Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

नागढुंगा सुरुङबाट पाँच दिनमा ५१ लाख बढी राजस्व संकलन, दैनिक ८ हजार सवारीको आवतजावत

Share:WhatsAppFacebookX (Twitter)Telegram
नागढुंगा सुरुङबाट पाँच दिनमा ५१ लाख बढी राजस्व संकलन, दैनिक ८ हजार सवारीको आवतजावत
Photo / Coverage: पर्दाफास

नागढुंगा सुरुङमार्ग सञ्चालमा आएदेखि हालसम्म ५१ लाख ८७ हजार रुपैयाँ संकलन भएको छ । सुरुङमार्ग कात्तिक १५ गते आइतबारदेखि सञ्चालनमा आएको थियो । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालनमा आएयता दैनिक ८ हजारको हाराहारीमा सवारी साधन यो सुरुङमार्गबाट आवजावत गरेका छन् । आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीका अनुसार पाँच दिनमा सवारीसाधनको चाप बढ्दै गएको छ । नेपाल न्यूज बैंकसँग कुरा गर्दै पन्थीले भने, ‘पहिलो दिन आइतबार करिब सात हजार ५०० सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए । त्यसयता दैनिक सवारीसाधनको संख्या बढेर आठ हजारको हाराहारीमा पुगेको छ ।’ उनका अनुसार सुरुङमार्ग सञ्चालमा आएको पहिलो दिन करिब ११ लाख ७० हजार रुपैयाँ, दोस्रो दिन १२ लाख ७१ हजार, तेस्रो दिन १३ लाख १५ हजार, चौथो दिन १४ लाख ३१ हजार रकम संकलन भएको छ । उनले भने, ‘दोस्रो दिन १२ लाख ७१ हजार, तेस्रो दिन १३ लाख १५ हजार, चौथो दिन १४ लाख ३१ हजार रकम संकलन भएको छ । आजको पाँचै दिनको राति १२ बजे मात्रै आउँछ ।’ पाँचौँ दिनको पूर्ण विवरण भने संकलन प्रक्रिया पूरा भएपछि मात्रै प्राप्त हुने उनले बताए । उनका अनुसार पाँचौँ दिनको विवरण राति १२ बजेपछि मात्रै अद्यावधिक हुने भएकाले तत्काल यकिन तथ्यांक उपलब्ध हुन सकेको छैन । टोल दस्तुर संकलन सुरु भएपछि केही सवारीचालकबाट भने समस्या देखिएको आयोजनाले जनाएको छ । विशेषगरी भारतीय नम्बर प्लेटका केही सवारीसाधनले तत्काल शुल्क तिर्न रकम नभएको बताउने र पछि शुल्क तिर्ने गरी अन्यत्र जान खोज्दा केही समय अवरोध हुने गरेको पन्थीले बताए । त्यस्ता घटनाका कारण कहिलेकाहीँ सवारीसाधनको लाम लाग्ने र जाम हुने समस्या देखिएको उनको भनाइ छ । उनले भने, ‘केही भारतीय नम्बर प्लेटका सवारीसाधनले शुल्क तिर्न पैसा नभएको बताउने गरेका छन् । उनीहरू टोलबाट डाइभर्ट हुन खोज्दा र पछि रकमको व्यवस्था गरेर शुल्क तिर्दा समय लाग्ने गरेको छ । त्यसले गर्दा केही समय जामको समस्या पनि हुने गरेको छ । नत्र अहिले अधिकांशले सहज रूपमा शुल्क तिरिरहनुभएको छ । अहिले त सबैलाई शुल्कबारे जानकारी भइसकेको छ । धेरैजसो चालकले शुल्क तिर्ने रकम पहिले नै तयारी अवस्थामा राखेर दिनुहुन्छ । यसो गर्दा शुल्क संकलनको काम छिटो हुन्छ र जामको समस्या पनि कम हुँदै गएको छ ।’ यद्यपि अधिकांश सवारीचालकले शुल्क तिर्न आवश्यक रकम पहिले नै तयारी अवस्थामा राख्ने गरेकाले दस्तुर संकलन सहज हुँदै गएको उनले बताए । पछिल्ला दिनमा सुरुङमार्ग प्रवेश गर्ने स्थानमा सवारीसाधनको लाम लाग्ने समस्या पनि घट्दै गएको आयोजनाको भनाइ छ । पन्थीका अनुसार पाँचौँ दिन बिहान अघिल्ला दिनको तुलनामा सवारीसाधनको लाम निकै कम देखिएको थियो । सवारीसाधनको चाप व्यवस्थापन र शुल्क संकलनलाई सहज बनाउन विद्युतीय टोल भुक्तानी प्रणालीको प्रयोग बढाउने तयारी गरिएको छ । यसका लागि एनट्याग वितरण सुरु भइसकेको पन्थीले जानकारी दिए । उनका अनुसार कुमारी बैंकले सातवटै प्रदेशमा एनट्याग पठाइसकेको छ । ई–सेवाका आधिकारिक विक्रेतामार्फत पनि एनट्याग उपलब्ध हुने व्यवस्था मिलाइएको छ । उनले भने, ‘जामको मुख्य समस्या समाधान गर्न कुमारी बैंकले एनट्याग कार्ड वितरण सुरु गरिसकेको छ । बैंकले सातवटै प्रदेशमा एनट्याग पठाइसकेको छ । त्यस्तै, ई–सेवाका आधिकारिक विक्रेताहरूसँग पनि सम्झौता गरी उनीहरूमार्फत एनट्याग उपलब्ध गराउने व्यवस्था गरिएको छ । अब दैनिक रूपमा सवारीसाधन चलाउने चालकले एनट्याग लिएर प्रयोग गर्नुभयो भने जामको समस्या पूर्ण रूपमा हट्छ ।’ दैनिक रूपमा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले एनट्याग प्रयोग गरेमा शुल्क संकलनमा लाग्ने समय घट्ने र सवारीसाधनको लाम तथा जामको समस्या कम हुने आयोजनाको अपेक्षा छ । पन्थीले नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने सवारीचालकलाई एनट्याग लिन आग्रह गर्दै यसको प्रयोगबाट टोल दस्तुर भुक्तानी छिटो र सहज हुने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल पुर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिदैं
OthersJust now

नेपाल पुर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिदैं

आगामी डिसेम्बर ९ र १० गते हुने तेस्रो संस्करणको नेपाल पुर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ । पुर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुने सम्मेलनमा पुर्वाधार क्षेत्रका विभिन्न परियोजना पेश गरिने भएको हो । काठमाडौंमा सरकार र निजि क्षेत्र संस्थाले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर नेपाल पुर्वाधार सम्मेलन गर्ने ...

पर्दाफास
अन्तर्राष्ट्रिय फुटबलबाट रोनाल्डोले लिए सन्यास
OthersJust now

अन्तर्राष्ट्रिय फुटबलबाट रोनाल्डोले लिए सन्यास

पोर्चुगाली प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको बिहीबार घोषणा गरेका छन् । पोर्चुगलका लागि ४१ वर्षीय रोनाल्डोले २३४ खेल खेलेका छन् भने र १४६ गोल गरेका छन् । गत महिना राष्ट्रिय प्रशिक्षक जर्ज जेसससँग मतभेद भएपछि उनी टोलीको शिविरबाट तत्काल बाहिरिएका थिए । जेससले उनलाई नेसन्स लिगको एक खेलमा खेलाउन अस्वीकार गरेपछि उनीहरूबीच सम्बन्ध चिसिएको थियो । ‘पोर्चुगाली जनतालाई, हाम्रो राष्ट्रिय ...

पर्दाफास
ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव
OthersJust now

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ । आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन र उपभोक्ता हित प्रवद्र्धन गर्न चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत अघि सारेको मर्जर नीतिलाई कार्यान्वयन गर्न उद्योगीहरूले कानुनी तथा कर सहजीकरणको माग गरेका हुन् । संघका महासचिव अमित अग्रवालले निगमका ...

पर्दाफास
काठमाडौं प्रशासनले भन्यो : देउसी–भैलो मर्यादित र सुरक्षित रूपमा सञ्चालन गर्नू
OthersJust now

काठमाडौं प्रशासनले भन्यो : देउसी–भैलो मर्यादित र सुरक्षित रूपमा सञ्चालन गर्नू

बिहीबार साँझ एक सूचना जारी गर्दै प्रशासनले देउसीभैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन १२ बुँदे निर्देशन पनि जारी गरेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play