Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

नेपाल–भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान गर्ने सहमति, संयुक्त स्थलगत निरीक्षण गरिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान गर्ने सहमति, संयुक्त स्थलगत निरीक्षण गरिने
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। नेपाल र भारतबीच बाँकी रहेका सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्ने सहमति भएको छ। प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच भएको छलफलमा सीमा समस्यालाई संयुक्त भिजन डकुमेन्टमा समेत समेटिएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल र भारतबीच सीमाको संयुक्त स्थलगत निरीक्षण तथा सीमा स्तम्भको मर्मतसम्भार कार्य अघि बढाउने विषयमा सहमति भएको जानकारी दिए। उनका अनुसार सीमा सम्बन्धी विद्यमान समस्या समाधानको प्रक्रिया अघि बढाउन नेपालका परराष्ट्र सचिव र भारतका विदेश सचिवलाई निर्देशन दिइएको छ। स्थापित सीमा संयन्त्रमार्फत कूटनीतिक समाधान खोज्न दुवै पक्ष प्रतिबद्ध रहेको उनले बताए। दुवै पक्षलाई अनुकूल हुने समयमा नेपालका परराष्ट्र सचिव र भारतका विदेश सचिवस्तरीय बैठक बसेर लामो समयदेखि थाँती रहेका सीमा सम्बन्धी विषयको समाधान प्रक्रिया अघि बढाइने क्षेत्रीले जानकारी दिए। ‘सीमा सम्बन्धी विषय संयुक्त भिजन डकुमेन्टमा पनि समावेश भएको छ। दुई प्रधानमन्त्रीले नेपाल र भारत सीमाको संयुक्त स्थलगत निरीक्षण र सीमा स्तम्भको मर्मतसम्भार कार्यको उल्लेख गर्नुभएको छ,’ उनले भने, ‘विद्यमान सीमा सम्बन्धी विषय अघि बढाउन परराष्ट्र सचिव र विदेश सचिवलाई निर्देशन दिइसक्नुभएको छ।’ ईपीजी प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस हुने विश्वास सरकारले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेस हुने विश्वास व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्रीका अनुसार ईपीजीका नेपाली टोलीका संयोजक भेषबहादुर थापाले उमेरका कारण आफूसँग रहेको प्रतिवेदनको साँचो २०८३ जेठ २१ गते परराष्ट्र सचिवलाई हस्तान्तरण गरेका छन्। दुवै पक्षबीचको सहमतिअनुसार ईपीजी प्रतिवेदन सुरुमा भारतका प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीसमक्ष पेस गर्ने कार्यतालिका रहेको उनले बताए। दुवै प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गर्न समय प्राप्त हुने सरकारको विश्वास रहेको क्षेत्रीले जानकारी दिए। ईपीजी गठनका मूलभूत उद्देश्यअनुसार प्रतिवेदनमा समेटिएका द्विपक्षीय विषयमा दुवै देशले संयुक्त रूपमा कामलाई निरन्तरता दिनुपर्ने सरकारको धारणा रहेको उनले बताए। प्रधानमन्त्री साहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष र समग्र रूपमा अघि बढाउन संयुक्त भिजन डकुमेन्टमार्फत दिशा निर्देश गरेको पनि उनले बताए। संयुक्त भिजन डकुमेन्ट कार्यान्वयनमा समन्वय नेपाल र भारतबीच जारी संयुक्त भिजन डकुमेन्टमा दुई देशबीचको सम्बन्धका विभिन्न आयाम समेटिएको क्षेत्रीले बताए। त्यसमा उल्लेखित विषयलाई कार्यान्वयनमा लैजान परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाले सम्बन्धित निकायसँग पत्राचार र समन्वय गरिसकेको उनले जानकारी दिए। ‘संयुक्त भिजन डकुमेन्टले नेपाल र भारत सम्बन्धका विभिन्न पाटालाई समेटेको छ। ती विषयलाई कार्यान्वयनको चरणमा लैजान हाम्रो दक्षिण एसिया महाशाखाबाट सम्बन्धित निकायमा पत्राचार र समन्वय भइसकेको छ,’ उनले भने। प्रधानमन्त्री बालेन्द्र साहले मंसिर ६ र ७ गते भारतको भ्रमण गरेका थिए। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफलपछि दुवै देशले संयुक्त पत्रकार सम्मेलनमार्फत संयुक्त भिजन डकुमेन्ट सार्वजनिक गरेका थिए। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पश्चिम एसियामा तनाव चर्किएसँगै तेलको मूल्य फेरि बढ्यो
Latest NewsJust now

पश्चिम एसियामा तनाव चर्किएसँगै तेलको मूल्य फेरि बढ्यो

सिएनएन । पश्चिम एसियामा सैन्य तनाव पुनः चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ्न थालेको छ । इरानसँग सम्बन्धित आक्रमण, साउदी अरबका तेल प्रशोधन केन्द्रमा भएका हमला र स्ट्रेट... ...

रातोपाटी
१० बजे १० समाचार : बालेन र रवि राष्ट्रपति भेट्न शीतलनिवासमा, एकताको पहलमा शेखर समूह
Latest NewsJust now

१० बजे १० समाचार : बालेन र रवि राष्ट्रपति भेट्न शीतलनिवासमा, एकताको पहलमा शेखर समूह

काठमाडौँ । आज मिति २०८३ साल मंसिर महिनाको ११ गते शुक्रबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ- १. अनुसन्धानमा... ...

रातोपाटी
देउवा पक्षको महाधिवेशनका लागि ५ समिति संयोजक तोकिए
Latest NewsJust now

देउवा पक्षको महाधिवेशनका लागि ५ समिति संयोजक तोकिए

काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औं केन्द्रीय महाधिवेशनको तयारीका लागि पाँचवटा समिति संयोजक तोकेको छ । महाधिवेशन मूल तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले पाँचवटै समितिका संयोजक तोकेका हुन्। महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले प्रचारप्रसार, अतिथि सत्कार, स्वयंसेवक परिचालन, सांस्कृतिक कार्यक्रम र स्वास्थ्य व्यवस्थापनको जिम्मेवारी छुट्टाछुट्टै समितिलाई दिइएको हो । प्रचारप्रसार समितिको संयोजकमा केन्द्रीय सदस्य एवं पार्टी प्रवक्ता ...

नेपालन्युज
रौतहटमा जलाइँदै गरेको अवस्थामा शव बरामद, श्रीमान्‌सहित चार पक्राउ
Latest NewsJust now

रौतहटमा जलाइँदै गरेको अवस्थामा शव बरामद, श्रीमान्‌सहित चार पक्राउ

हत्या आशंकामा प्रहरीले मृतकका श्रीमान्सहित परिवारका चार सदस्यलाई पक्राउ गरेको छ । बडहर्वा टोलकी कलावती देवीको शव शुक्रबार बागमती नदीको बगरमा जलाइँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement