Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

नेपालगञ्ज म्याराथनमा रोटरी क्लबको सहकार्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालगञ्ज म्याराथनमा रोटरी क्लबको सहकार्य
Photo / Coverage: हिमालय टाइम्स

नेपालगञ्ज । रोटरी क्लब अफ सेन्ट्रल बाँकेले धारा नेपालगञ्ज म्याराथनसँग कम्युनिटी पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । विश्वव्यापी सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक विकासमा समर्पित अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबअन्तर्गत रोटरी क्लब अफ सेन्ट्रल बाँकेले सहकार्य गर्ने भएको हो । यसमा विशेषगरी ह्विलचेयर तीन किमी दौडमा रोटरीको सहयोग रहनेछ । विश्व म्याराथनको एकमात्र प्रतिष्ठित पुरस्कार एम्स सोसल अवार्ड २०२६ बाट सम्मानित नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरी र रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष ईश्वरीजंग मल्लबीच सम्झौतामा हस्ताक्षर भएको हो । यो सम्झौता पाँच वर्षका लागि गरिएको बताइएको छ । ह्विलचेयर तीन किमी रेसमा विशेष सहयोग गर्नुका साथै आफ्ना सम्पूर्ण सदस्यहरूलाई कुनै न कुनै विधामा औपचारिक ढंगले दौडाउने रोटरीको तयारी रहेको छ । ‘रोटरीसँग जोडिएका सबैलाई कुनै न कुनै रूपमा जोड्छौं’, बाँकेका अध्यक्ष मल्लले भन्नुभयो, ‘समुदायलाई दौडसंस्कृतिसँग जोड्दै सामाजिक एकताको अभियानमा हाम्रो सदैव साथ रहनेछ, गभर्नर नै यस अभियानमा निकै सकारात्मक हुनुहुन्छ ।’ रोटरीमा विभिन्न पेशाका उद्यमी, डाक्टर, इञ्जिनियर, सिए, बैंकर, शिक्षक, पत्रकार आबद्ध छन् । धारा नेपालगञ्ज म्याराथनको १२औँ संस्करण यही मंसिर १२ गते शनिबार नेपालगञ्जमा हुने भएको छ । यस वर्ष १२ वटा सामुदायिक संस्थासँग कम्युनिटी पार्टनरका रूपमा काम गर्ने तयारी भएको दर्ता विभाग प्रमुख गगन थापाले जानकारी दिनुभयो । स्थानीय बिपी चोकबाट सुरु हुने म्याराथनअन्तर्गत ४२ किलोमिटर पुरुष खुला, २१ किलोमिटर महिला खुला, १० किलोमिटर पुरुष खुला, १० किलोमिटर महिला खुला, पाँच किमी पुरुष खुला, पाँच किमी महिला खुला, पाँच किमी स्कुलस्तरीय छात्र-छात्रा दौड, तीन किमी कर्पोरेट रन, तीन किमी किड्स रन, तीन किमी ह्विलचेयर रन, दुई किमी फेमिली रन र तीन किमी रन फर अल गरेर १२ विधा समावेश गरिएको छ । म्याराथन(४२ किमी)पुरुष खुला भए पनि महिलाले आफ्नो व्यक्तिगत समयका लागि दौड्न चाहेमा विद्युतीय चिप्स उपलब्ध गराइनेछ । त्यसैगरी महिला हाफ म्याराथन(२१ किमी) महिलाका लागि भए तापनि पुरुष धावकले समय सुधारका लागि दौडन चाहेमा विद्युतीय चिप्स प्रदान गरिने व्यवस्था मिलाइएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । ४२ किमीतर्फ विभिन्न उमेर समूहमा वरीयताक्रम निकालिने समेत उहाँले जानकारी दिनुभयो । यसमा ४० देखि ५० वर्ष, ५० देखि ६० वर्ष उमेर समूह, ६० देखि ७० वर्ष उमेर समूहलाई पहिलो, दोस्रो र तेस्रो वरीयता प्रदान गरेर प्रोत्साहन गरिनेछ । एबोट वर्ल्ड म्याराथन मेजरसँगको सहकार्यमा उमेर समूहको धावकलाई विश्वव्यापी वरीयतामा समेत समावेश गरिँदै आएको छ र यसपटक पनि गरिनेछ । साथै उमेर समूहको वर्ल्ड च्याम्पियनसिपमा सहभागितामा सहजीकरण गरिनेछ । त्यसैगरी विभिन्न विधाका शीर्ष धावकहरूलाई मेजर म्याराथनलगायत वर्ल्ड एथ्लेटिक्सको प्लेटिनम, गोल्ड, इलाइट र लेबल रेसहरूमा सहभागिताको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । नेपालगञ्ज म्याराथन २०१५ देखि अविच्छिन्नरूपमा सञ्चालन हुँदै आएको दौड हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बेलायतका राजकुमार ह्यारीकी श्रीमती मेघन मार्कलका बुबा अमेरिकामा गिरफ्तार
Latest NewsJust now

