Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

नेपाल–भारत सीमा समस्या कुटनीतिक वार्ताबाट समाधान गर्ने सहमति, सीमाको संयुक्त स्थलगत निरीक्षण गरिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–भारत सीमा समस्या कुटनीतिक वार्ताबाट समाधान गर्ने सहमति, सीमाको संयुक्त स्थलगत निरीक्षण गरिने
Photo / Coverage: टक्सार

काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा सम्बन्धी बाँकी समस्यालाई कुटनीतिक माध्यमबाट समाधान गर्ने सहमति भएको छ । प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलका क्रममा सीमा समस्यालाई संयुक्त भिजन डकुमेण्टमा समेत समावेश गरिएको हो । दुवै देशका प्रधानमन्त्रीले नेपाल–भारत सीमाको संयुक्त स्थलगत निरीक्षण तथा सीमा स्तम्भहरूको मर्मतसम्भार कार्यलाई अघि बढाउने विषयमा सहमति जनाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सीमा सम्बन्धी विद्यमान समस्या समाधानको प्रक्रिया अघि बढाउन दुवै देशका परराष्ट्र सचिव र विदेश सचिवलाई निर्देशनसमेत दिइएको उल्लेख गरे । स्थापित सीमा संयन्त्रहरूमार्फत कुटनीतिक समाधान खोज्न दुवै पक्ष प्रतिवद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै पक्षलाई अनुकूल हुने समयमा नेपालका परराष्ट्र सचिव र भारतका विदेश सचिवस्तरीय बैठक बसेर लामो समयदेखि थाँती रहेका सीमा सम्बन्धी विषयको समाधान प्रक्रिया अघि बढाइने जनाइएको उनले बताए। उनले भने, “सीमा सम्बन्धी विषय ज्वाइन्ट भिजन डकुमेण्टमा पनि समावेश भएको छ । दुई प्रधानमन्त्रीज्युहरुले नेपाल र भारत सीमाको संयुक्त स्थलगत निरीक्षण र सीमास्तम्भहरुको मर्मतसम्भार कार्यको उल्लेख गर्नुभएको छ । विद्यमान सीमा सम्बन्धी जुन विषय छ । सो कार्य अघि बढाउन परराष्ट्रसचिव र विदेशसचिवज्युहरुलाई निर्देशन दिइसक्नुभएको छ । दुई देशबीच स्थापित सीमा सम्बन्धी संयन्त्रहरुमार्फत कुटनीतिक हल निकाल्न दुवै पक्षको प्रतिवद्धता जाहेर भएको छ । दुवै पक्षलाई अनुकुल हुने समयमा परराष्ट्रसचिव र भारतीय विदेश सचिवस्तरीय बैठक बसी सीमा सम्बन्धी थाँती रहेका विषयहरुको कुटनीतिक समाधानको प्रक्रिया अघि बढ्नेछ ।” ईपीजी प्रतिवेदन प्रधानमन्त्रीहरूसमक्ष पेश हुने विश्वास नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेश हुने विश्वास सरकारले व्यक्त गरेको छ । ईपीजीका नेपाली टोलीका संयोजक भेषबहादुर थापाले उमेरका कारण आफूसँग रहेको प्रतिवेदनको साँचो २०८३ जेठ २१ गते परराष्ट्र सचिवलाई हस्तान्तरण गरिएकाे प्रवक्ता क्षेत्रीले बताए । दुवै पक्षको सहमतिअनुसार ईपीजी प्रतिवेदन शुरुमा भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीसमक्ष पेश गर्ने कार्यतालिका रहेको सरकारले जनाएको छ । दुवै प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गर्न समय प्राप्त हुने विश्वाससमेत व्यक्त गरिएको बताए । ईपीजी गठन हुनुका मूलभूत उद्देश्यअनुरूप प्रतिवेदनमा समेटिएका द्विपक्षीय विषयमा दुवै देशले संयुक्त रूपमा कामलाई निरन्तरता दिनुपर्ने सरकारको धारणा छ । प्रधानमन्त्री साहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष र समग्र रूपमा अघि बढाउन संयुक्त भिजन डकुमेन्टमार्फत दिशा निर्देश गरेको पनि सरकारले जनाएको छ । नेपाल र भारतबिच जारी संयुक्त भिजन डकुमेण्टमा दुई देशको सम्बन्धका विभिन्न आयाम समेटिएको प्रवक्ता क्षेत्रीले बताए । त्यसमा उल्लेखित विषयलाई कार्यान्वयनमा लैजान परराष्ट्र मन्त्रालयको दक्षिण एशिया महाशाखाले सम्बन्धित निकायसँग पत्राचार र समन्वय गरिसकेको उनले जानकारी दिए । उनले भने, “दुई देश नेपाल र भारतबिच ज्वाइन्ट भिजन डकुमेण्ट दुवै पक्षले जारी गरेका छन् । त्यसले नेपाल र भारत सम्बन्धका विभिन्न पाटाहरुलाई समेटेको छ । ति पाटाहरुलाई कार्यान्वयनको चरणमा लैजान हाम्रो साउथ एशिया महाशाखाबाट सम्बन्धित निकायहरुमा पत्राचार र समन्वय भइसकेको छ ।” प्रधानमन्त्री बालेन्द्र साहले मंसिरको ६ र ७ गते भारतको भ्रमण गरेका थिए । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँगको छलफलपछि दुवै देशले संयुक्त पत्रकार सम्मेलन गर्दै संयुक्त ज्वाइन्ट भिजन डकुमेण्ट सार्वजनिक गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१०औँ राष्ट्रिय खेलकुद :  महिला क्रिकेटतर्फ एपीएफ सेमिफाइनल प्रवेश
Latest NewsJust now

१०औँ राष्ट्रिय खेलकुद :  महिला क्रिकेटतर्फ एपीएफ सेमिफाइनल प्रवेश

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अन्तर्गत विभागीय टोली एपीएफ क्लबले मधेस प्रदेशलाई पराजित गरेको छ । शुक्रबार दोस्रो जीतसँगै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफले मधेसलाई ८० रन अन्तरमा... ...

रातोपाटी
एमालेलाई फेरि जनताको भरोसायोग्य पार्टी बनाउँछौँ : शङ्कर पोखरेल
Latest NewsJust now

एमालेलाई फेरि जनताको भरोसायोग्य पार्टी बनाउँछौँ : शङ्कर पोखरेल

तनहुँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीप्रति असन्तुष्ट रहेका जनता र कार्यकर्ताको मन जितेर एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउने बताएका छन् । एमाले तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीलाई थप सशक्त र बलियो बनाएर अघि बढाउने बताएका हुन् । उनले एउटा निर्वाचनमा पार्टी पराजित हुँदैमा एमालेको […] ...

लोकपथ
कानेपोखरीमा १४ वर्षीया बालिकामाथि बलात्कार, कुटपिटको भिडियो खिच्ने युवक पक्राउ
Latest NewsJust now

कानेपोखरीमा १४ वर्षीया बालिकामाथि बलात्कार, कुटपिटको भिडियो खिच्ने युवक पक्राउ

मोरङको कानेपोखरीमा बलात्कार आरोपितका २३ वर्षीय छोराले बालिकामाथि सोधपुछ गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा राखेका थिए। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement