Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

धनतेरससँगै तिहारको रौनक सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
धनतेरससँगै तिहारको रौनक सुरु
Photo / Coverage: नेपालन्युज

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज धनतेरस मनाइँदै छ। यस अवसरमा नयाँ सुनचाँदीका गरगहना, सिक्का तथा धातुका भाँडाकुँडा किनेर घरमा भित्र्याउने र पूजा गर्ने परम्परा छ। धनतेरसलाई धनसम्पत्ति र समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ। यस दिन सुन, चाँदी, तामा तथा पित्तलका सामान किन्नु शुभ मानिने धार्मिक विश्वास छ। यही परम्पराअनुसार बजारमा धनतेरसका लागि सुनचाँदीका गरगहना तथा विभिन्न धातुका सामग्रीको किनमेल हुने गर्छ। धनतेरसलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले पनि सुनचाँदीका सिक्का बिक्री गरिरहेको छ। राष्ट्र बैंकको बबरमहलस्थित कार्यालयबाट बिहीबारदेखि सुरु भएको सिक्का बिक्री आज पनि जारी रहनेछ। चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनसम्म मनाइँदै छ। पण्डित नारायणप्रसाद दुलालका अनुसार आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले आज धनतेरस मनाउन लागिएको हो। आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ। त्रयोदशीकै दिन मनाइने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ। आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र सोही दिन साँझ लक्ष्मीपूजा गरिनेछ। यस वर्ष कात्तिक २५ गते भाइटीका परेको छ। मिथिला क्षेत्रमा धनतेरसका दिन साँझ दीपमालिका गर्ने चलनसमेत छ। यस दिन धातुका भाँडाकुँडा, गरगहना, खरेटो र धनियाँलगायत सामग्री किन्ने परम्परा पनि रहेको छ। यसरी धनतेरससँगै सुरु हुने तिहारमा काग, कुकुर, गाई, गोरु र भाइपूजासहित विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि गरिन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यात्रु कुट्ने दुईजना यातायात व्यवसायी पक्राउ
Latest NewsJust now

यात्रु कुट्ने दुईजना यातायात व्यवसायी पक्राउ

रुपन्देही समाचारदाता रुपन्देही, कात्तिक २० गते । गाडी भाडाको विषयमा झगडा गरी यात्रुलाई कुट्ने दुईजना यातायात व्यवसायी पक्राउ परेका छन् । बुटवलको बसपार्कमा भाडाबारे विवाद हुँदा यात्... ...

गोरखापत्र
साफ च्याम्पियनसिप : बंगलादेश र भारतको विजयी सुरुआत
Latest NewsJust now

साफ च्याम्पियनसिप : बंगलादेश र भारतको विजयी सुरुआत

काठमाडौं । बंगलादेशले साफ च्याम्पियनसिपको १५औँ संस्करणमा भुटानलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । बिहीबार नै भएको खेलमा डिफेन्डिङ च्याम्पियन भारतले पनि विजयी सुरुआत गरेको हो । बंगलादेशका प्रशिक्षक थोमस डुलीको टोलीलाई भुटानले खेलभर दबाबमा राखेको थियो । खेलको ६४औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मोहम्मद इब्राहिमले पाँच मिनेटभित्रै गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए । जयान ...

केन्द्रबिन्दु
चाडपर्वलाई लक्षित गर्दै प्रहरीको विशेष सुरक्षा योजना लागू
Latest NewsJust now

चाडपर्वलाई लक्षित गर्दै प्रहरीको विशेष सुरक्षा योजना लागू

काठमाडौँ, कात्तिक २० गते । नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ ।चाडपर्वका... ...

गोरखापत्र
गृहमन्त्री सुधन गुरुङको जिल्लामा नुन किलोकै २०० रुपैयाँ
Latest NewsJust now

गृहमन्त्री सुधन गुरुङको जिल्लामा नुन किलोकै २०० रुपैयाँ

गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० रुपैयाँसम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ । नेपालमा खानेनुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play