बेन्जमिन नेतन्याहूले इजरेली विपक्षी नेता गादी आइजनकोटलाई 'आलोपालो' राष्ट्रिय एकताको सरकारमा पहिलो प्रधानमन्त्री बनाउन आफूले सहमति जनाउने बताएका छन्।शनिवार सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टमा नेतन्याहूले "मेरो नेतृत्वको जिम्मेवारीले मलाई सबै कुरा, सबैभन्दा ठूलो पार्टीको सिद्धान्तसमेत छोड्न बाध्य पार्छ" भन्दै उनले सुरुमा "वैकल्पिक प्रधानमन्त्री" को रूपमा सेवा गर्ने बताएका हुन्।यो महिनाको सुरुमा इजरेलका राष्ट्रपति आइज्याक हेरजोगले २८ दिनभित्र सरकार गठन गर्ने जिम्मा दिएका आइजनकोटले छिटो जवाफ दिँदै कार्यवाहक प्रधानमन्त्री नेतन्याहूलाई "साँचो र छिटो वार्ता" गर्न भनेका थिए।आइजनकोटले शुक्रवार नेतन्याहूको दक्षिणपन्थी लिकुड पार्टीमाथि डिसेम्बर छ तारिखको म्यादअघि गठबन्धन वार्ता रोकेको आरोप लगाएपछि नेतन्याहूको यस्तो पोष्ट आएको हो।आइजनकोटको मध्यमार्गी याशर पार्टी र तीन अन्य यहूदी विपक्षी पार्टीहरूले अक्टोबरको निर्वाचनमा ४८ सिट जितेका थिए। नेतन्याहूको समूहले ५३ सिट जित्यो र दुवैले १२० सिट भएको संसद्मा बहुमतभन्दा कम पाए।राष्ट्रपति हेर्जोगले चुनावपछि एक साता सबै पार्टीहरूसँग परामर्श गरेका थिए र त्यसपछि सेनाका पूर्व प्रमुख समेत रहेका आइजनकोटलाई सरकार बनाउन पहिलो मौका दिएका थिए।अरब नेतृत्वका दुई गठबन्धनहरू युनाइटेड अरब लिस्ट र जोइन्ट लिस्टले अरब मतदाताहरूको मतदानमा सङ्ख्या बढेसँगै अभूतपूर्व १९ सिट जितेका थिए।यसले उनीहरूलाई सरकार बनाउनमा प्रभावशाली बनाएको छ। यद्यपि सबै यहूदी पार्टीहरूले मतदान अघि सरकार बनाउनका लागि उनीहरूसँग काम नगर्ने वाचा गरेका छन्। इजरेलमा सरकार बनाउन प्रयासरत गादी आइजनकोट को हुन्इजरेल चुनाव: विपक्षीद्वारा नेतन्याहुले चुनावलाई 'अवैध' बनाउन खोजेको आरोप इजरेलको च्यालन १२ सँग शनिवारको अन्तर्वार्तामा मध्यमार्गी इस्लामवादी राम पार्टीका नेता मन्सूर अब्बासले उनी र उनको पार्टीले हमासलाई "आतङ्कवादी समूह" को रूपमा मान्यता दिएको बताएका छन्।आइजनकोटले आवश्यक बहुमत हासिल गर्न केही प्रगति गरेका छन्। उनले इसराएल बेइतेनु पार्टी र द डेमोक्र्याटस्सँग गठबन्धन सम्झौतामा सहमति जनाएका हुन्।उनको समूहको चौथो पार्टी बेयाखाड इजरेलका पूर्व प्रधानमन्त्री नफ्ताली बेनेट्को नेतृत्वमा छ। उनले बिहीवार लिकुड पार्टीलाई समेट्ने एकताको सरकारको पक्षमा रहेको र आइजनकोट पहिलो प्रधानमन्त्रीका रूपमा रहन सहमत भएको बताए।नेतन्याहुको पछिल्लो टिप्पणीपछि बेनेट्ले नेतन्याहूले "आइजनकोट नेतृत्वको एकता सरकारमा सामेत हुन तयार हुनु सही निर्णय भएको र उक्त सरकार सेवा गर्नेहरूको गठबन्धनमा आधारित भएको" बताए।नेतन्याहूले एकता सरकारको प्रस्ताव "अस्तित्वगत खतरा र यस्तो सरकार गठन हुने सम्भावना" का कारण गरेको बताए। उनले खतराको सामना गर्न सक्ने क्षमताका लागि पनि एकता सरकारको प्रस्ताव गरेको बताए।"यदि लिकुड साँच्चिकै एकताका लागि तयार छ भने म आगामी २४ घन्टामा यसको उद्देश्यको गम्भीरता मूल्याङ्कन गर्न तयार छु," आइजनकोटले जवाफमा भने। Eisenkot said in response.उनले वार्ता गत आइतवार नेतन्याहूलाई पठाइएको "विस्तृत प्रस्ताव" मा हुने बताए। उनले भने, "अहिलेसम्म हामीले कुनै प्रतिक्रिया पाएका छैनौँ।"शुक्रवार आइजनकोटले लिकुडलाई "ढिलाइ" गरेको आरोप लगाए र पार्टीले विगत दुई सातामा कुनै ठोस प्रस्ताव अघि नसारेको दाबी गरे। इजरेलमा कुनै पनि राजनीतिक पार्टीले कहिल्यै पूर्ण बहुमत पाएका छैनन् र सधैँ गठबन्धन सरकारहरू बनेका छन्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
नेतन्याहूले गरे प्रतिद्वन्द्वी आइजनकोट प्रधानमन्त्री पहिला बन्ने इजरेली एकता सरकारको प्रस्ताव

Read Complete Original Article
Published originally on बीबीसी नेपाली






