Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

नागढुङ्गा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन–ट्याग सानिमा बैंकबाट लिन सकिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नागढुङ्गा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन–ट्याग सानिमा बैंकबाट लिन सकिने
Photo / Coverage: टेक्नोलोजी खबर

नागढुङ्गा–सिस्नेखोला सुरुङबाट यात्रा गर्न आवश्यक पर्ने आरएफआईडी प्रविधिमा आधारित एन–ट्याग अब सानिमा बैंक लिमिटेड तथा देशभरि फैलिएका यसका शाखाहरूबाट सहजै लिन सकिने भएको छ। सडक बोर्ड नेपालद्वारा सञ्चालित यस सुरुङमार्गमा टोल भुक्तानीका लागि विद्युतीय टोल सङ्कलन प्रणाली लागू गरिएको छ। सवारी साधनको अगाडिको सिसामा टाँसिने एन–ट्याग स्टिकरलाई प्रवेश तथा निकास गेटमा जडान गरिएको यन्त्रले स्वतः पहिचान गर्ने र टोल रकम सम्बन्धित ट्यागबाट आफैं कट्टा भई गेट खुल्ने हुँदा यात्रुले लाइनमा पर्खनु नपर्ने, झन्झटरहित र छिटो यात्राको अनुभव पाउनेछन। कम्पनीका अनुसार, सवारीधनीहरूले बैंकका जुनसुकै शाखामा गई एन–ट्याग लिन सक्नेछन। एन–ट्यागमा ईसेवा, फोनपे हब तथा बैंकको मोबाइल बैंकिङ्ग सेवाबाट रिचार्ज गर्न सकिनेछ। बैंकले यो सेवा काठमाडौंभित्र मात्र नभई देशभरका शाखा सञ्जाल मार्फत उपलब्ध गराएको छ, जसले गर्दा उपत्यका बाहिरका सवारीधनीहरूले समेत आफ्नै नजिकको शाखाबाट सहजै एन–ट्याग जडान गर्न सक्नेछन। सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल ले भने, ‘नागढुङ्गा सुरुङमार्गजस्तो राष्ट्रिय पूर्वाधारमा डिजिटल भुक्तानीको सहजीकरण गर्न पाउनु हामीलाई गौरवको विषय हो। आफ्नो फराकिलो शाखा सञ्जाल मार्फत सर्वसाधारणसम्म यो सेवा पु¥याउन सानिमा बैंक प्रतिबद्ध छ। The post नागढुङ्गा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन–ट्याग सानिमा बैंकबाट लिन सकिने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
टेक्सास एजुकेसन नेटवर्कको ‘साइन्स एन्ड आईटी एक्जिबिसन २०८३’ मंसिर २३ देखि २५ सम्म हुँदै
TechnologyJust now

टेक्सास एजुकेसन नेटवर्कको ‘साइन्स एन्ड आईटी एक्जिबिसन २०८३’ मंसिर २३ देखि २५ सम्म हुँदै

१० मंसिर, काठमाडौं। टेक्सास एजुकेसन नेटवर्कको ‘साइन्स एन्ड आईटी एक्जिबिसन २०८३’ को सातौं संस्करण मंसिर २३ देखि २५ सम्म काठमाडौँको मित्रपार्कमा आयोजना हुँदैछ। ७० भन्दा बढी विद्यार्थी परियोजना, रोबोटिक्स र एआई प्रदर्शनीका साथै निःशुल्क प्रवेश र खाजाको व्यवस्था रहेको छ। टेक्सास एजुकेसन नेटवर्क तथा यसका एकाइहरूको आयोजनामा वार्षिक प्रमुख शैक्षिक तथा प्राविधिक उत्सव ‘साइन्स एन्ड आईटी […] The post टेक्सास एजुकेसन ...

आइसिटी फ्रेम
बाल सुरक्षासम्बन्धी चिन्तापछि एप्पलले एप स्टोरबाट हटायो मिनिम्याक्सको एआई च्याटबोट
TechnologyJust now

बाल सुरक्षासम्बन्धी चिन्तापछि एप्पलले एप स्टोरबाट हटायो मिनिम्याक्सको एआई च्याटबोट

एप्पलले यसै साता मिनिम्याक्सको लोकप्रिय च्याटबोट एप टकीलाई विश्वभरका आफ्नो एप स्टोरबाट हटाएको छ। सञ्चारमाध्यममा प्रकाशित रिपोर्टहरूमा उक्त एपका कृत्रिम बुद्धिमताबाट तयार गरिएका पात्रहरूले नाबालिग प्रयोगकर्तालाई यौनजन्य सन्देश पठाएको आरोप लगाएपछि एप्पलले यस्तो कदम चालेको हो। सन् २०२३ मा सार्वजनिक भएको टकीले प्रयोगकर्तालाई कुराकानी गर्न विभिन्न प्रकारका भर्चुअल साथी उपलब्ध गराउँछ। तीमध्ये धेरै पात्रसँगको कुराकानीमा प्रेमसम्बन्धी विषयवस्तु पनि समावेश हुन्छ। चीनको ...

टेक्नोलोजी खबर
सञ्चार प्रविधिमा नयाँ छलाङ मार्ने तयारीमा चीन
TechnologyJust now

सञ्चार प्रविधिमा नयाँ छलाङ मार्ने तयारीमा चीन

चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने लक्ष्यसहित नयाँ कार्ययोजना सार्वजनिक गरेको छ। देशभर व्यापक पहुँच र उच्च कार्यक्षमतासहितको आगामी पुस्ताको सञ्चार नेटवर्क विकास गर्ने उद्देश्यले चिनियाँ सरकारी निकायहरूले बिहीबार संयुक्त रूपमा कार्यान्वयन योजना सार्वजनिक गरेका हुन्। योजनाअनुसार चीनले छैटौँ पुस्ताको मोबाइल नेटवर्क (सिक्सजी) विकासलाई उपयुक्त समयमा अगाडि बढाउनेछ। साथै, सन् २०३० सम्ममा लो अर्थ अर्बिट (एलईओ) भू–उपग्रहमा आधारित ...

टेक्नोलोजी खबर
कार कम्पनीहरूले भारतीय बजारमा डिसेम्बर १ देखि मूल्य बढाउने तयारी
TechnologyJust now

कार कम्पनीहरूले भारतीय बजारमा डिसेम्बर १ देखि मूल्य बढाउने तयारी

छिमेकी देश भारतका अटो कम्पनीहरुले अर्को महिनादेखि आफ्ना सवारी साधनहरूको मूल्य बढाउने भएका छन्। टाटा मोटर्स, हुन्डाई र आउडी जस्ता अटोमोबाइल निर्माताहरूले उत्पादन लागत बढेको कारण देखाउँदै आफ्ना कारहरूको मूल्य बढाउने योजना बनाएका छन्। डिसेम्बर १ देखि, टाटा मोटर्स प्यासेन्जर भेहिकल्सले भारतीय बजारमा आफ्ना कारहरूको मूल्य औसतमा ०.५ प्रतिशतले बढाउने भएको छ। यो मूल्य वृद्धि इन्टरनल कम्बसन इन्जिन भएका सवारी साधनदेखि ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement