Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

निषेधित गरिएका प्लाष्टिकका ३३६ वटा माला र १४० पुष्पगुच्छा महानगर प्रहरी बलबाट जफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
निषेधित गरिएका प्लाष्टिकका ३३६ वटा माला र १४० पुष्पगुच्छा महानगर प्रहरी बलबाट जफल
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । महानगर प्रहरी बलले काठमाडौंका विभिन्न ठाउँबाट प्लाष्टिकजन्य ३३६ वटा माला र १४० वटा पुष्पगुच्छा जफत गरेको छ । काठमाडौँ महानगर प्रहरी बल र महानगरपालिकाकै वातावरण व्यवस्थापन विभागले छुट्टाछुट्टै सार्वजनिक सूचना प्रकाशन गरेर यस्ता वस्तु विक्रीका लागि निषेध गरेका थिए । यसरी गरिएको सूचनालाई वेवास्ता गर्दै प्लाष्टिकजन्य फूल, माला, पुष्पगुच्छा तथा सजावटका सामान बिक्री गर्ने व्यापारीबाट यी बस्तु जफत गरिएका हुन् । यसरी सामान बेच्ने व्यापारीहरु चावहिल मैजुबहाल, मच्छिन्द्रबहाल, कोटेश्वर, कोटेश्वर पानीपुरी चोक, जयबागेश्वरी, कालीमाटी, नयाँ बसपार्क, धुम्बाराहीलगायत स्थान छन् । जफत गरिएका सामानमध्ये सबैभन्दा धेरै कोटेश्वर र कोटेश्वर पानीपुरी चोकमा बिक्री भइरहेका सामान छन् । महानगर प्रहरी बलले नगर प्रहरीको सेवालाई नागरिकका नजिक पु¥याउने उद्देश्यले महानगरको भूगोललाई ४ क्षेत्रमा विभाजन गरेर क्षेत्रगत कमाण्डर र विभिन्न दर्जाका प्रहरी खटाएर बजारको नियमित निगरानी र अनुगमन गरिरहेको छ । यसअन्तर्गत पूर्व क्षेत्र, पश्चिम क्षेत्र, उत्तर क्षेत्र र मध्य क्षेत्रबाट खटिएका टोलीले सहरका विभिन्न स्थानबाट अनधिकृत रुपमा बेच्न राखिएका फूल माला जफत गरेका हुन् । महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्रका ३३ वटा स्थानमा स्वदेशी फूल बिक्रीका लागि स्थान तोकेको छ । यसरी तोकिएका स्थानमा विक्री सहजीकरणका लागि सम्पर्क नम्बर सार्वजनिक गरिएको छ । तोकिएका सार्वजनिक ठाउँमा किसानहरुलाई सहजीकरण गर्न महानगर प्रहरी बलका फोन नम्बरहरु दिइएको छ । महानगर प्रहरी बलसँग सम्पर्क गर्न ०१–५९०१७६३, ०१–५९०१७६४ मा र मोवाइल नम्बर ९८५१३५६५०९ मा सम्पर्क गरेर सहयोग लिन सकिने प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए ।प्रहरी बलले स्वदेशी फूल बिक्रीका लागि भने सहजीकरण गरिरहेको छ । एनबि सेन्टर नयाँ बानेश्वरका लागि आकृति श्रेष्ठ (९८०१३६२३१२) सँग, बिग मार्ट, शंखमुलका लागि विपिन रावल (९८४८६४३२९७) सँग, आइप्लेक्स मल नयाँ बानेश्वरका लागि शिशिर कुमार पोखरेल (९८६१७८१७५३) सँग सम्पर्क गर्न सकिनेछ । यस्तै, सेल्स बेरी, मध्य बानेश्वरका लागि सपना सिजापती (९८०१९७१३०८) सँग, फोनेक्स टावर, बत्तीसपुतलीका लागि सुरज थापा (९७६३६९७१४०) सँग, ए.सी. कम्लेक्स, चावहिलका लागि गोविन्द्रराज गिरी (९८४१५१७२३३) सँग, चावहिल गणेशस्थान, तरकारी बजारका लागि अज्जब श्रेष्ठ (९८४१०७८८०८) सँग, के.एल.टावर अगाडि, चावहिलका लागि चेतना गुरुङ्ग (९८०५८४१९७८) सँग, कमलादीमा रहेको आइटी बिल्डिङ्का लागि (०१ ४५१५७८६) मा, पुतली सडकमा रहेको स्टार मलका लागि चित्र बहादुर ढुंगाना ( ९८६९५३९५११) सँग, अनामनगरमा रहेको भाटभटेनीका लागि अजय लामा (९८०१२४१४५१) सँग, सुन्धारामा रहेको काठमाडौँ मलका लागि (०१–५३५२५५५) मा, न्यूप्लाजामा रहेको बज्र कम्प्लेक्स गुड मार्टका लागि मोहिङका भूर्तेल (९८५१४००७९१) सँग सम्पर्क गर्न सकिनेछ । तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । लगनटोल, जैसीदेवल, भृकुटीमण्डप, टेवहाल मन्दिर परिसर, स्वयम्भू धर्म चक्र पार्क, कालीमाटीमा रहेको कालीमाटी ब्याङ्क्वेट, कालीमाटीकै द्यौखेल, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर, माछापोखरीको बुद्ध मल, माछा पोखरीकै गुणस्तर तथा नापतौल विभागतर्फको गहिलो भाग, हाँडीगाउँ (नरःदे) को कार्यालय अगाडिको डबली, हाँडीगाउँकै