Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

नेपाल–भारत सम्बन्ध ‘दुई दाजुभाइको नाभी जोडिएजस्तै’ : भारतीय पूर्वप्रहरी प्रमुख वैद

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–भारत सम्बन्ध ‘दुई दाजुभाइको नाभी जोडिएजस्तै’ : भारतीय पूर्वप्रहरी प्रमुख वैद
Photo / Coverage: पर्दाफास

भारत र नेपालबीचको सम्बन्ध दुई दाजुभाइको नाभी जोडिएजस्तै रहेको भारतका पूर्वप्रहरी अधिकारी एसपी वैदले बताएका छन् । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो औपचारिक भारत भ्रमणले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई पुनर्जीवित गर्दै रणनीतिक साझेदारी थप बलियो बनाउने उनले अपेक्षा गरेका छन् । भारतको जम्मु–कश्मीरका पूर्वप्रहरी महानिर्देशक वैदले नेपाल र भारतबीच शताब्दीयौँ पुरानो सांस्कृतिक, सामाजिक र परम्परागत सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशका नागरिकलाई एकअर्काको मुलुकमा भिसाबिना आवतजावत गर्ने सुविधा रहेको बताए । भारतीय समाचार संस्था एएनआईसँग नयाँदिल्लीमा कुरा गर्दै उनले नेपाल र भारतको सम्बन्धलाई ऐतिहासिक र सभ्यतागत आधारले जोडेको बताए । तर, विगत केही वर्षमा विभिन्न कारणले दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको उनको टिप्पणी छ । उनले नेपालमा कम्युनिस्ट प्रभाव बढ्नु, चीनको हस्तक्षेप तथा कम्युनिस्ट पार्टीलाई चीनबाट सहयोग प्राप्त हुनु र पाकिस्तानको गुप्तचर संस्था आईएसआईले खुला सीमाको दुरुपयोग गर्नुले सम्बन्धमा असर पारेको आरोप लगाए । सन् १९९९ मा भएको इन्डियन एयरलाइन्सको आईसी–८१४ विमान अपहरणको घटना उल्लेख गर्दै उनले अपहरणकारीले नेपालको भूमि प्रयोग गरेको र पाकिस्तानको आईएसआईले नेपालमा आफ्नो सञ्जाल विस्तार गरेको दाबी गरे । प्रधानमन्त्री शाह नेतृत्वमा नयाँ सरकार आएपछि भारतसँगको पुरानो सम्बन्ध पुनर्जीवित हुने र रणनीतिक साझेदारी थप सुदृढ हुने आफूले अपेक्षा गरेको उनले बताए । प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२ र २३ मा भारतको राजकीय भ्रमणमा छन् । गत मार्च २०२६ मा प्रधानमन्त्री बनेपछि उनको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो । यसअघि दुई प्रधानमन्त्रीबीच टेलिफोन संवाद र सन्देश आदानप्रदान भए पनि यो पहिलो प्रत्यक्ष भेट हुनेछ । भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गर्नुका साथै सहकार्यका नयाँ क्षेत्र पहिचान गर्नेछन् । विकास साझेदारी, ऊर्जा, जलविद्युत्, रेलमार्ग, कनेक्टिभिटी, पूर्वाधार, प्रविधि, जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा सहकार्य विस्तार गर्ने विषय छलफलमा प्राथमिकतामा रहनेछन् । ऊर्जा र व्यापारमा भारत नेपालको प्रमुख साझेदार भारत नेपालको सबैभन्दा ठूलो व्यापार, पारवहन र लगानी साझेदार हो । नेपालका वस्तु निर्यातमध्ये करिब ८० प्रतिशत भारत जाने गरेको र नेपालले प्राप्त गर्ने प्रत्यक्ष वैदेशिक लगानीमा भारतको हिस्सा करिब एकतिहाइ रहेको एएनआईले जनाएको छ । ऊर्जा सहकार्यलाई पनि भ्रमणको महत्वपूर्ण विषयका रूपमा हेरिएको छ । नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने लक्ष्यसहित दुई देशबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । हाल भारतले नेपालबाट वार्षिक करिब १ हजार २०० मेगावाट विद्युत् आयात गरिरहेको छ । भारतीय कम्पनीहरू नेपालका विभिन्न जलविद्युत् आयोजनाको विकासमा समेत संलग्न छन् । ९०० मेगावाटको अरुण–३ जलविद्युत् आयोजना त्यसको प्रमुख उदाहरण हो । रेलमार्ग र डिजिटल कनेक्टिभिटीमा सहकार्य नेपाल र भारतबीच सीमापार रेलमार्ग, पेट्रोलियम पाइपलाइन तथा एकीकृत जाँच चौकी निर्माणमार्फत व्यापार र नागरिक आवागमन सहज बनाउने काम भइरहेको छ । रक्सौल–काठमाडौं रेलमार्ग निर्माणको सम्भावनाबारे पनि दुवै देशले छलफल गर्दै आएका छन् । यसैगरी, अयोध्या र जनकपुरधामलाई जोड्ने यात्रुवाहक रेल सेवा सञ्चालनले धार्मिक पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भारतले नेपालका ७४ जिल्लामा ६०० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत सहयोग गरेको छ । सडक, रेलमार्ग, जलविद्युत् र प्रसारण पूर्वाधार विकासमा समेत भारतको सहयोग रहेको छ । गत अगस्ट २०२६ मा नेपालमा आएको बाढीपछि भारतले करिब १४० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराउनुका साथै प्राविधिक सहयोगसमेत गरेको थियो । दुई देशबीच डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता (एआई), स्टार्टअप, शिक्षा र खेलकुद क्षेत्रमा पनि सहकार्य विस्तार भइरहेको छ । भारतको यूपीआई र नेपालको फोनपेको अन्तरआबद्धताले सीमापार डिजिटल भुक्तानी सहज बनाएको छ । प्रधानमन्त्री शाहको भ्रमणका क्रममा सम्पन्न केही परियोजनाको भर्चुअल उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । साथै, विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यसम्बन्धी समझदारीपत्र तथा अन्य दस्तावेज आदानप्रदान हुने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपक कुमार कार्कीलाई
OthersJust now

लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपक कुमार कार्कीलाई

गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपक कुमार कार्कीले जितेका छन्। १४ ह्यान्डिक्यापमा खेलेका कार्कीले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि हात पारेका हुन्। दुई ह्यान्डिक्यापमा खेलेका टासी डोङ उपविजेता बने। प्रतियोगितामा नर्बु छिरिङ शेर्पाले ३७ ग्रस अंकसहित बेस्ट ग्रसको उपाधि जिते। महिलातर्फ अञ्जिला योञ्जन ३४ अंकसहित विजेता बनिन् भने बिपना श्रेष्ठ ३३ अंकसहित उपविजेता भइन्। त्यस्तै, ६० ...

पर्दाफास
प्रधानमन्त्रीको भ्रमणमा दुई मन्त्रीबाटै विमानस्थल सुरक्षा प्रोटोकल उल्लंघन
OthersJust now

प्रधानमन्त्रीको भ्रमणमा दुई मन्त्रीबाटै विमानस्थल सुरक्षा प्रोटोकल उल्लंघन

विमानस्थलको एप्रोन क्षेत्रमा र्‍याम्प ज्याकेटविना कुनै कर्मचारी वा अधिकारी जान मिल्दैन, तर कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी प्रवक्ता जगदीश खरेल प्रधानमन्त्रीलाई बिदाइ गर्न चम्किलो रङको र्‍याम्प ज्याकेटविना नै जहाजबाहिर पुगेका थिए । ...

अनलाइन खबर
लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधी कार्कीलाई
OthersJust now

लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधी कार्कीलाई

काठमाडौं । गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपक कुमार कार्कीले जितेका छन् । १४ ह्यान्डिक्यापमा खेलेका कार्कीले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि हात पारे । दुई ह्यान्डिक्यापमा खेलेका टासी डोङ प्रतियोगितामा उपविजेता बने । नर्बु छिरिङ शेर्पाले ३७ ग्रस अंकसहित बेस्ट ग्रसको उपाधि जिते । महिलातर्फ अञ्जिला योञ्जनले […] ...

लोकपथ
बालेनको भारत भ्रमणले दुई देशको सम्बन्धको भावी दिशा तय गर्ने भारतीय पूर्वकूटनीतिज्ञको भनाइ
OthersJust now

बालेनको भारत भ्रमणले दुई देशको सम्बन्धको भावी दिशा तय गर्ने भारतीय पूर्वकूटनीतिज्ञको भनाइ

प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणले नेपाल–भारत सम्बन्धको आगामी दिशा तय गर्ने भारतीय पूर्वकूटनीतिज्ञ महेश सचदेवले बताएका छन् । नेपालको नयाँ सरकारले भारतसँगको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउन खोजिरहेका बेला हुन लागेको भ्रमणलाई उनले महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका हुन् । सचदेवले प्रधानमन्त्री शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ गति दिनुका साथै सहकार्यका प्राथमिकता स्पष्ट पार्ने बताए । स्वतन्त्र पार्टी ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play