Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

नेकपा एमाले कुनै हुतिहारको पार्टी होइन, देश बनाउने पार्टी हो : अध्यक्ष ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेकपा एमाले कुनै हुतिहारको पार्टी होइन, देश बनाउने पार्टी हो : अध्यक्ष ओली
Photo / Coverage: जनताटाइम्स

काठमाडौँ, मंसिर २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले कुनै कमजोर मनोबल भएको पार्टी नभई देश निर्माणको स्पष्ट दृष्टिकोण, संकल्प र प्रतिबद्धता बोकेको पार्टी भएको बताउनुभएको छ। पार्टीको राष्ट्रिय भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले देश बनाउने उद्देश्यका साथ स्थापित पार्टी भएकाले कसैले कमजोर ठानेर चुनौती दिन खोज्दैमा विचलित नहुने स्पष्ट पार्नुभयो। ‘नेकपा एमाले कुनै हुतिहारको पार्टी होइन, देश बनाउने पार्टी हो यो,’ उहाँले भन्नुभयो, ‘एमाले कसैको हावादारी कुरा र धम्कीबाट हल्लिने पार्टी होइन। हामी संघर्ष गरेर आएका हौँ, जेलनेल भोगेर आएका हौँ।’ अध्यक्ष ओलीले एमालेको राजनीतिक इतिहास, संघर्ष र योगदानलाई स्मरण गराउँदै पार्टीलाई कमजोर बनाउने तथा नेतृत्वलाई विस्थापित गर्ने सपना नदेख्नसमेत चुनौती दिनुभयो। एमालेविनाको देश बनाउने र केपी ओलीविनाको एमाले निर्माण गर्ने प्रयास सफल नहुने उहाँको भनाइ थियो। ‘केहीले एमालेविनाको देश बनाउने सपना देखे, त्यसका लागि केपी ओलीविनाको एमालेका कुरा गरे। तर त्यो केही पनि हुँदैन,’ उहाँले भन्नुभयो, ‘नेकपा एमाले छलफल गर्छ, एकताबद्ध भएर अघि बढ्छ।’ उहाँले राष्ट्रिय भेला केवल औपचारिक जमघट नभई पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने, संगठनलाई एकताबद्ध बनाउने र निर्वाचनको तयारीलाई प्रभावकारी बनाउने महत्वपूर्ण अवसर भएको बताउनुभयो। ‘यो भेला एउटा संकल्पको भेला हो, एउटा प्रतिबद्धताको भेला हो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता हो। यो प्रतिबद्धतालाई हामीले त्यागेका छैनौँ। सबै नेपाली सुखी हुनुपर्छ, नेपाल समृद्ध हुनुपर्छ।’ अहिले देशको समृद्धिको यात्रा रोकिएको टिप्पणी गर्दै उहाँले त्यसलाई पुनः अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। एमालेले सुशासन, विकास र राष्ट्रिय समृद्धिको अभियानलाई आफ्नो राजनीतिक उद्देश्यका रूपमा लिएको उहाँको भनाइ थियो। सम्बोधनका क्रममा अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारका जिम्मेवार पदाधिकारीबाट धम्कीपूर्ण अभिव्यक्ति आइरहेको आरोप लगाउनुभयो। प्रहरी महानिरीक्षकबाट आफू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई थुनिदिने आशयका अभिव्यक्ति आएको प्रसंग उल्लेख गर्दै उहाँले राजनीतिक नेतृत्वलाई धम्की दिने शैलीप्रति आपत्ति जनाउनुभयो। ‘हामी जेलनेल भोगेर आएका हौँ। यिनीहरू जन्मनुभन्दा अघिदेखि संघर्ष गरेर आएका हौँ,’ उहाँले भन्नुभयो, ‘छ महिनाका लागि जागिर खाने एउटा सिपाहीँले हामीमाथि मजाक गर्ने ?’ गृहमन्त्रीले फाइल खोल्दै गरेको र थुनिदिने अभिव्यक्ति दिएको प्रसंगमा समेत उहाँले चुनौतीपूर्ण शैलीमा आफ्नो धारणा राख्नुभयो। ‘हुति भए थुन्नु नि, गल्ती गरेको भए ऊ पनि थुनिएला नि,’ उहाँले भन्नुभयो। यस्ता अभिव्यक्ति र गतिविधिबाट एमाले नतर्सिने उल्लेख गर्दै उहाँले पार्टीको राजनीतिक शक्ति र संगठनात्मक आधार कमजोर नभएको दाबी गर्नुभयो। सामाजिक सञ्जालमा गरिने टिप्पणी र मजाकको जवाफ एमालेले आफ्नो राजनीतिक गतिविधि र संगठनात्मक सामर्थ्यमार्फत दिने उहाँको भनाइ थियो। अध्यक्ष ओलीले आगामी निर्वाचनलाई पार्टीका लागि महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभयो। विशेषगरी आगामी स्थानीय तहको निर्वाचनमा एमाले विजयी हुने दाबी गर्दै उहाँले बलियो संगठन र एकताबद्ध पार्टी पंक्तिका साथ निर्वाचनमा होमिने बताउनुभयो। ‘आउने स्थानीय निर्वाचन हामीले जित्नेछौँ। हामी एउटा सशक्त संगठन लिएर निर्वाचनमा जाँदै छौँ,’ उहाँले भन्नुभयो। अन्य राजनीतिक समूहको संगठनात्मक अवस्थामाथि टिप्पणी गर्दै अध्यक्ष ओलीले एमालेसँग प्रतिस्पर्धा गर्न आउनेहरू क्लब बनाएर निर्वाचनमा आउन लागेको व्यङ्ग्यसमेत गर्नुभयो। एमाले भने देशव्यापी संगठन, राजनीतिक अनुभव र स्पष्ट कार्यदिशासहित प्रतिस्पर्धामा उत्रिने उहाँको दाबी थियो। उहाँले केही दिनमै एमाले देशको भविष्य र विकासको प्रमुख राजनीतिक शक्ति भएको कुरा प्रमाणित हुने जिकिरसमेत गर्नुभयो।पार्टीको राष्ट्रिय भेला मंसिर २ र ३ गते दुई दिनसम्म सञ्चालन हुनेछ। भेलामा केन्द्रीय नेतृत्वदेखि प्रदेश, जिल्ला तथा पालिका तहका पार्टी पदाधिकारी, जनसंगठनका प्रतिनिधि र विभिन्न तहका जनप्रतिनिधिसहित तीन हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ। पार्टीले भेलालाई आगामी स्थानीय तहको निर्वाचनको तयारी, संगठन परिचालन, वैचारिक तथा संगठनात्मक एकता सुदृढीकरण र केन्द्रीय कमिटीबाट पारित निर्णयहरूको प्रभावकारी कार्यान्वयनसँग जोडेको छ। भेलामा पार्टीले गर्नुपर्ने १५ वटा कामका विषयमा समेत छलफल गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय भेलामार्फत पार्टी पंक्तिमा एकीकृत राजनीतिक सन्देश प्रवाह गर्दै आगामी राजनीतिक चुनौतीको सामना गर्ने र निर्वाचनमा संगठनलाई प्रभावकारी रूपमा परिचालन गर्ने एमालेको तयारी छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महासचिव पोखरेलले औंल्याए एमालेभित्रका १४ गम्भीर समस्या : जनतासँग कमजोर सम्बन्धदेखि गुटबन्दीसम्म चुनौती
PoliticsJust now

