Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

धनतेरसका लागि राष्ट्र बैंकले बेच्न थाल्यो सुन र चाँदीका सिक्का

Share:WhatsAppFacebookX (Twitter)Telegram
धनतेरसका लागि राष्ट्र बैंकले बेच्न थाल्यो सुन र चाँदीका सिक्का
Photo / Coverage: पर्दाफास

नेपाल राष्ट्र बैंकले तिहारको धनतेरसलाई लक्षित गर्दै बिहीवारदेखि सुन र चाँदीका सिक्का विक्री शुरु गरेको छ । राष्ट्र बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार विभागबाट असर्फी र चाँदीका सिक्का विक्री शुरु गरेको हो । धनतेरसमा सुनका असर्फीको माग बढी हुने भएकाले सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंककाअनुसार सर्वसाधारणले प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्रामका एक–एक थान असर्फी खरिद गर्न सक्नेछन् । सुनको प्रचलित बजार मूल्यमा निर्माण लागत जोडेर असर्फीको मूल्य निर्धारण गरिएको छ । व्यक्तिगत खरिदकर्ताका लागि सुनको बजार मूल्यमा प्रतिग्राम २०० रुपैयाँ थप गरी दैनिक मूल्य तय गरिने राष्ट्र बैंकले जनाएको छ । यस्तै, संस्थागत खरिदकर्ताका लागि प्रतिग्राम ३०० रुपैयाँ थप गरी मूल्य निर्धारण गरिएको छ । असर्फी व्यक्ति तथा संस्थाले खरिद गर्नसक्ने व्यवस्था गरिएको छ । धनतेरसका अवसरमा सुन र चाँदीका सिक्का खरिद गर्न बबरमहलस्थित टक्सार विभागमा सर्वसाधारणको बाक्लो भीड लागेको छ । सिक्का खरिदका लागि बिहानैदेखि लामो समय लाइनमा बसेर सर्वसाधारणले सुन तथा चाँदीका सिक्का खरिद गरिरहेका छन् । धनतेरसमा सुनचाँदीका सामग्री तथा सिक्का खरिद गर्नुलाई शुभ र समृद्धिको प्रतीकका रूपमा लिने धार्मिक तथा सांस्कृतिक मान्यता छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन मिल्दैन : बार अध्यक्ष मिश्र
OthersJust now

न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन मिल्दैन : बार अध्यक्ष मिश्र

१९ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन नमिल्ने बताएका छन् । कानुन, न्याय तथा मानव अधिकार समितिमा बिहीबार मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उनले जिल्ला न्यायधीशलाई मेलमिलापकर्ता बनाउने प्रश्तावप्रति आपत्ति जनाएका हुन् । न्यायाधीशलाई मेलामिलापकर्ता बनाउने व्यवस्था संवैधानिक प्रावधान र न्यायिक… ...

अनलाइन खबर
‘बाटुलो जून’ को ट्रेलर : सहरमा हुर्किएका अनमोलको गाउँले रुप
OthersJust now

‘बाटुलो जून’ को ट्रेलर : सहरमा हुर्किएका अनमोलको गाउँले रुप

काठमाडौं । यही कार्तिक २६ गतेबाट प्रदर्शनमा आउने फिल्म 'बाटुलो जून' को ट्रेलर सार्वजनिक भएको छ। रिलिजको एक हप्ता पहिले निर्माण टिमले ट्रेलर दर्शकमाझ ल्याएको हो। ट्रेलरमार्फत निर्माण टिमले पात्रहरूको चरित्रचित्रण, कथावस्तु र परिवेशलाई प्रकाश पार्ने प्रयास गरेको छ । फिल्ममा अभिनेता अनमोल केसी पहिलोपटक ग्रामीण चरित्र र परिवेशमा देखिएका छन् । शहरिया परिवेशमा हुर्केका… ...

अनलाइन खबर
प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
OthersJust now

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले बिहीबार प्रधानमन्त्री बालेन्द्र साहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको छ । दुई दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौँ आएका विदेश सचिव मिश्रीले उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिएका हुन् । प्रधानमन्त्री साहसँगको भेटमा उनले भारत ...

पर्दाफास
२६औं जन्मदिन मनाउँदै खुशी, जसको फिल्मी करियरभन्दा चर्चा शाही ठाँटको हुन्छ
OthersJust now

२६औं जन्मदिन मनाउँदै खुशी, जसको फिल्मी करियरभन्दा चर्चा शाही ठाँटको हुन्छ

दिवंगत अभिनेत्री श्रीदेवी र फिल्म निर्माता बोनी कपूरकी कान्छी छोरी खुशी आज आफ्नो २६औं जन्मदिन मनाउँदैछिन् । बलिउडको नामी परिवारमा जन्मिएकी खुशीले अहिलेसम्म अभिनयमा लामो यात्रा तय गरिसकेकी छैनन् । तर, फिल्मभन्दा बाहिर उनको पहिरन, महँगा फेसन ब्रान्ड, सार्वजनिक उपस्थिति र जीवनशैलीले भने सधैं सधैं लाइमलाइटमा राख्ने गरेको छ । सन् २०००मा मुम्बईमा जन्मिएकी खुशीको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play