Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नास-आईटी एक्स्पो सफलतापूर्वक सम्पन्न स्वदेशी प्रविधि र अमेरिकी बजार विस्तारमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
नास-आईटी एक्स्पो सफलतापूर्वक सम्पन्न स्वदेशी प्रविधि र अमेरिकी बजार विस्तारमा जोड
Photo / Coverage: टक्सार

काठमाडौँ । नेपालको सूचना प्रविधि क्षेत्रको क्षमता, नवप्रवर्तन र व्यावसायिक सम्भावनालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित‘नास–आइटी एक्स्पो’ उत्साहजनक सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको छ । आयोजक नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी)का अनुसार एक्स्पोमा ७ वटा विभिन्न प्रविधितथा सेवा क्षेत्रको प्रतिनिधित्व गर्ने ३१ वटा स्टलहरू राखिएका थिए । प्रदर्शनीको समग्र अवधिमा ४ हजारभन्दा बढी अवलोकनकर्ताले प्रत्यक्षभ्रमण गरी स्वदेशी प्रविधि सेवा, सफ्टवेयर समाधान र डिजिटल नवप्रवर्तनबारे जानकारी लिए । यसपटकको एक्स्पोमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रह्यो नै, अझ विशेष रूपमा विद्यार्थीभन्दा पनि बैंकिङ क्षेत्र, कर्पोरेट निकाय रविभिन्न उद्योगका पेशाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको आयोजकले जनाएको छ । यसले प्रविधि प्रदर्शनीलाई प्रत्यक्ष व्यावसायिकसञ्जाल विस्तार र सहकार्यको प्रभावकारी थलोका रूपमा स्थापित गरेको छ । कार्यक्रममा सरकारी तथा राजनीतिक नेतृत्वको समेत चासो र उपस्थिति रहेको थियो। एक्स्पोमा सभामुख डीपी अर्याल, राजनीतिज्ञ सुमनाश्रेष्ठलगायत सरकारी तथा नीतिगत तहका विशिष्ट व्यक्तित्वहरूले अवलोकन गर्दै नेपालको सूचना प्रविधि उद्योगको विकास र प्रवद्र्धनमासकारात्मक ऊर्जा थपेका थिए । एक्स्पोअन्तर्गत आयोजित सारगर्भित प्यानल छलफलहरूमा विज्ञ सहजकर्ताहरूको संयोजनमा नेपालको सूचना प्रविधि क्षेत्रको वर्तमानअवस्था, डिजिटल रूपान्तरण र उद्योग–नीति सहकार्यका विषयमा सरोकारवालाबीच विमर्श गरिएको थियो । नेपाली प्रविधि कम्पनीलाई अमेरिकी बजारमा विस्तार गर्ने अवसर र स्वदेशमै प्रविधि उत्पादन तथा सेवाको प्रयोग बढाउने विषयमा प्यानलमाघनिभुत छलफल भएको थियो । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) ले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिबार रआइतबार आयोजना गरेको एक्स्पोको दोस्रो दिन ‘सेलेक्ट यूएसए’ र ‘बिल्डिङ फ्रम विथ इन स्ट्रेन्ज्थेनिङ्ग नेपाल्स डिजिटल इकोनमी नेपाल्स टेक इकोसिस्टम’ शीर्षकमा प्यानल छलफल भएका थिए । दुवै छलफलमा नेपाली प्रविधि कम्पनीको अन्तर्राष्ट्रिय बजार प्रवेश, स्वदेशीउत्पादनको व्यावसायिक उपयोग र प्रविधि उद्यमबीच सहकार्यका सम्भावना उठाइएको थियो । अमेरिकी बजारमा नेपाली सूचना प्रविधि कम्पनीको विस्तार र सहकार्यका अवसरबारे आयोजित ‘सेलेक्ट यूएसए’ छलफलमा अमेरिकी दूतावासकीराजनीतिक तथा आर्थिक प्रमुख केट लिही, स्विफ्टफिन ग्लोबल कन्सल्टिङका प्रमुख कार्यकारी अधिकृत सितेश भट्टराई र यल्लो नेपालका प्रमुख कार्यकारी अधिकृत अनिश श्रेष्ठ सहभागी थिए । छलफलमा अमेरिकी बजारमा नेपाली कम्पनीको व्यावसायिक पहुँच, साझेदारी र बजार विस्तारका सम्भावनाबारे विचार आदानप्रदान गरिएको थियो । सो प्यानलमा अमिरराज थापाले मोडरेटरको भूमिका निभाएका थिए । त्यसपछि आयोजित ‘बिल्डिङ फ्रम विथ इन स्ट्रेन्ज्थेनिङ्ग नेपाल्स डिजिटल इकोनमी नेपाल्स टेक इकोसिस्टम’ छलफलमा नेपाली प्रविधिउद्यमीहरूले आफ्ना उत्पादन, नवप्रवर्तन र व्यावसायिक अनुभव प्रस्तुत गरे । एक्स्पो संयोजक प्रार्थना साखःले सहजकर्ताको भूमिका निभाएकोप्यानलमा आकाश टेकका संस्थापक तथा प्रबन्ध निर्देशक बृजेशप्रसाद गुप्ता, र्‍यापिडका प्रमुख कार्यकारी अधिकृत आशुतोष साह, एड्रेसग्राफनेपाल (कताहो) का संस्थापक तथा सल्लाहकार लक्ष्मणप्रसाद रिमाल र थर्ड फ्याक्टर एआईका प्रमुख व्यवसाय अधिकृत सोजन प्रजापति सहभागी थिए । गुप्ताले सन् २००८ देखि सुरु भएको उद्यमशीलता यात्राबाट विकसित एआई प्रणालीबारे जानकारी दिँदै पाठ र आवाजमा आधारित संवादलाईएकीकृत गर्ने प्रविधि निर्माण गरेको बताए । उक्त प्रणालीले फोन, ह्वाट्सएप, फेसबुक र टेलिग्रामलगायत माध्यमबाट हुने ग्राहक संवादलाईएउटै प्रणालीमा व्यवस्थापन गर्न, संवादकै आधारमा भेटघाटको समय तय गर्न तथा प्रस्ताव तयार गरी पठाउन सक्ने उनले बताए । नेपाली प्रविधिउत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने क्रममा आगामी जनवरी १५ मा भारतमा आकाशटेल सार्वजनिक गर्ने तयारी रहेको उनले जानकारीदि ए। र्‍यापिडका साहले बैंकिङ प्रणाली र व्यावसायिक लेखा सफ्टवेयरबीच प्रत्यक्ष एकीकरण सम्भव हुने प्रविधिबारे चर्चा गरे । युरोपको पीएसडी–२संरचना तथा आईएसओ २००२२ मापदण्डमा आधारित बैंकिङ सेवा प्रणालीमार्फत वास्तविक समयको खाताको मौज्दात, भुक्तानी तथा हिसाबमिलान स्वचालित रूपमा गर्न सकिने उनले बताए । यसले व्यवसायको वित्तीय कारोबारलाई सहज, पारदर्शी र कम मानवीय हस्तक्षेपमा आधारितबनाउन सक्ने उनको भनाइ थियो । एड्रेसग्राफ नेपालका रिमालले स्थानीय समस्या समाधानका लागि स्थानीय प्रविधिको विकास आवश्यक रहेको बताए । २८ वर्षको प्रविधिविकास यात्रामा सयभन्दा बढी उत्पादन निर्माण गरेको उल्लेख गर्दै उनले नेपालमै निर्मित विद्युतीय मतदान उपकरणले पेटेन्ट अधिकार प्राप्तगरेको जानकारी दिए । सात वर्षको अनुसन्धानपछि विकास गरिएको ‘कताहो’ डिजिटल ठेगाना प्रणालीले तीन सेकेन्डमै स्थानको विवरण साझेदारी गर्न सकिने सुविधा दिने उनले बताए । थर्ड फ्याक्टर एआईका प्रजापतिले डिजिटल कारोबार विस्तार भए पनि बैंक खाता खोल्ने, बीमा दाबी गर्ने र पहिचान प्रमाणीकरणजस्ता सेवामाअझै भौतिक उपस्थितिको आवश्यकता रहेको बताए । डिजिटल पहिचान प्रमाणीकरण प्रविधिले बैंकिङ, बीमा तथा अन्य डिजिटल सेवाको प्रक्रिया सहज बनाउन र सेवाग्राहीको भौतिक उपस्थितिमा निर्भरता घटाउन सक्ने उनले बताए । ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित आयोजना भएको दोस्रो संस्करणको एक्स्पोमा छ क्षेत्रका ३० भन्दा बढी प्रविधिकम्पनी सहभागी थिए । साइबर सुरक्षा तथा डिजिटल विश्वास, वित्तीय प्रविधि तथा बैंकिङ, व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता तथास्वचालन, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास क्षेत्रका कम्पनीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शनगरेका थिए । यस वर्ष पहिलोपटक युरोपेली संघको सहयोगमा स्टार्टअप प्याभिलियन स्थापना गरिएको थियो । ब्ल्याकफायर एआई, साइबर अलर्ट नेपाल,मेडीनेप्स, बुकयोरकाउन्सेलिङ, गोर्खा साइबर फोर्स र मिरागोलगायत स्टार्टअपले आफ्ना नवीनतम सेवा तथा प्रविधि प्रस्तुत गरेका थिए ।एक्स्पोको उद्देश्य नेपाली प्रविधि कम्पनीलाई स्वदेशी खरिदकर्ता, सरकारी निकाय, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदारसँग जोड्नुका साथै नेपालमै प्रविधिमा आधारित रोजगारी र उद्यमशीलताको सम्भावना विस्तार गर्नु रहेको आयोजकले जनाएको छ । सन् २०२५ मा पहिलोपटक आयोजना गरिएको एक्स्पोमा दुई हजार पाँच सयभन्दा बढी अवलोकनकर्ता र ३० भन्दा बढी कम्पनी सहभागी भएकाथिए । दोस्रो संस्करणमा प्रदर्शनीसँगै स्टार्टअप प्याभिलियन, पिच सत्र रप्यानल छलफल थप गरिएको थियो । एक्स्पोमा आकाशटेल मुख्य प्रायोजक, अम्निल टेक्नोलोजिज, एकबाना, ग्लोबल आईएमई बैंक र थर्ड फ्याक्६र एआइ सहप्रायोजक, डिशहोम इन्टरनेट साझेदार तथा किङ्स कलेज, एआरसी र बिजक सहयोगी संस्थाका रूपमा सहभागी थिए । कार्यक्रममा विभिन्न मित्रराष्ट्रका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाउँदै शुभकामना सन्देश व्यक्तगरेका छन्। अन्तर्राष्ट्रिय सहकार्य र साझा संवादलाई जोड दिइएको उक्त कार्यक्रममा कूटनीतिक क्षेत्रको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा जापान, दक्षिण कोरिया, बेलायत र स्विट्जरल्याण्डलगायत विभिन्न देशका राजदूतहरूले भिडियो सन्देशमार्फत आफ्नो धारणा राख्दैकार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । भिडियो सन्देशमार्फत उनीहरूले आपसी साझेदारी र निरन्तर सहकार्यकोमहत्त्वमाथि प्रकाश पारेका थिए । यसैगरी, अघिल्लो दिन सम्पन्न सत्रमा स्विट्जरल्याण्ड र बेलायतलगायत मित्रराष्ट्रका राजदूत तथा प्रतिनिधिहरूको प्रत्यक्ष उपस्थिति समेत रहेकोथियो। प्रत्यक्ष सहभागिता तथा भिडियो सन्देशले कार्यक्रमलाई थप प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरमा अर्थपूर्ण बनाएको आयोजकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेनलाई भारतमा गार्ड अफ अनर प्रदान
Latest NewsJust now

प्रधानमन्त्री बालेनलाई भारतमा गार्ड अफ अनर प्रदान

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गार्ड अफ अनर ग्रहण गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री शाहलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो । राजकीय भ्रमणमा विशिष्ट पाहुनाको सम्मानमा गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ । सो अबसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतको उपस्थिति रहेको थियो । ...

केन्द्रबिन्दु
ओखलढुङ्गाको खनियाँखर्कमा बोलेरो दुर्घटना, नौ जना घाइते
Latest NewsJust now

ओखलढुङ्गाको खनियाँखर्कमा बोलेरो दुर्घटना, नौ जना घाइते

काठमाडौँ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकापीस्थत खनियाखर्कमा बलेरो जिप दुर्घटना भएको छ । सोमबार बिहान निशंखेबाट सिद्धिचरणको लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको जिप दुर्घटना हुँदा नौ जना... ...

रातोपाटी
प्रवासी नेपाली दोस्रो पुस्ताको पहिलो विश्व सम्मेलन काठमाडौँ र धुलिखेलमा हुने
Latest NewsJust now

प्रवासी नेपाली दोस्रो पुस्ताको पहिलो विश्व सम्मेलन काठमाडौँ र धुलिखेलमा हुने

• गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले २०२७ जनवरी २ देखि ७ तारिखसम्म काठमाडौँ र धुलिखेलमा 'प्रथम एनआरएनए दोस्रो पुस्ता विश्व सम्मेलन २०२७' आयोजना गर्ने भएको छ। • सम्मेलनको मुख्य उद्देश्य विदेशमा जन्मिएका दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालको विकासमा संलग्न गराउनु र उनीहरूको अर्थपूर्ण सहभागितालाई प्रोत्साहन गर्नु हो। • सम्मेलनमा विभिन्न विषयमा सत्रहरू सञ्चालन हुनेछन् र सहभागीहरूलाई नेपालको ऐतिहासिक र सांस्कृतिक पहिचानको ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement