धनगढी । धनगढीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किंदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिकै बिहीबार साँझ करिब ७ बजेतिर फूलबारीतर्फ जाँदै गरेको से४प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सुपप्र ०२००३प ८१५५ नम्बरको स्कुटी एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटी चालक धनगढी-५ तारानगर बस्ने ३५ वर्षीया सुशीला बमको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले बमको उपचारका क्रममा शुक्रबार बिहान माया मेट्रो अस्पतालमा मृत्यु भएको जानकारी दिए। उनकाअनुसार दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक धनगढी–१४ का २६ वर्षीय प्रवीण चौधरी, उनकी २२ वर्षीया श्रीमती अञ्जली चौधरी र ७ वर्षीया छोरी ममता चौधरी रहेका छन् । यस्तै, स्कुटीमा सवार २४ वर्षीय सरोज मल्ल र २२ वर्षीया बबिता मल्ल पनि घाइते भएका छन् । उनीहरुको अवस्था सामान्यदेखि मध्यम रहेको छ। दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृत्यु, ५ जना घाइते

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