गणेश मन्दिर डबली, वडा नं. २६ को कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोङ्गबुको बिगमार्ट, चप्पल कारखानाको बिगमार्ट र बालुवाटारको बिगमार्टमा पनि फूल विक्रीका लागि स्थान उपलब्ध गराइएको छ । वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै भनेको छ, ‘नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाएको छ । साथै, काठमाडौँ महानगरपालिकाले समेत विगतका वर्षहरुदेखि नै प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा निषेध गरेको छ । ’ जानकारी सँगै अनुरोध गर्दै सूचनामा भनिएको छ, ‘आउँदै गरेको तिहारलाई लक्षित गरी आयात हुने प्लाष्टिकजन्य फूलगुच्छा तथा मालाको प्रयोगबाट वातावरणलाई हुने क्षति कम गरि स्वदेशी फूल तथा मालाको विक्री वितरण तथा प्रयोगलाई प्राथमिकतामा राख्नु हुन सम्पूर्ण महानरवासीमा अनुरोध छ ।’ सूचनाको अन्त्यमा विधिको पालना नगर्नेलाई सचेत गराउँदै भनिएको छ, ‘सूचनाको अवज्ञा गरि पूर्णरुपमा रोक लगाईएका प्लाष्टिकजन्य फूलगुच्छाको आयात, विक्री वितरण तथा भण्डारण वा सजावटको लागि प्रयोग गरिएको पाइएमा सामाग्रीहरु जफत हुने तथा काठमाडौँ महानगरपालिका, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र प्रचलित आर्थिक ऐन बमोजिम कारबाही हुने समेत जानकारी गराइन्छ ।’ तिहारमा घर, मठमन्दिर तथा सार्वजनिक स्थल सजाउन फूलको प्रयोग बढ्दै जाँदा नेपाली बजारमा स्वदेशी तथा विदेशी फूलको कारोबार पनि बढ्ने गरेको छ । फूलको बढ्दो मागलाई स्वदेशी उत्पादनबाटै धान्ने र नेपाली किसानले उत्पादन गरेको फूललाई बजार सुनिश्चित गर्ने उद्देश्यले किसानलाई सिधै बजारको पहुँच दिन महानगरपालिकाले काम गरिरहेको हो । २०८० सालदेखि महानगरपालिकाले तिहारका अवसरमा स्वदेशी फूल बिक्रीका लागि निश्चित स्थान उपलब्ध गराउँदै आएको छ । नेपाली उत्पादनलाई विदेशी फूलबाट छुट्याएर पहिचान दिन तथा बिक्रीमा प्राथमिकता सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको हो । महानगरपालिकाले पहिलो वर्ष प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजुको भ्याली कोड स्टोरको प्राङ्गणमा फूल बिक्री गर्ने व्यवस्था गरेको थियो । सुरुमा व्यापारीलाई महानगरको योजना बारे पर्याप्त जानकारी नहुँदा उनीहरू सहरका विभिन्न स्थानमा बसेर फूल बिक्री गर्न थालेका थिए । त्यसपछि महानगर प्रहरी बलले व्यापारीलाई सवारीसाधनमार्फत तोकिएका बिक्री स्थलसम्म लगेर फूल तथा माला लोड–अनलोड गर्न सहयोग गरेको थियो । नेपालमा अहिले पनि पुष्प तथा पुष्पजन्य वस्तुको आयातको आकार ठुलो छ । नेपालमा भारत, नेदरल्याण्ड्स, चीन, जापान, जर्मनी, केन्या, थाइल्याण्ड, भियतनाम, अमेरिका, इजिप्ट, युगान्डा, बेल्जियम, इटाली, यूएई, ताइवान र इजरायललगायत देशबाट फूल तथा पुष्पजन्य वस्तु आयात हुने गरेका छन् । आयात हुने वस्तुमा विभिन्न प्रजातिका बिरुवा, बीउबिजन, फ्रेस कट फ्लावर, बल्ब, ट्युबर तथा ट्युबर रुट्स रहेका छन् । स्वदेशी फूल बिक्रीका लागि महानगरपालिकाले निश्चित स्थान उपलब्ध गराउनु सकारात्मक प्रयास हो । महानगरपालिकासँगै सरोकारवाला निकायले, पुष्प व्यवसायको दीर्घकालीन विकासका लागि उत्पादनदेखि बजारसम्मको श्रृङ्खला व्यवस्थित गर्न आवश्यक छ । किसानलाई गुणस्तरीय बीउबिजन, प्राविधिक सहयोग, सिँचाइ, उत्पादन सामग्री र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तथा फूलको भण्डारण, ढुवानी र बजार व्यवस्थापनमा सहयोग दिन सके स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउन सकिन्छ । The post निषेधित गरिएका प्लाष्टिकका ३३६ वटा माला र १४० पुष्पगुच्छा महानगर प्रहरी बलबाट जफल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘भोटेकोशी विपद्मा गुनासो आउन नदिने गरी राहत र उद्धारमा काम भइरहेको छ’
Latest NewsJust now

‘भोटेकोशी विपद्मा गुनासो आउन नदिने गरी राहत र उद्धारमा काम भइरहेको छ’

काठमाडौँ, कात्तिक २१ गते । भोटेकोशी बाढीका क्रममा विपद् प्रभावितलाई गुनासो आउन नदिने गरी राहत तथा पुनस्र्थापनामा काम भइरहेको सरोकारवाला सरकारी निकायले बताएका छन् । ललितपुरमा आयोजित... ...

गोरखापत्र
यो सही समयमा हार हो: रोहित पौडेल
Latest NewsJust now

यो सही समयमा हार हो: रोहित पौडेल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लगातार चौथो खेलसम्म अपराजित यात्रा पूर्णविराम लागेपछि लुम्बिनीका कप्तान रोहित पौडेलले प्लेअफमा पुग्न हारका लागि यो राम्रो समय रहेको बताएका छन्। शनिबारको खेलमा काठमाडौं गोर्खाजसँग हारपछि पत्रकार सम्मेलनमा पौडेलले यो समयमा हारले अगाडि बढ्न मद्दत मिल्ने विश्वास व्यक्त गरे। आगामी दुई खेलमा राम्रो गर्दा प्लेअफमा पुग्ने अवसर पन... ...

नेपालखबर
उपाधि जित्नु नै हाम्रो लक्ष्य हो, ममाथि कुनै दबाब छैन : काठमान्डुका बलर खान
Latest NewsJust now

उपाधि जित्नु नै हाम्रो लक्ष्य हो, ममाथि कुनै दबाब छैन : काठमान्डुका बलर खान

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेपछि काठमाडौँ गोर्खाजका पाकिस्तानी तीव्र गतिका बलर जहाँदाद खानले आफ्नो टोलीको मुख्य लक्ष्य उपाधि जित्नु रहेको बताएका छन्... ...

रातोपाटी
सडक कविता यात्राका सिर्जना पुस्तकमा संकलित
Latest NewsJust now

सडक कविता यात्राका सिर्जना पुस्तकमा संकलित

सुनसरी – धरानमा ‘लक्ष्मी सडकका कविता २०८३’ कृति विमोचन गरिएको छ । शनिबार आयोजित कृति विमोचन, महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानमाथिको परिचर्चा तथा स्रष्टा सम्मान कार्यक्रममा कृतिका प्रधान सम्पादक शंकर भण्डारीले सडक कविता यात्राका क्रममा सिर्जना गरिएका कवितालाई संकलन र संरक्षण गरी भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यले कृति प्रकाशन गरिएको बताए । उनले साहित्यिक सिर्जनाको संरक्षण, नयाँ […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play