Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
Photo / Coverage: हिमालय टाइम्स

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट २०९ किलोभन्दा बढी गाँजासहित पाँच जना पक्राउ परेका छन् । सोमबार दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह, भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत विशुङ्खे रहेका छन् । गाँजा लोड भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेर भाग्न खोज्दा दुई राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिइएको मल्लले बताए । पक्राउ परेकाहरूले प्रयोग गरेका बा १० च ५०३८ र को १ च ८१८२ नम्बरका स्कार्पियो गाडीबाट २०९ किलो ४२० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । लागूऔषधको अवैध कारोबार, ओसारपसार तथा सेवन नियन्त्रणका लागि सुनसरी प्रहरीले सञ्चालन गरिरहेको अभियानमा सहयोग गर्न प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ । युवा पुस्ताको भविष्य जोगाउन, समाजलाई सुरक्षित बनाउन र लागूऔषध कारोबारको सञ्जाल तोड्न प्रहरी र नागरिकबीच सहकार्य आवश्यक रहेको प्रहरी उपरीक्षक मल्लले बताए । लागूऔषध कारोबारमा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए । लागूऔषध नियन्त्रणका विषयमा कुनै सम्झौता नहुने बताउँदै मल्लले अपराधमा संलग्नलाई संरक्षण नगरी कानुनी कारबाही गरिने प्रतिबद्धता जनाए । उनले लागूऔषध कारोबारबारे प्रहरीलाई सूचना दिन र नियन्त्रण अभियानमा सहयोग गर्न पनि आग्रह गरे । उनका अनुसार लागूऔषध कारोबारमा ३० देखि ३५ वर्षमुनिका युवाको संलग्नता बढी देखिएकाले समाजलाई सुरक्षित राख्न सबैको भूमिका महत्त्वपूर्ण छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हरायाे
Latest NewsJust now

सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हरायाे

• सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई ५ विकेटले हराउँदै दोस्रो जित दर्ता गरेको छ। • सुदूरपश्चिमले १३० रनको लक्ष्य १७.४ ओभरमा पूरा गर्यो, जसमा ब्रेनडन म्याक्लमले ४३ रन जोडे। • चितवनले २० ओभरमा १२९ रन बनाएको थियो, रवी बोपराले ४९ रनको योगदान दिए। ...

नेपालबहस
सुदूरले चितवनलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू
Latest NewsJust now

सुदूरले चितवनलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले चितवन राईनोजलाई हराएको छ । सोमबार भएको दोस्रो खेलमा सुदूरले चितवनलाई ५ विकेटले हराएको हो । चितवनले दिएको १३० रनको लक्ष्य पछ्याएको... ...

रातोपाटी
ब्राह्मण समाज स्याङ्जाको अध्यक्षमा मुक्तिप्रसाद रेग्मी चयन
Latest NewsJust now

ब्राह्मण समाज स्याङ्जाको अध्यक्षमा मुक्तिप्रसाद रेग्मी चयन

स्याङ्जा । ब्राह्मण समाज स्याङ्जाको अध्यक्षमा मुक्तिप्रसाद रेग्मी चयन हुनुभएको छ । समाजको दोस्रो जिल्ला अधिवेशनले रेग्मीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा यदुनन्दन अर्याल, सचिवमा शोभाकान्त पौडेल, सहसचिवमा गोमा सुवेदी र कोषाध्यक्षमा सुनिता पौडेल गौतम चयन हुनुभएको छ । समितिमा केन्द्रीय प्रतिनिधि पाँच जना र प्रदेश प्रतिनिधि पाँच जना पनि चयन गरिएको नवनिर्वाचित अध्यक्ष रेग्मीले ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play