बेलायतका राजकुमार ह्यारीकी श्रीमती मेघन मार्कलका बुबा अमेरिकामा गिरफ्तार

बेलायतका राजकुमार ह्यारीकी श्रीमती मेघन मार्कलका बुबा थोमस मार्कललाई अमेरिकाको फ्लोरिडामा पक्राउ गरिएको छ। सीबीएस न्युजका स्रोतहरूका अनुसार थोमस मार्कललाई बाल यौन दुर्व्यवहार सामग्री राखेको आरोपमा पक्राउ गरिएको हो। यस महिनाको सुरुमा फिलिपिन्समा ८२ वर्षीय थोमस मार्कलको स्वामित्वमा रहेको सम्पत्तिमा बाल यौन दुर्व्यवहारका सयौँ तस्बिर  फेला परेको रिपोर्... ...

नेपालखबर
ग्लोबल आइएमई बैंकको अत्याधुनिक केन्द्रीय कार्यालय बन्ने
Latest NewsJust now

ग्लोबल आइएमई बैंकको अत्याधुनिक केन्द्रीय कार्यालय बन्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार धनतेरसको अवसर पारेर भवनको शिलान्यास तथा जग पूजा गर्नुभएको हो । करिब एक लाख ४५ हजार वर्गफिट बिल्टअप क्षेत्रफलमा निर्माण हुने उक्त भवन तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवनको संरचना निर्माणदेखि इन्टेरियरलगायत सम्पूर्ण कामका लागि करिब ...

हिमालय टाइम्स
सहुलियत ऋण लिएर नतिर्ने सयौं महिला उद्यमी
Latest NewsJust now

सहुलियत ऋण लिएर नतिर्ने सयौं महिला उद्यमी

काठमाडौं । बिनाधितो सहुलियत कर्जा लिएर नतिर्ने प्रवृत्ति मौलाउँदै गएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सहुलियतपूर्ण योजनाअन्तर्गत बिनाधितो ऋण लिएर लामो समयसम्म भुक्तानी नगर्ने सयौं महिला उद्यमीको नाम सार्वजनिक गर्दै कालोसूचीमा राख्ने चेतावनी दिएको छ । बैंकले सार्वजनिक सूचना जारी गर्दै{ ३५ दिनभित्र सम्पूर्ण कर्जा चुक्ता गर्न भनेको छ । अन्यथा ऋणी तथा जमानीकर्तालाई कालोसूचीमा राख्ने र राहदानी जफतसम्मको ...

हिमालय टाइम्स
शाओमीको उपहार योजना विजेता घोषित
Latest NewsJust now

शाओमीको उपहार योजना विजेता घोषित

काठमाडौं । शाओमी नेपालले चाडपर्व थप उत्साहपूर्ण बनाउने उद्देश्यले सञ्चालन गरिरहेको ‘शाओमी किन्दा, उपहार एभ्रिडे, बम्परमा थाइल्याण्ड होलिडे’ योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेताहरू घोषणा गर्दै आएको छ । योजनाअन्तर्गत सेप्टेम्बर २५ देखि अक्टोबर ३१ सम्म विभिन्न मितिका लागि रेडमी बड्स ६ प्लेका दैनिक विजेताहरू घोषणा गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, रेडमी वाच ६ एक्टिभका साप्ताहिक विजेताहरू पनि सार्वजनिक गरिएको छ ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play