Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

निर्वाचन प्रणाली र मतदान प्रक्रियामा परिवर्तन गर्नुपर्छः आयुक्त सुब्बा

Share:WhatsAppFacebookX (Twitter)Telegram
निर्वाचन प्रणाली र मतदान प्रक्रियामा परिवर्तन गर्नुपर्छः आयुक्त सुब्बा
Photo / Coverage: टक्सार

निर्वाचन आयुक्त डा. राजीव सुब्बाले निर्वाचनलाई परम्परागत ढंगले सञ्चालन गर्दै आएको व्यवस्थामा परिवर्तन गर्नुपर्ने बताएका छन् । शुक्रवार ललितपुरमा निर्वाचन आयोगले चौथो पञ्चवर्षिय रणनीतिक योजनाबारे सरोकारवालाहरुसँग गरेको छलफल कार्यक्रममा यस्तो बताएका हुन् । उनले अबको निर्वाचन प्रणाली, व्यवस्था र निर्वाचनसम्बन्धी सम्पूर्ण क्रियाकलापमा समयअनुकूल परिवर्तन आवश्यक रहेको बताए । अहिलेको निर्वाचन प्रक्रियाले विभिन्न कारणले धेरै नागरिकलाई मतदान गर्न कठिनाइ भइरहेको उनको भनाइ छ । सुब्बाले विदेशमा रहेका वा कामको सिलसिलामा एक जिल्लाबाट अर्को जिल्लामा पुगेका नागरिकलाई समेत मतदानको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । योग्य सबै नागरिकले जुनसुकै अवस्थामा पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने उल्लेख गर्दै उनले यस मान्यताबाट पछि हट्न नहुने बताए । उनले अहिलेको निर्वाचन प्रक्रियाले धेरै नागरिकलाई असहज परिस्थितिमा पारेको भन्दै मतदानको अधिकारलाई सहज र सबैको पहुँचमा पु¥याउने गरी व्यवस्था गर्नुपर्ने बताए । उनले भने, ‘निर्वाचन अहिले जुन परम्परात ढंगले चलिरहेको छ, चलिराखोस् भन्नुहुन्छ भने मेरो विमति छ । जे चलिरहेको छ, राम्रै छ, किन गर्नुप¥यो र ऐन रु भन्ने छ । अबको परिस्थितिमा हामीसँग त्यो सुविधा छैन । अबको निर्वाचन प्रणाली, अबको निर्वाचन व्यवस्था, अबको निर्वाचनका सम्पूर्ण क्रियाकलापहरुको दृष्टिकोणमा हामीले परिवर्तन गर्नैपर्छ । हाम्रा नागरिकहरुले विदेशमा होस्, चाहे कामको सिलसिलामा एउटा जिल्लाबाट अर्को जिल्लामा गएको किन नहोस् रु उहाँहरुको नैसर्गिक अधिकार हो भोट गर्न पाउने । जुनसुकै अवस्थाका नागरिक जो योग्य छन्, उनीहरुले भोट गर्न पाउनुपर्छ भन्ने हाम्रो सर्वमान्य मान्यता हो, यसबाट हामी पछि हट्न हुँदैन । अहिलेको परिस्थितिमा जो चुनाव भइरहेको छ, त्यसले धेरै व्यक्तिहरुलाई एक किसिमले अफ्ठ्यारो परिस्थितिको सिर्जना गरेको छ ।’ उनले लोकतन्त्रलाई बलियो बनाउने मतदान नै भएको जिकिर गरे । आगामी निर्वाचनमा कतै न कतै अन्तरजिल्ला मतदान गर्ने व्यवस्था, विदेशमा रहेकाहरुलाई मतदानको अधिकार दिनुका साथै अनलाइन भोटिङको व्यवस्था गर्नु रहेको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
डेढ लाख घुस लिएको आरोपमा इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Latest NewsJust now

डेढ लाख घुस लिएको आरोपमा इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सेवाग्राहीबाट डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा कपिलवस्तुको कृष्णपुर नगरपालिकाका प्राविधिक प्रमुख इन्जिनिर प्रदीपकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार इन्जिनियर चौधरीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो। उनले नगरपालिकाबाट सञ्चालित सडकको अन्तिम बिल भुक्तानी गर्दा घुस लिइएको पाइएकाले मुद्दा... ...

नेपालखबर
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
Latest NewsJust now

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता

काठमाडौँ, मङ्सिर १२ गते । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ ।उक्त भे... ...

गोरखापत्र
विमानस्थलबाट थाई गाजासहित एक भारतीय पुरुष पक्राउ
Latest NewsJust now

विमानस्थलबाट थाई गाजासहित एक भारतीय पुरुष पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई गाजासहित एक भारतीय पुरुष पक्राउ परेका छन् । प्रहरीले शुक्रबार भारत उत्तर प्रदेशका ३३ वर्षीय शिवकुमार चौहानलाई पक्राउ गरेको हो । चौहान ४ केजी थाई... ...

रातोपाटी
घरबाट सम्पर्कविहीन महिला मृत फेला
Latest NewsJust now

घरबाट सम्पर्कविहीन महिला मृत फेला

तिलाचन पाण्डे गुल्मी, मङ्सिर ११ गते । गुल्मीमा तीन दिनदेखि घरपरिवारको सम्पर्कमा नरहेकी एक महिला मृत अवस्थामा फेला पर्नुभएको छ ।जिल्लाको रेसुङ्गा नगरपालिका–१४ खौवाकी ४० वर्षीया कोपि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement