Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

धानखोला–लमही सडक नेपालमै पहिलो पटक ‘फूल डेप्थ रिक्लेमेसन’ प्रविधिबाट मर्मत गरिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
धानखोला–लमही सडक नेपालमै पहिलो पटक ‘फूल डेप्थ रिक्लेमेसन’ प्रविधिबाट मर्मत गरिने
Photo / Coverage: कर्पोरट खबर

दाङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धानखोलादेखि लमहीसम्मको सडक चौडा तथा सडक सतह पुनःस्थापना गर्न प्रयोग गरिने आधुनिक उपकरण दाङ आइपुगेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत बन्ने सडक मर्मत आयोजनाका लागि फूल डेप्थ रिक्लेमेसन उपकरण ल्याइएको हो । नेपालमै पहिलो पटक प्रयोग गर्न लागिएको यो प्रविधिबाट पुरानो सडकमा रहेको अस्फाल्टलगायत सामग्री पुनःप्रयोग गरी टिकाउ, किफायती र वातावरणमैत्री सडक निर्माण गरिने एमसीए नेपालले जानकारी दिएको छ । एमसीए नेपालले यो प्रविधिमार्फत सडक मर्मत कार्यलाई थप प्रभावकारी र कुशल बनाउने लक्ष्य राखेको छ । फुल डेप्थ रिक्लेमेसन (एफडीआर) सडक पुनःस्थापना गर्ने आधुनिक प्रविधि हो । यस प्रक्रियामा पुरानो सडकको अस्फाल्ट र त्यसको तल्लो तहका सामग्रीलाई विशेष उपकरणले पिसेर एकै ठाउँमा मिसाइन्छ । त्यसमा पानी र सिमेन्टलगायतका बाँध्ने सामग्री थपेर बलियो बनाइन्छ। त्यसपछि आवश्यक आकार दिई थिचेर नयाँ आधार तयार गरिन्छ र त्यसमाथि अस्फाल्ट वा अन्य सतह निर्माण गरिन्छ । यो प्रविधिले सडकमा देखिने गहिरा खाल्डा, चिरा, भासिने र सतह बिग्रने समस्या समाधान गर्न सहयोग गर्छ । परम्परागत रूपमा सडक पूर्ण रूपमा भत्काएर पुनर्निर्माण गर्नुभन्दा ४० देखि ८० प्रतिशतसम्म कम खर्च लाग्ने, पुरानै सडकका सामग्री पुनःप्रयोग हुने र निर्माण सामग्री ढुवानीको आवश्यकता घट्ने यसको मुख्य विशेषता हुन् । साथै, निर्माण अवधि छोटिने भएकाले यातायात अवरोध पनि कम हुन्छ । आयोजनाअन्तर्गत धानखोला–लमही सडकको चौडाइ १२ मिटर बनाइनेछ । जसमा सात मिटर चौडाइको मुख्य सडक र दुवैतर्फ साढे दुई–साढे दुई मिटरका सडक किनारा निर्माण गरिने जानकारी दिइएको छ । The post धानखोला–लमही सडक नेपालमै पहिलो पटक ‘फूल डेप्थ रिक्लेमेसन’ प्रविधिबाट मर्मत गरिने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठ मनाउन मधेसमा सत्ता र प्रतिपक्ष दलका नेताहरूको दौडधुपको अन्तर्य के हो ?
Latest NewsJust now

छठ मनाउन मधेसमा सत्ता र प्रतिपक्ष दलका नेताहरूको दौडधुपको अन्तर्य के हो ?

काठमाडौँ । यसपालि छठ पर्व मनाउन सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगन थापा मधेस झरे । यस पर्व मनाउनका लागि रवि... ...

रातोपाटी
आर्थिक स्वतन्त्रताबिना राजनीतिक स्वतन्त्रता पूर्ण हुँदैन : दाहाल
Latest NewsJust now

आर्थिक स्वतन्त्रताबिना राजनीतिक स्वतन्त्रता पूर्ण हुँदैन : दाहाल

मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सभालाई सम्बोधन गर्दै उनले भू–राजनीतिक तनाव, आर्थिक असमानता र वातावरणीय संकटबीच विश्व सहकार्य आवश्यक रहेको बताएका छन् । ...

कान्तिपुर
प्रतिष्ठित ग्रामी अवार्ड्सको मनोनयन सार्वजनिक : ‘रे’ को वर्चस्व, बियोन्सेले रचिन् इतिहास
Latest NewsJust now

प्रतिष्ठित ग्रामी अवार्ड्सको मनोनयन सार्वजनिक : ‘रे’ को वर्चस्व, बियोन्सेले रचिन् इतिहास

काठमाडाैँ। ६९औँ ग्रामी अवार्ड्सको मनोनयन सूची सोमबार सार्वजनिक गरिएको छ। यस वर्षको मनोनयनमा नयाँ पुस्ताका महिला संगीतकर्मीहरूको बलियो वर्चस्व देखिएको छ । पल म्याकार्टनी, मडोना, द रोलिङ स्टोन्स र दिवंगत डली... ...

रातोपाटी
मध्यपूर्वमा अमेरिकाका तीनवटा विमानवाहक युद्धपोत एकैसाथ तैनाथ
Latest NewsJust now

मध्यपूर्वमा अमेरिकाका तीनवटा विमानवाहक युद्धपोत एकैसाथ तैनाथ

काठमाडौं । अमेरिकाले मध्यपूर्व क्षेत्रमा थप एउटा विमानवाहक युद्धपोत ‘यूएसएस थियोडोर रुजवेल्ट’ तैनाथ गरेको छ । अमेरिकी सैन्य अधिकारीका अनुसार यसअघि नै उक्त क्षेत्रमा अमेरिकाका दुई युद्धपोत ‘यूएसएस जर्ज एचडब्ल्यू बुश’ र ‘यूएसएस जर्ज वासिङ्टन’ तैनाथ थिए भने अब नयाँ युद्धपोतको आगमनसँगै मध्यपूर्वमा अमेरिकी तीनवटा विमानवाहक युद्धपोत एकैपटक उपस्थित भएका छन् । यद्यपि, तीनवटै युद्धपोतको एकै क्षेत्रमा उपस्थिति अस्थायी हुने सम्भावना छ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play