महासचिव पोखरेलले औंल्याए एमालेभित्रका १४ गम्भीर समस्या : जनतासँग कमजोर सम्बन्धदेखि गुटबन्दीसम्म चुनौती

काठमाडौं, मंसिर २ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको संगठनात्मक जीवनमा देखिएका १४ वटा गम्भीर समस्या औंल्याउँदै तिनको समाधानका लागि सुझावसहितको कार्यपत्र प्रस्तुत गर्नुभएको छ। एमालेको राष्ट्रिय भेलाको बन्दसत्रमा आज प्रस्तुत कार्यपत्रमा पार्टीको संगठनात्मक संरचना, नेतृत्व प्रणाली, कार्यकर्ता व्यवस्थापन, युवा पुस्तासँगको सम्बन्ध, आन्तरिक लोकतन्त्र, गुटबन्दी, अनुशासन र जनतासँगको सम्बन्धलगायत विषयमा गम्भीर समीक्षा गरिएको छ। महासचिव पोखरेलले पार्टीको संगठनात्मक संरचना व्यापक ...

जनताटाइम्स
द्रुतमार्ग सडक आयोजना अन्तरगत महादेबटार सुरुङको ब्रेक-थ्रू
PoliticsJust now

द्रुतमार्ग सडक आयोजना अन्तरगत महादेबटार सुरुङको ब्रेक-थ्रू

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत रहेको मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माणाधीन महादेवटार सुरुङको जोडी सुरुङ (Twin Tube Tunnel) मध्ये सबैभन्दा लामो ३ हजार ४२२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङ बुधबार राष्ट्रपति रामचन्द्र पौडेलको पस्थितिमा ब्रेक थ्रू गरिएको छ ।  कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, प्रधान सेनापति अशोक राज सिग्देल, रक्षा सचिवलगायत ...

फरकधार
ओली कार्यशैलीप्रति महासचिव पोखरेलको गम्भीर असन्तुष्टि, शक्ति केन्द्रीकरणको कडा आलोचना
PoliticsJust now

ओली कार्यशैलीप्रति महासचिव पोखरेलको गम्भीर असन्तुष्टि, शक्ति केन्द्रीकरणको कडा आलोचना

काठमाण्डु- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र नेतृत्वको कार्यशैली, शक्ति केन्द्रीकरण, अवसर वितरण र आन्तरिक लोकतन्त्रको अवस्थामाथि गम्भीर प्रश्न उठाएका छन् । पार्टीको बुधबारदेखि काठमाण्डुमा सुरू राष्ट्रिय भेलामा प्रस्तुत गरेको ‘शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारी’सम्बन्धी राजनीतिक तथा संगठनात्मक दस्तावेजमा पोखरेलले पार्टीभित्र मौलाउँदै गएको नेतृत्वकेन्द्रित प्रवृत्ति, सामूहिक निर्णय प्रक्रियाको कमजोरी र आलोचना गर्न नसक्ने […] ...

काठमाण्डुपाटी
ओली भन्छन्- हामीलाई थुन्ने धम्की दिनु गैरजिम्मेवारपूर्ण, चुनाव लड्ने क्लब बनाएर पार्टी बन्दैन
PoliticsJust now

ओली भन्छन्- हामीलाई थुन्ने धम्की दिनु गैरजिम्मेवारपूर्ण, चुनाव लड्ने क्लब बनाएर पार्टी बन्दैन

प्रहरी प्रशासन र गृहमन्त्रीबाट आफूहरूलाई पक्राउ गर्ने धम्कीपूर्ण अभिव्यक्ति आएको भन्दै तीव्र आक्रोश व्यक्त गरेका छन्। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play