Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

नेपाल–फिनल्याण्डबीच आर्थिक साझेदारी विस्तारको पर्याप्त सम्भावना छ : राजदूत पुहाक्का

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–फिनल्याण्डबीच आर्थिक साझेदारी विस्तारको पर्याप्त सम्भावना छ : राजदूत पुहाक्का
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्काले नेपाल र फिनल्याण्डबीच आर्थिक साझेदारी तथा व्यापार विस्तारको पर्याप्त सम्भावना रहे पनि त्यसअनुसार उपलब्धि हासिल हुन नसकेको बताउनुभएको छ । नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको साधारणसभामा सम्बोधन गर्दै उहाँले दुई देशबीच व्यापार, लगानी, पर्यटन, शिक्षा तथा प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । फिनल्याण्ड नवप्रवर्तन, हरित तथा नवीकरणीय ऊर्जा, चक्रीय अर्थतन्त्र, शिक्षा र अत्याधुनिक प्रविधिमा परिचित रहेको उल्लेख गर्दै उहाँले नेपालका जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय तथा उद्यमशीलताका सम्भावनालाई फिनल्याण्डको अनुभव र प्रविधिसँग जोड्न सकिने बताउनुभयो । राजदूत पुहाक्काले नेपाल–फिनल्याण्ड चेम्बर दुई देशका व्यवसायी, लगानीकर्ता तथा शैक्षिक संस्थाबीच सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो । फिनल्याण्डले नेपालसँग शिक्षा, खानेपानी, सरसफाइ, जलवायु उत्थानशीलता तथा समावेशी विकासका क्षेत्रमा लामो समयदेखि सहकार्य गर्दै आएको उहाँले बताउनुभयो । नेपालसँगको विकास सहकार्यका लागि फिनल्याण्डको नयाँ देशगत कार्यक्रम सन् २०२८ सम्मका लागि तय गरिएको जानकारी दिँदै उहाँले दिगो आर्थिक विकास, व्यावसायिक साझेदारी, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, जलवायु उत्थानशीलता तथा समावेशी र उत्थानशील शिक्षा प्रणालीलाई प्राथमिकतामा राखिएको बताउनुभयो । कार्यक्रममा नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका संरक्षक राजेशकाजी श्रेष्ठले नेपाली उत्पादनले फिनल्याण्डमा बजार पहिचान बनाउन थालेको उल्लेख गर्दै दुई देशबीचको व्यापारिक सम्बन्ध थप विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार नेपाली कफी, नेपाली कागज र गोल्डस्टार जुत्ताले फिनल्याण्डमा राम्रो बजार पहिचान बनाएका छन् । नेपाली चियासमेत फिनल्याण्ड निर्यात हुँदै आएको उहाँले जानकारी दिनुभयो । श्रेष्ठले व्यापार विस्तारसँगै लगानी, शिक्षा, प्रविधि तथा व्यवसायीबीचको प्रत्यक्ष सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, चेम्बरका अध्यक्ष प्रज्वलजंग पाण्डेले नेपाल र फिनल्याण्डबीच शैक्षिक सम्बन्ध विस्तार हुँदै गएको बताउनुभयो । फिनल्याण्डमा अध्ययनरत विदेशी विद्यार्थीको संख्याका आधारमा नेपाली विद्यार्थी चौथो स्थानमा रहेको उहाँले जानकारी दिनुभयो । नेपाली विद्यार्थीको बढ्दो उपस्थितिले दुई देशबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । दुई देशबीचको आर्थिक कारोबारमा अपेक्षाअनुसार उपलब्धि हासिल हुन नसकेको स्वीकार गर्दै उहाँले आगामी दिनमा व्यावसायिक साझेदारी र संयुक्त लगानीका सम्भावना खोज्न सक्रिय हुने बताउनुभयो । फिनल्याण्डका व्यवसायीलाई नेपालमा आमन्त्रण गरिए पनि त्यसबाट अपेक्षित परिणाम प्राप्त हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष पाण्डेले नेपाली वायुसेवा कम्पनीमाथि युरोपेली सङ्घ (ईयू) ले लगाएको प्रतिबन्ध हटाउन कूटनीतिक पहल गरिदिन फिनल्याण्डका राजदूतसँग आग्रह गर्नुभयो । उहाँका अनुसार हाल फिनल्याण्डबाट नेपाल आउने पर्यटकको संख्या करिब चार हजार रहेको छ । नेपाल आउने फिनिस पर्यटकको संख्या थप बढाउन सकिने सम्भावना रहे पनि हवाई यात्रामा रहेका अवरोधले पर्यटन आवागमनमा असर पारेको उहाँले बताउनुभयो । पाण्डेले नेपाल र फिनल्याण्डबीच व्यापार, पर्यटन, शिक्षा, लगानी तथा प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्न सरकारी निकाय, कूटनीतिक नियोग र निजी क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रदेश र स्थानीय निर्वाचन सँगै गराउने पक्षमा रास्वपा र कांग्रेस, आयोग प्रधानमन्त्रीको प्रतीक्षामा
Latest NewsJust now

प्रदेश र स्थानीय निर्वाचन सँगै गराउने पक्षमा रास्वपा र कांग्रेस, आयोग प्रधानमन्त्रीको प्रतीक्षामा

स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै भन्नेमा राजनीतिक दलहरू दुई कित्तामा बाँडिएका छन्। नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुवै तहको निर्वाचन एउटै समयमा गराउने पक्षमा उभिएका छन् भने नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अलग-अलग मितिमा चुनाव हुनुपर्ने अडानमा छन्। दलहरूबीच निर्वाचनको ढाँचामै सहमति नजुटिरहेका बेला निर्... ...

नेपालखबर
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
Latest NewsJust now

किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै कृषि मन्त्री गीता चौधरीको राजीनामा माग गरेका छन् । रौतहटको मौलापुर... ...

रातोपाटी
एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग
Latest NewsJust now

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

काठमाडौँ । अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका सेयरमा भारी बिक्री चाप देखिएपछि बुधबार एसियाली सेयर बजारमा पनि गिरावट आएको छ । लगानीकर्ताको चिन्ता बढेसँगै अधिकांश प्रमुख एसियाली बजार... ...

रातोपाटी
परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट
Latest NewsJust now

परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट

परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटवार्ताका अवसरमा उनीहरूबीच नेपाल र युनिसेफबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement