Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

नास्टका कर्मचारी आन्दोलित, मन्त्री महावीर पुनको राजीनामा माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
नास्टका कर्मचारी आन्दोलित, मन्त्री महावीर पुनको राजीनामा माग
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । विज्ञान प्रविधि मन्त्री महावीर पुनको राजीनामा माग गर्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका कर्मचारीहरु आन्दोलित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको ऐन तथा नियमावलीका सम्बन्धमा सरोकारवालाहरूसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याइएको भन्दै विरोध प्रदर्शन भएको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन महावीर पुनले नैतिक जिम्मेवारी लिई तत्काल राजीनामा दिनुपर्ने माग गर्दै उनीहरूले विरोध प्रदर्शन गरेका छन् । प्रतिष्ठानको प्राङ्गणमा प्रदर्शन गर्दै उनीहरूले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको ऐन तथा नियमावली सरोकारवालाहरूसँग छलफल नगरी ल्याइएको र आफ्ना सुझावहरू बेवास्ता गरिएको बताएका छन् । विरोध कार्यक्रममा बोल्दै प्राविधिक अधिकृत समुन्द्र कँडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको बताए । सुधारका नाममा विद्यमान संस्था कमजोर पार्ने, विज्ञान क्षेत्रलाई रिक्ततामा धकेल्ने र दक्ष जनशक्ति पलायन गराउने कदम स्वीकार्य नहुने चेतावनीसमेत उनले दिए । अब बनाइने विज्ञान नीतिले देशको विज्ञान तथा अनुसन्धानको भविष्यको मार्ग निर्धारण गर्ने कँडेलले बताए । उनले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ तथा नियमावली वैज्ञानिकमैत्री नभएकाले तत्काल खारेज गर्न माग गरे । अध्यादेश र नियमावलीका नाममा भएको मनोमानी तथा नवनियुक्त समिति सदस्यलाई समेत जानकारीमा नराखी निर्णय गर्ने काम बन्द गर्न, संस्थामाथि मन्त्रालय र मन्त्रीको दबाब तथा हस्तक्षेप अन्त्य गर्न उनीहरूले माग गरेका छन् । The post नास्टका कर्मचारी आन्दोलित, मन्त्री महावीर पुनको राजीनामा माग appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
डेढ लाख घुस लिएको आरोपमा इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Latest NewsJust now

डेढ लाख घुस लिएको आरोपमा इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सेवाग्राहीबाट डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा कपिलवस्तुको कृष्णपुर नगरपालिकाका प्राविधिक प्रमुख इन्जिनिर प्रदीपकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार इन्जिनियर चौधरीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो। उनले नगरपालिकाबाट सञ्चालित सडकको अन्तिम बिल भुक्तानी गर्दा घुस लिइएको पाइएकाले मुद्दा... ...

नेपालखबर
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
Latest NewsJust now

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता

काठमाडौँ, मङ्सिर १२ गते । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ ।उक्त भे... ...

गोरखापत्र
विमानस्थलबाट थाई गाजासहित एक भारतीय पुरुष पक्राउ
Latest NewsJust now

विमानस्थलबाट थाई गाजासहित एक भारतीय पुरुष पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई गाजासहित एक भारतीय पुरुष पक्राउ परेका छन् । प्रहरीले शुक्रबार भारत उत्तर प्रदेशका ३३ वर्षीय शिवकुमार चौहानलाई पक्राउ गरेको हो । चौहान ४ केजी थाई... ...

रातोपाटी
घरबाट सम्पर्कविहीन महिला मृत फेला
Latest NewsJust now

घरबाट सम्पर्कविहीन महिला मृत फेला

तिलाचन पाण्डे गुल्मी, मङ्सिर ११ गते । गुल्मीमा तीन दिनदेखि घरपरिवारको सम्पर्कमा नरहेकी एक महिला मृत अवस्थामा फेला पर्नुभएको छ ।जिल्लाको रेसुङ्गा नगरपालिका–१४ खौवाकी ४० वर्षीया कोपि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement