दाङ।राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाको घरमा आएका बेला उनी राप्ती नदीमा आज बिहान ११ः०० बजे नुहाउने क्रममा डुबेका थिए। नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतक बालकको शव हाल लमही अस्पतालमा राखिएको छ।
नदीमा डुबेर एक बालकको मृत्यु

Read Complete Original Article
Published originally on नेपालन्युज






