Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

नदी नियन्त्रणका लागि छुट्याइएको बजेटको २३.४ प्रतिशत खर्च

Share:WhatsAppFacebookX (Twitter)Telegram
नदी नियन्त्रणका लागि छुट्याइएको बजेटको २३.४ प्रतिशत खर्च
Photo / Coverage: पर्दाफास

नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनका कार्यक्रमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४.९ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन् । तर, सोही अवधिमा विनियोजित त्रैमासिक बजेटको २३.४ प्रतिशत मात्रै खर्च भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षमा नदी नियन्त्रणसम्बन्धी कार्यक्रमका लागि ५ अर्ब २० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पहिलो त्रैमासका लागि छुट्याइएको ६२ करोड ७४ लाख रुपैयाँमध्ये १४ करोड ७० लाख रुपैयाँ खर्च भएको हो । महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार पहिलो त्रैमासमा २.९ किलोमिटर तटबन्ध निर्माण र १ हेक्टर जग्गा उकास गरिएको छ । समग्रमा त्रैमासिक लक्ष्यको तुलनामा ३४.९ प्रतिशत भारित भौतिक प्रगति भएको उनले बताए । केही आयोजनाले भने निर्धारित त्रैमासिक लक्ष्यभन्दा बढी प्रगति गरेका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरले लक्ष्यको १६०.८ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । त्यस्तै, टार–बजार संरक्षण कार्यक्रमले १०८ प्रतिशत प्रगति गरेको छ । यसैगरी लमही (दाङ) ले ८६.५ प्रतिशत, कञ्चनपुरले ८२.५ प्रतिशत र जनकपुर (धनुषा) ले ८२.३ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
OthersJust now

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ । स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने बताए। अभिभावकहरूले आफ्ना बालबालिकालाई पायक ...

पर्दाफास
कात्तिकमै अत्याधिक चिसो, चौरमै सुरु गरियो पठनपाठन
OthersJust now

कात्तिकमै अत्याधिक चिसो, चौरमै सुरु गरियो पठनपाठन

हिमाली जिल्ला हुम्लामा यतिबेला चिसो बढ्दै गएपछि सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पठनपाठन गर्दै आएका छन् । दिउँसोको समयमा पनि यतिबेला हुम्लामा तापक्रम माइनसमा झरेसँगै चिसो बढेपछि बालविकास र कक्षा एकका विद्यार्थीहरुलाई खुला चौरमा पठनपाठन गराउँदै आएको बलभद्र आधारभूत विद्यालयकी प्रधानाध्यापक प्रेमकला बुढाले बताइन् । यो वर्ष कात्तिक महिनामै दुई पटक जिल्लामा हिमपात भएको हुँदा ...

पर्दाफास
एउटा लुक्ला र अर्को गोरक्षेपबाट फेरिचे पुगेका थिए ठोक्किएका दुई हेलिकप्टर
OthersJust now

एउटा लुक्ला र अर्को गोरक्षेपबाट फेरिचे पुगेका थिए ठोक्किएका दुई हेलिकप्टर

१७ कात्तिक, काठमाडौं । आज सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका –४, फेरिचेमा दुई हेलिकप्टर एक आपसमा ठोक्किएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज एयर डाइनेस्टीको नाइन एन एओडी हेलिकप्टर लुक्लाबाट उडेको थियो । उता फिस्टेल एयरको नाइन एन एजेआर हेलिकप्टरभने गोरक्षेपबाट फेरिचे पुगेको थियो । दुई हेलिकप्टर नेपाली समय अनुसार ८ बजेर ११ मिनेटमा एक… ...

अनलाइन खबर
८०० करोड क्लबमा प्रवेश गर्ने पहिलो तमिल फिल्म बन्यो जेलर २
OthersJust now

८०० करोड क्लबमा प्रवेश गर्ने पहिलो तमिल फिल्म बन्यो जेलर २

काठमाडौं । साउथ सुपरस्टार रजनीकान्त अभिनित एक्सन कमेडी फिल्म जेलर २ ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ । विश्वभरबाट ८०० करोड भारु ग्रस कलेक्सन गर्ने यो पहिलो तमिल फिल्म बनेको छ। यसले आफ्नो पहिलो सातामा करिब ४०० करोड भारु कमाएको थियो । यसरी तमिल सिनेमाको इतिहासकै सबैभन्दा ठूलो ओपनिङ गर्ने कीर्तिमान बनाएको जेलर २… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play