Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

द्रुतमार्गको काम समयमै सक्न मन्त्री लम्सालको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
द्रुतमार्गको काम समयमै सक्न मन्त्री लम्सालको निर्देशन
Photo / Coverage: नेपालन्युज

काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन्। मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माणाधीन महादेवटार सुरुङको ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्दै उनले सरकारले यो आयोजनाको काम तीन वर्षभन्दा बढी लम्बिएको हेर्न नचाहेको स्पष्ट पारेका छन्। मन्त्री लम्सालले निर्माणमा ढिलाइ गर्ने कम्पनीसँगको ठेक्का तत्काल रद्द गरिने चेतावनी दिएका छन्। व्यवसायीहरूलाई पटक-पटक अवसर र सुविधा दिँदा पनि अपेक्षित परिणाम नआएको भन्दै उनले काम नसकिने अवस्था देखिए तत्काल ठेक्का तोड्न निर्देशन दिएका हुन्। हाल काम गर्ने मुख्य सिजन सुरु भइसकेकाले आगामी जेठसम्म निर्धारित कार्यतालिकाअनुसार ठोस प्रगति हुनुपर्नेमा उनले जोड दिएका छन्। द्रुतमार्गलाई सडक निर्माणमा मात्र सीमित नराखी नेपाली प्राविधिक जनशक्ति उत्पादन र अनुभव अभिवृद्धिको अवसरका रूपमा लिनुपर्ने उनको भनाइ छ। आयोजनामा खटिएका नेपाली इन्जिनियर, परामर्शदाता र नेपाली सेनाका प्राविधिकहरू भविष्यका ठूला पूर्वाधार निर्माणका लागि देशको अमूल्य सम्पत्ति हुने भन्दै उनले यस्ता आयोजना थप बढाउने सरकारको तयारी रहेको बताए। यसका साथै, विपद् व्यवस्थापन र छोटो समयमै बेली ब्रिज निर्माणमा नेपाली सेनाले देखाएको कार्यक्षमताको मन्त्री लम्सालले प्रशंसा गरेका छन्। आगामी दिनमा सरकारले नेपाली सेनालाई अन्य धेरै आयोजनाहरूमा सहभागी गराउने योजना रहेको उनले जानकारी दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मलेसिया जाने श्रमिक ठगी प्रकरणमा यातायात व्यवस्था विभागका महानिर्देशक पक्राउ
Latest NewsJust now

मलेसिया जाने श्रमिक ठगी प्रकरणमा यातायात व्यवस्था विभागका महानिर्देशक पक्राउ

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा पक्राउ पर्नेमा यातायात व्यवस्था विभागका वहालवाला महानिर्देशक राजीव पोखरेल समेत छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो... ...

रातोपाटी
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
Latest NewsJust now

जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा टर्कीको अन्ताल्यामा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनमन्त्री भूपेन्दर यादवबीच भएको द्विपक्षीय भेटवार्तामा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो । ...

कान्तिपुर
बाढी प्रभावित बालबालिकालाई छात्रवृत्ति कार्यक्रम, तर छैन प्रभावितको तथ्यांक
Latest NewsJust now

बाढी प्रभावित बालबालिकालाई छात्रवृत्ति कार्यक्रम, तर छैन प्रभावितको तथ्यांक

सरकारले छात्रवृत्ति कार्यक्रम ल्याए पनि भोटेकोशी बाढीलगायत विपद्‌बाट प्रभावित विद्यार्थीको विवरण संकलन नहुँदा वितरण प्रक्रिया अघि बढ्न सकेको छैन । ...

कान्तिपुर
ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ
Latest NewsJust now

ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

गोरखापत्र अनलाइनकाठमाडौं, मंसिर २ गते । वैदेशिक रोजगारीको नाममा गैर कानुनी रुपमा श्रमिकहरुसँग ठगी गरेको आरोपमा दुई पूर्व मन्त्रीसहित उच्च पदस्थ कर्मचारीहरु पक्राउ परेका छन् । केन्द... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play