Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ: उद्योगमन्त्री साह

Share:WhatsAppFacebookX (Twitter)Telegram
निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ: उद्योगमन्त्री साह
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले वर्तमान सरकार पारदर्शीता, नीतिगत स्थिरता र आपसी विश्वासमा आधारित लगानीमैत्री वातावरण बनाउनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् । नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीद्वारा आज यहाँ आयोजित ‘नेपाल–युके बिजनेस फोरममा उनले नेपालमा संयुक्त लगानी, प्राविधिक साझेदारी, उत्पादनमूलक क्षेत्रमा अवसर र नेपालका उदीयमान क्षेत्रमा लगानीका सम्भावना खोज्न बेलायती कम्पनीलाई आग्रह गरे । मन्त्री साहले विभिन्न पेसा, व्यवसायका सिलसिलामा बेलायमा रहेका नेपाली डायस्पोरालाई पनि मातृभूमिमा लगानी, व्यावसायिक विज्ञता, नवीनता र ज्ञान हस्तान्तरणका माध्यमबाट नेपाली र बेलायती अर्थतन्त्रबीच सेतुको काम गर्न आग्रह आह्वान गरे । नेपाल र बेलायतबीच दुई शताब्दीभन्दा लामो मित्रता, आपसी सम्मान, विश्वास र सहकार्यको इतिहास रहेको उल्लेख गर्दै मन्त्री साहले यो सम्बन्ध केबल कूटनीतिक संलग्नतामा मात्र सीमित नभई जनस्तर र भावनात्मक निकटतामा पनि आधारित रहेको बताए । “यो ऐतिहासिक सम्बन्धलाई अझ बलियो आर्थिक साझेदारीमा रूपान्तरण गर्ने अवसर छ, जसले उन्नत प्रविधि, जिम्मेवार लगानी र दिगो व्यापारलाई प्रवद्र्धन गर्न सकोस्”, उनले भने । नेपाल र बेलायतबीच नवीकरणीय ऊर्जा, जलविद्युत्, सूचना प्रविधि, हरित प्रविधि, उत्पादन तथा औद्योगिक विकास, दिगो पूर्वाधार र सेवा क्षेत्रका उदीयमान आयाममा सहकार्य गर्ने प्रचुर सम्भावना रहेको उनले औँल्याए । अवसरले मात्र लगानीकर्तालाई आकर्षित गर्न नसक्ने भन्दै उनले लगानीकर्तालाई आवश्यकपर्ने आत्मविश्वास, नीतिगत स्थिरता र पारदर्शीताका क्षेत्रमा वर्तमान सरकारले काम गरिरहेको जानकारी गराए । “व्यावसायिक समुदायले उठाउँदै आएका दोहोरो कर प्रणाली, कर नीतिमा पूर्वानुमानयोग्यता, नाफा फिर्ता लैजाने प्रक्रिया, बौद्धिक सम्पत्तिको सुरक्षा र निर्यात सहजीकरणका विषय विचारणीय रहेका छन्, यसलाई सरकारले स्वीकार गरेको छ”, उनले भने । नेपालका लागि बेलायतका राजदूत रब फेनले बेलायत र नेपाल २०४ देखिका साझेदार भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध निरन्तर विस्तार हुँदै गइरहेको बताए । नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका सभापति रोशन राठीले नेपाल र बेलायतबीच ‘दोहोरो कर मुक्ति सम्झौता’ गर्न सकिएमा द्विपक्षीय व्यापार र लगानीका लागि आधार तयार हुने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हावाहुरीले सुन्तला झारेपछि म्याग्दीका किसानलाई लाखौँको क्षति
Latest NewsJust now

हावाहुरीले सुन्तला झारेपछि म्याग्दीका किसानलाई लाखौँको क्षति

• म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आएको हावाहुरीले सुन्तला बगैँचामा ठूलो क्षति पुर्याएको छ, जसका कारण किसानको मेहनत खेर गएको छ। • हावाहुरीले घर, विद्यालय र स्वास्थ्य चौकीमा पनि क्षति पुर्याएको छ, र गाउँपालिकामा क्षतिको विवरण सङ्कलन भइरहेको छ। • प्रभावित किसानलाई राहत र पुनर्निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिने जानकारी दिइएको छ। ...

नेपालबहस
बायोग्यास वितरणको नीति बनाउन डंगोलको माग
Latest NewsJust now

बायोग्यास वितरणको नीति बनाउन डंगोलको माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बायोग्यास वितरणका लागि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रममा उनले पाइपलाइनमार्फत ग्यास वितरण गर्ने नीति... ...

रातोपाटी
भवन र पुल शिलान्याससँगै कागजबाट निर्माण चरणमा
Latest NewsJust now

भवन र पुल शिलान्याससँगै कागजबाट निर्माण चरणमा

गोरखा । गोरखा र धादिङको साँध चिरेर सुसाउने बुढीगण्डकीको छालमा बितेका १३ वर्षदेखि एउटै अधुरो सपना बगिरह्यो। ‘एक दिन यो नदी थुनिनेछ, विशाल ताल बन्नेछ र देश झलमल्ल हुनेछ’ भन्ने त्यहाँका... ...

रातोपाटी
तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि धमाधम रुख कटान
Latest NewsJust now

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि धमाधम रुख कटान

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनका केही स्थानमा रुख कटानको काम धमाधम अगाडि बढाइएको छ । प्रसारण लाइन निर्माणका क्रममा काट्नुपर्ने... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement