Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छ : अध्यक्ष दाहाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छ : अध्यक्ष दाहाल
Photo / Coverage: हिमालय टाइम्स

काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको स्वास्थ्य पूर्वाधार, विशेषज्ञ उपचार सेवा तथा स्वास्थ्य जनशक्ति विकासमा चीन सरकारको सहयोग महत्वपुर्ण रहेको बताउनुभएको छ । आईतवार आयोजित ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’को नेपाली संस्करण वृत्तचित्र प्रदर्शनी कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले चीनको सहयोगमा स्थापित भरतपुरस्थित वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल नेपाल-चीन मित्रताको महत्वपूर्ण प्रतिक बनेको उल्लेख गर्नुभयो । चीनको सहयोगमा स्थापना भएको उक्त अस्पतालले नेपालमा क्यान्सर उपचार, बोन म्यारो ट्रान्सप्लान्टलगायत आधुनिक स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण भुमिका खेलेको उहाँले बताउनु भयो । १०० शैय्याबाट शुरु भएको अस्पताल हाल ५ सय शैय्यामा विस्तार भएको उल्लेख गर्दै उहाँले स्थापनादेखि हालसम्म २९९ जनाको संख्यामा चिनियाँ मेडिकल टोलीले सेवा प्रदान गरिसकेको जानकारी दिनुभयो । चीनले उपलब्ध गराएको भौतिक पूर्वाधार, प्रविधि र आर्थिक सहयोगले अस्पतालको विकासमा योगदान पुर्‍याएको उल्लेख गर्दै उहाँले यसको प्रभाव नेपाली स्वास्थ्यकर्मीको सीप विकास, उपचार सेवाको विस्तार र दुई देशका चिकित्सकबीचको व्यावसायिक सम्बन्धमा समेत देखिएको बताउनु भयो । उहाँले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रियस्तरको क्यान्सर अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका रूपमा विकास र स्तरोन्नति गर्न चीन सरकारसँग आग्रह गर्नुभयो । यसका लागि आवश्यक भौतिक पूर्वाधार, प्राविधिक सहयोग, संस्थागत संरचना विकास, विशेषज्ञ जनशक्ति उत्पादन र शैक्षिक सहकार्यमा सहयोग गर्न उहाँले अपिल गर्नुभयो । उहाँले भन्नुभयो, ‘वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल नेपाल-चीन बीचको मित्रताको अमूल्य प्रतिक बनेको छ । क्यान्सर जस्तो घातक रोगको उपचार नेपालमै उपलब्ध गराउन यस अस्पतालले खेलेको भूमिका नेपाली जनताका लागि ठूलो अवसर हो । यस अस्पताललाई राष्ट्रियस्तरको क्यान्सर अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका रूपमा विकास र स्तरोन्नति गर्न आवश्यक पहल र सहयोगका लागि चीन सरकार समक्ष अनुरोध गर्दछु । प्रतिष्ठान स्थापनाका लागि आवश्यक भौतिक पूर्वाधार, उपलब्ध सेवा, संस्थागत अनुभव र राष्ट्रिय जिम्मेवारीका दृष्टिले पनि पर्याप्त आधार र योग्यता हासिल गरिसकेको कुरा अवगत गराउँदै थप प्राविधिक सहयोग, संस्थागत संरचना विकास र विशेषज्ञ जनशक्ति उत्पादन तथा शैक्षिक सहकार्यमा सहयोग गरिदिनुहुन पनि म अपिल गर्दछु ।’ उहाँले नेपाल-चीन स्वास्थ्य सहकार्य क्यान्सर उपचारमा मात्र सीमित नरहेको बताउनु भयो । चीनको अनुदान सहयोगमा काठमाडौंमा निजामती कर्मचारी अस्पताल निर्माण भएको उल्लेख गर्नुभयो । उक्त अस्पतालमा चिनियाँ चिकित्सक टोलीको नयाँ सेवा केन्द्र स्थापना गर्ने सहमति भएको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै, चीनको सहयोगमा कीर्तिपुरमा स्थापना भएको राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रले अनुसन्धान, तालिम र क्षमता विकासमा योगदान पुर्‍याउँदै आएको उहाँले बताउनु भयो । परम्परागत चिनियाँ चिकित्सा क्षेत्रमा पनि दुई देशबीच सहकार्य भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले निःशुल्क उपचार सेवा, नेपाली स्वास्थ्यकर्मीलाई तालिम तथा उपचार पद्धति र औषधिसम्बन्धी ज्ञान आदानप्रदान हुँदै आएको बताउनु भयो । अकुपञ्चर उपचार पद्धति कम खर्चिलो र सर्वसाधारणको पहुँचमा रहेको उल्लेख गर्दै उहाँले आफूले समेत यससम्बन्धी तालिम लिएको र सामान्य स्वास्थ्य समस्यामा अभ्यास गर्दै आएको जानकारी दिनुभयो । ज्वरो, टाउको दुखाइ, ग्यास्ट्रिक तथा ढाड र जोर्नी दुखाइजस्ता समस्यामा अकुपञ्चर उपयोगी हुन सक्ने उहाँको भनाइ थियो । २०७२ सालको महाभूकम्प, कोभिड-१९ महामारी तथा गत भदौमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका क्रममा चीन सरकारले गरेको उद्धार, राहत तथा स्वास्थ्य सामग्री सहयोगप्रति उहाँले आभार व्यक्त गर्नुभयो । चिनियाँ स्वास्थ्यकर्मीका टोलीले नेपालको दुर्गम तथा ग्रामीण क्षेत्रमा सञ्चालन गरेका निःशुल्क स्वास्थ्य शिविरबाट हजारौँ नागरिक लाभान्वित भएको उहाँले बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रबाहेक बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत कनेक्टिभिटी, पूर्वाधार विकास, शिक्षा, प्रविधि, कृषि, पर्यटन तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा पनि नेपाल-चीन सहकार्य भइरहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल-चीनबीचको ऐतिहासिक मित्रता अझ सुदृढ बनाउँदै स्वास्थ्य, शिक्षा, प्रविधि, पूर्वाधार तथा मानवीय सेवाका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ब्राजिलका विश्वविजेता रोमारियोले एन्सेलोट्टीलाई भने- अब अति भयो, सामान प्याक गरेर फर्क !
Latest NewsJust now

ब्राजिलका विश्वविजेता रोमारियोले एन्सेलोट्टीलाई भने- अब अति भयो, सामान प्याक गरेर फर्क !

काठमाडौं । जापानसँग मैत्रीपूर्ण फुटबल खेलमा पराजित भएपछि ब्राजिलका पूर्वस्टार खेलाडी रोमारियाेले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । सिंगापुरमा शनिबार भएको मैत्रीपूर्ण खेलमा ब्राजिल जापानसँग ३–२ गोलले पराजित भएको थियो । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्नु र अन्तिम समयमा गोल खानुले ब्राजिलको प्रदर्शनमाथि प्रश्न उठिरहेका बेला सन् १९९४ को विश्वकप विजेता रोमारियाेले प्रशिक्षक एन्सेलोट्टीप्रति ...

केन्द्रबिन्दु
२२ करोड बराबरको सेतो हेरोइनसहित भारतीय पक्राउ, अन्तर्राष्ट्रिय सञ्जालको प्रमुख भएको आशंका
Latest NewsJust now

२२ करोड बराबरको सेतो हेरोइनसहित भारतीय पक्राउ, अन्तर्राष्ट्रिय सञ्जालको प्रमुख भएको आशंका

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध सेतो हेरोइनसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध ब्यूरोको टोलीले थाइल्याण्डबाट नेपाल आएका ५५ वर्षीय रेवाराज टिघारे रहेका छन् । भारतको महाराष्ट्र पुने स्थायी ठेगाना भएका उनले आफूले ल्याएको लगेजभित्र खरायो र बिरालोको खानाको प्याकेटमा लुकाइ साढे ५ केजी सेतो हेरोइन ल्याएका थिए । यसअघि […] ...

लोकपथ
प्लेफममा पुगिसकेको चितवन र समूह चरणबाटै बाहिरिएको कर्णालीबिचको प्रतिस्पर्धा
Latest NewsJust now

प्लेफममा पुगिसकेको चितवन र समूह चरणबाटै बाहिरिएको कर्णालीबिचको प्रतिस्पर्धा

प्लेफममा पुगिसकेको चितवन र समूह चरणबाटै बाहिरिएको कर्णालीबिचको प्रतिस्पर्धाबिच एनपीएलमा आइतबार प्रतिस्पर्धा भइरहेको छ । ...

रातोपाटी
सलहेश पोखरीमा छठको तयारी (तस्बिरहरु)
Latest NewsJust now

सलहेश पोखरीमा छठको तयारी (तस्बिरहरु)

काठमाण्डु- महापर्व छठको आज तेस्रो दिन। आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने भएकाले सिरहाका विभिन्न पोखरी, तलाउ तथा नदी किनारमा बिहानैदेखि चहलपहल बढेको छ। छठ पर्वका लागि सिरहा जिल्लाका विभिन्न जलाशय तथा घाटहरूमा सरसफाइ, सजावट र व्यवस्थापनका काम भइरहेका छन्। यसै क्रममा सिरहा सदरमुकामस्थित ऐतिहासिक सलहेश पोखरीलाई पनि झिलिमिली बत्ती तथा विभिन्न सजावटका सामग्रीले सिँगार्ने काम […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play