भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको द्विपक्षीय वार्तापछि यस्तो घोषणा गरेका हुन् । हैदरावाद हाउसमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालको युवा पुस्ताको क्षमता, सीप र नवप्रवर्तन विकासमा भारतले सहकार्य गर्ने बताए । उनले नेपालका युवामा प्रतिभा, ऊर्जा र महत्वाकांक्षी सपना रहेको उल्लेख गर्दै ती आकांक्षा पूरा गर्न भारत साझेदारी गर्न तयार रहेको बताएका हुन् । आईआईटी क्याम्पस स्थापनासँगै भारतले नेपाली विद्यार्थीका लागि भारतमा अध्ययन गर्ने छात्रवृत्तिका अवसर पनि विस्तार गर्ने भएको छ । विशेषगरी कानुन र प्रविधिको क्षेत्रमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने मोदीले घोषणा गरेका छन् । प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय भारत भ्रमणका क्रममा जारी संयुक्त दृष्टिकोणपत्रमा यी विषयलाई महत्वपूर्ण प्राथमिकताका रूपमा समेटिएको छ । मोदीले यसलाई विकसित भारत र समुन्नत नेपालको साझा लक्ष्य हासिल गर्ने प्रयासको हिस्सा भएको बताए । त्यस्तै, नेपालमा कृषि उत्पादनको प्रशोधन तथा मूल्य अभिवृद्धि गर्न कृषि औद्योगिक पार्क स्थापना गर्ने विषयमा पनि भारतले सहकार्य गर्ने भएको छ । यसले नेपालको कृषि उत्पादनलाई औद्योगिक प्रक्रियासँग जोड्दै प्रशोधन उद्योग र रोजगारी विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । दुई देशबीच चलचित्र, आधुनिक प्रविधि र नयाँ सञ्चारमाध्यममा युवा सिर्जनाकर्ताको सहकार्य विस्तार गर्ने विषय पनि अघि सारिएको छ । खेलकुद क्षेत्रमा पनि सहकार्य विस्तार गर्ने भारतको योजना छ । विशेषगरी क्रिकेटको पूर्वाधार विकास तथा नेपाली खेलाडीको प्रशिक्षणमा सहयोग गर्ने मोदीले उल्लेख गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अयोध्या–जनकपुरधाम आउँदै सरयू–कमला एक्सप्रेस, यस्तो छ स्वागतको तयारी
OthersJust now

अयोध्या–जनकपुरधाम आउँदै सरयू–कमला एक्सप्रेस, यस्तो छ स्वागतको तयारी

भारतको अयोध्याबाट धनुषाको जनकपुरधामसम्म चल्ने सरयू–कमला एक्सप्रेस ट्रेन(रेल)को आज (सोमबार) औपचारिक रुपमा उद्घाटन भएको छ । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र साहले संयुक्त रुपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग हरियो झण्डा हल्लाएर उक्त ट्रेन सञ्चालनको उद्घाटन गरेका छन् । ट्रेन ११०० यात्रुसहित अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गरेको छ । अयोध्यामा मुख्यमन्त्री आदित्यनाथ योगीले शुभकामना दिँदै ट्रेनलाई विदाई गरेका छन् । तोकिएको समयभन्दा केही ...

पर्दाफास
नेपाल–भारत सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ : प्रधानमन्त्री बालेन
OthersJust now

नेपाल–भारत सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ : प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भावमा आधारित रहेको बताएका छन् । उनले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई समयअनुकूल थप सुदृढ बनाउँदै आपसी सहकार्य र साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री पद सम्हालेपछि आफ्नो पहिलो द्विपक्षीय भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग सोमबार नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले ...

पर्दाफास
लिबियामा रुसी युद्धपोतमा आक्रमण गरेको युक्रेनको पुष्टि
OthersJust now

लिबियामा रुसी युद्धपोतमा आक्रमण गरेको युक्रेनको पुष्टि

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले लिबियाको बेनगाजीस्थित नौसैनिक अड्डामा रहेको रुसी युद्धपोतमा समुद्री ड्रोनबाट आक्रमण गरेको पुष्टि गरेका छन्। ...

अनलाइन खबर
नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी
OthersJust now

नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको भविष्य र नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने स्पष्ट दृष्टिकोण, प्रतिबद्धता र सोच प्रस्तुत गरेको बताएका छन् । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री मोदीबीच भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले शाहको नेतृत्वमा नेपालको नयाँ पुस्ताका आशा र आकांक्षा प्रतिबिम्बित भएको उल्लेख गरे । उनले भने, ‘विश्वकै सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा बालेन्द्र ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement