Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो, जीडीपीको ४५ प्रतिशत नाघ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो, जीडीपीको ४५ प्रतिशत नाघ्यो
Photo / Coverage: पर्दाफास

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व रु २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ दशमलव ०८ प्रतिशत हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको २०८३ कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुआतमा कुल सार्वजनिक ऋण रु २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रहेकामा कात्तिक मसान्तसम्ममा विनिमय दरमा भएको नाफासहित ऋण दायित्व घटेर रु २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख कायम भएको हो । कार्यालयको प्रतिवेदनअनुसार कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ०७ प्रतिशत रहेको छ । जसअनुसार कात्तिक मसान्तसम्म सरकारको वैदेशिक ऋण दायित्व रु १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख पुगेको छ भने आन्तरिक ऋण दायित्व रु १४ खर्ब ४७ करोड ५९ लाख रहेको छ । सरकारले चालु आर्थिक वर्षमा कुल रु छ खर्ब ५८ अर्ब २८ करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । त्यसमा कात्तिक मसान्तसम्म रु एक खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख ऋण प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको २३ दशमलव ३७ प्रतिशत हो । कुल ऋण परिचालनको लक्ष्यमा आन्तरिक ऋणतर्फ रु चार खर्ब १० अर्ब र वैदेशिक ऋणतर्फ रु दुई खर्ब ४८ अर्ब २८ करोड सात लाख रहेको छ । कात्तिक मसान्तसम्म आन्तरिक ऋणतर्फ रु एक खर्ब २५ अर्ब र वैदेशिक ऋणतर्फ रु २८ अर्ब ८४ करोड प्राप्त भएको छ । वार्षिक लक्ष्यका आधारमा आन्तरिक ऋण परिचालनको प्रगति ३० दशमलव ४९ प्रतिशत र वैदेशिक ऋण परिचालनको प्रगति ११ दशमलव ६२ प्रतिशत रहेको छ । प्राप्त कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१ दशमलव २५ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १८ दशमलव ७५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । सरकारले चालु आर्थिक वर्षमा परिचालन गर्ने लक्ष्य राखेको सार्वजनिक ऋणमध्ये अझै रु पाँच खर्ब चार अर्ब ४३ करोड ३५ लाख प्राप्त गर्न बाँकी छ । यसमध्ये आन्तरिक ऋणतर्फ रु दुई खर्ब ८५ अर्ब र वैदेशिक ऋणतर्फ रु दुई खर्ब १९ अर्ब ४३ करोड ३५ लाख परिचालन गर्न बाँकी रहेको छ । यसैगरी, सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा सरकारले चालु आर्थिक वर्षका लागि रु चार खर्ब १७ अर्ब ८८ करोड बराबर बजेट विनियोजन गरेको छ । जसमध्ये कात्तिक मसान्तसम्ममा रु एक खर्ब ४० अर्ब ९३ करोड ६१ लाख ऋण भुक्तानी भएको छ । यो वार्षिक विनियोजनको ३३ दशमलव ७३ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादनको आधारमा चार महिनामा भएको ऋण सेवा खर्च दुई दशमलव १४ प्रतिशत रहेको छ । ऋण सेवा खर्चअन्तर्गत आन्तरिक ऋण भुक्तानीमा रु एक खर्ब १९ अर्ब १८ करोड ८२ लाख र वैदेशिक ऋण भुक्तानीमा रु २१ अर्ब ७४ करोड ७९ लाख खर्च भएको छ । आन्तरिक ऋण भुक्तानीका लागि वार्षिक रु तीन खर्ब २८ अर्ब १४ करोड बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्म ३६ दशमलव ३२ प्रतिशत खर्च भएको छ । यसअन्तर्गत आन्तरिक ऋणको साँवा भुक्तानीमा रु ९९ अर्ब ९४ करोड र ब्याज भुक्तानीमा रु १९ अर्ब २४ करोड ८२ लाख खर्च भएको छ । आन्तरिक ऋणको साँवा भुक्तानीमा वार्षिक विनियोजनको ४० दशमलव ६४ प्रतिशत र ब्याज भुक्तानीमा २३ दशमलव ४० प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, वैदेशिक ऋण भुक्तानीका लागि विनियोजन गरिएको रु ८९ अर्ब ७४ करोड ७० लाखमध्ये कात्तिक मसान्तसम्म रु २१ अर्ब ७४ करोड ७९ लाख खर्च भएको छ । यो वार्षिक विनियोजनको २४ दशमलव २३ प्रतिशत हो । वैदेशिक ऋणको साँवा भुक्तानीमा रु १७ अर्ब ३८ करोड र ब्याज भुक्तानीमा रु चार अर्ब ३६ करोड ७९ लाख खर्च भएको छ । वैदेशिक ऋणको साँवा भुक्तानीमा वार्षिक बजेटको २४ दशमलव ०७ प्रतिशत र ब्याज भुक्तानीमा २४ दशमलव ९० प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोगमा अद्यावधिक
OthersJust now

गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोगमा अद्यावधिक

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समिति निर्वाचन आयोगमा अद्यावधिक गरेको छ । निर्वाचन आयोगले बुधबार थापा नेतृत्वको समितिलाई अद्यावधिक गरेको हो । विशेष महाधिवेशनबाट आएको समितिले गत असोजमा १५ औँ महाधिवेशन गरेको थियो । ...

पर्दाफास
स्वास्थ्य बीमाको सेवा लिन अब डिजिटल कार्ड वा फोटोकपी देखाए पुग्ने
OthersJust now

स्वास्थ्य बीमाको सेवा लिन अब डिजिटल कार्ड वा फोटोकपी देखाए पुग्ने

स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा स्वास्थ्य बीमा परिचयपत्रको स्पष्ट विवरण देखिने फोटोकपीका आधारमा पनि सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ । ...

अनलाइन खबर
भुटानमा हुने गेलेफु टी–२० सिरिज खेल्ने नेपाल ए टोली घोषणा
OthersJust now

भुटानमा हुने गेलेफु टी–२० सिरिज खेल्ने नेपाल ए टोली घोषणा

९ मंसिर, काठमाडौं । भुटानमा आयोजना हुने गेलेफु मेन्स टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल ‘ए’ टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। डिसेम्बर ४ देखि १३ सम्म हुने सिरिजका लागि टोलीमा विवेककुमार यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतीश जीसी, अर्जुन घर्ती मगर,… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement