Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

नयाँ सञ्चार विधेयकविरुद्ध चेक गणतन्त्रमा विशाल प्रदर्शन

Share:WhatsAppFacebookX (Twitter)Telegram
नयाँ सञ्चार विधेयकविरुद्ध चेक गणतन्त्रमा विशाल प्रदर्शन
Photo / Coverage: केन्द्रबिन्दु

प्राग । सार्वजनिक रेडियो र टेलिभिजनको वित्तीय व्यवस्था परिवर्तन गर्ने सरकारको योजनाविरुद्ध चेक गणतन्त्रको राजधानी प्रागमा आइतबार करिब तीन लाख ५० हजार मानिसले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री आन्द्रेज बाबिस नेतृत्वको सरकारले ल्याएको योजनाले सञ्चारमाध्यमको स्वतन्त्रता कमजोर पार्न सक्ने भन्दै प्रदर्शनकारीले विरोध गरेका हुन् । विधेयक संसद्बाट अघि बढाउने क्रममा विपक्षीको बोल्ने समय सीमित गरी बिहान ४ : ३६ बजे मतदान गराइएको घटनाले पनि विरोध चर्काएको छ । सार्वजनिक सञ्चारमाध्यमका कर्मचारीले हडताल गर्नुका साथै श्रमिक सङ्गठन, विश्वविद्यालय, विद्यार्थी, कलाकार र अन्तर्राष्ट्रिय सञ्चारमाध्यम संस्थाले आन्दोलनलाई समर्थन गरेका छन् । युरोपेली संसद्मा समेत यस विषयमा छलफल भएको थियो । प्रधानमन्त्री बाबिसले भने योजनाले सञ्चारमाध्यमको स्वतन्त्रतामा असर नपार्ने दाबी गर्दै त्यसलाई अघि बढाउने बताएका छन् । सन् १९८९ को भेलभेट क्रान्तिको वार्षिकोत्सवको पूर्वसन्ध्यामा लेटना पार्कमा आयोजित प्रदर्शनमा सहभागीहरूले योजना फिर्ता लिन माग गरे । आयोजक मिकुलास मिनारले यसलाई आन्दोलनको सुरुआत मात्र भएको बताए । सरकारले नागरिक तथा व्यवसायबाट उठाइँदै आएको नियमित शुल्कको सट्टा सार्वजनिक सञ्चारमाध्यमलाई राज्यको बजेटबाट रकम दिने प्रस्ताव गरेको छ । तर, यसबाट उनीहरूको बजेट करिब १५ प्रतिशत घट्ने र कर्मचारी कटौती तथा कार्यक्रम बन्द हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । आलोचकहरूले यसले सरकारको सञ्चारमाध्यममाथिको नियन्त्रण बढाउने बताएका छन् । प्रदर्शनकारीले सरकारको रक्षा नीतिको पनि विरोध गर्दै सभामुख टोमियो ओकामुरा र रक्षामन्त्री जारोमिर जुनाको राजीनामा माग गरेका छन् । एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सफाइको मौकासमेत नदिई सीधै थेसिस अस्वीकार
Latest NewsJust now

सफाइको मौकासमेत नदिई सीधै थेसिस अस्वीकार

काठमाडौं । विदेशी निजी सफ्टवेयर टर्निटिनले देखाउने अनुमानित ‘एआई रिपोर्ट’का आधारमा महिनौँको मिहिनेतले तयार पारिएका शोधपत्र (थेसिस) र क्लिनिकल रिपोर्टहरू अस्वीकार गरिन थालेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरू गम्भीर मारमा परेका छन्... ...

रातोपाटी
फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै
Latest NewsJust now

फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडौँ, मङ्सिर १ गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । यी दुई टोलीबिचको खेल अपर... ...

गोरखापत्र
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य हुनसक्छ : कार्नी
Latest NewsJust now

अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य हुनसक्छ : कार्नी

नो पेन्ह । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापार वार्ताबाट क्यानाडाको अटो उद्योगको संरक्षण सुनिश्चित नभए चीनसहित अन्य मुलुकका सवारीसाधन निर्माता कम्पनीसँग सहकार्य गर्न सकिने क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले बताएका छन् । सोमबार कम्बोडियामा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकासँगको वार्ता आफ्नो प्राथमिकता भए पनि त्यसको परिणामले युरोपेली, चिनियाँ वा जापानी कम्पनीसँग सहकार्य गर्ने विकल्प तय गर्ने बताए। अमेरिकी व्यापार नीतिका कारण क्यानाडा, ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play