Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

धनकुटाको निगाले सिमेन्ट उद्योग पुनः सञ्चालनमा आउन सकेन

Share:WhatsAppFacebookX (Twitter)Telegram
धनकुटाको निगाले सिमेन्ट उद्योग पुनः सञ्चालनमा आउन सकेन
Photo / Coverage: नेपालन्युज

धनकुटा: आर्थिक सङ्कट, कच्चा पदार्थको अभाव र बढ्दो उत्पादन लागतका कारण धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समयदेखि बन्द छ। छथर जोरपाटी गाउँपालिका-६, सिधुवाँमा रहेको यो उद्योग बन्द हुँदा १५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन्। यसले कोशी प्रदेशका पहाडी जिल्लाहरूमा सिमेन्ट आपूर्तिमा समेत असर पुर्‍याएको छ। उद्योगका सञ्चालक दिनेश पौडेलका अनुसार, उद्योगको दैनिक उत्पादन क्षमता छ हजार बोरा सिमेन्ट थियो। आर्थिक मन्दी र बजारमा माग घटेपछि उत्पादन क्षमता दैनिक तीन हजार बोरामा सीमित भएको थियो। भौगोलिक अवस्थिति र चिसो मौसमका कारण सुरुदेखि नै उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन। दैनिक ३०० टन उत्पादन क्षमता भए पनि वास्तविक उत्पादन १५० टनमा मात्र सीमित थियो। पौडेलले ठूला सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्नु र कच्चा पदार्थको मूल्यवृद्धिले उद्योगलाई थप समस्यामा पारेको बताए। भारतबाट आयात गरिने कोइला, बक्साइट, लेटराइट र जिप्समको मूल्य उच्च हुँदा उत्पादन लागत बढेको थियो। निरन्तरको घाटाका कारण उद्योग बन्द गर्नुपरेको र तत्काल सञ्चालन गर्ने कुनै तयारी वा सम्भावना नरहेको सञ्चालक पौडेलको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
संसद्‌कै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा अमेरिकी सांसदले दिए राजीनामा
Latest NewsJust now

संसद्‌कै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा अमेरिकी सांसदले दिए राजीनामा

काठमाडौं । यौन दुर्व्यवहारसम्बन्धी आरोपमा छानबिन समितिले विश्वसनीय प्रमाण फेला पारेपछि अमेरिकी सांसद जिमी गोमेजले संसद् सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । क्यालिफोर्नियाबाट प्रतिनिधित्व गर्ने डेमोक्र्याट सांसद गोमेजले आगामी डिसेम्बर १ देखि लागू हुने गरी राजीनामा दिने बताएका हुन् । अमेरिकी प्रतिनिधिसभाको नैतिकता समितिले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उनले संसद्कै एक महिला कर्मचारीमाथि अनिच्छित यौन प्रस्ताव र दुर्व्यवहार गरेको विश्वसनीय ...

केन्द्रबिन्दु
अमेरिकासँगको वार्तामा इरानको अडान कायमै : सात सर्त पूरा नभएसम्म छलफल नहुने
Latest NewsJust now

अमेरिकासँगको वार्तामा इरानको अडान कायमै : सात सर्त पूरा नभएसम्म छलफल नहुने

तेहरान । इरानका मुख्य वार्ताकार तथा संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकासँगको वार्ताका विषयमा इरानको अडान नबदलिएको दोहोर्‍याउँदै अमेरिकी धम्की र अपमानलाई ‘अमेरिकी हतासाको सङ्केत’ को संज्ञा दिएका छन् । इस्लामिक रिभोलुसनरी... ...

रातोपाटी
चलचित्र कानुनलाई बदलिँदो समयअनुसार संशोधन गर्न सांसदको जोड
Latest NewsJust now

चलचित्र कानुनलाई बदलिँदो समयअनुसार संशोधन गर्न सांसदको जोड

सांसदहरूले चलचित्र विधेयक, २०८१ लाई बदलिँदो समयअनुसार, संशोधन गर्नुपर्नेमा जोड दिएका छन्। संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा सांसदहरूले चलचित्र सेन्सर, वर्गीकरण, अभिव्यक्ति स्वतन्त्रता, लैंगिक तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्व, चलचित्र विकास बोर्डको स्वायत्तता र संघ, प्रदेश तथा स्थानीय तहको अधिकार बाँडफाँटलगायत विषयमा संशोधन तथा सुझ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement